२९ जेठ २०८३, शुक्रबार
12-06-2026 , Fri
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काण्डले नेपाली राजनीति ततायाे

काण्डकाे नालीबेली
Logo
निरज बस्नेत

एमाले सचिव टोप बहादुर रायमाझी

विराटनगर, बैशाख २३
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काण्डले नेपाली राजनीति तताएको छ । यस काण्डमा एमाले सचिव टोप बहादुर रायमाझी, पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडसम्मको नाम चर्चामा आएको छ । यी दुवैको संलग्नता के कति छ, सवैको चासोको विषय बनेको छ ।

गलत गर्ने जो कोही कानूनको फन्दामा आउनैपर्छ । तथापी नक्कली भुटानी शरणार्थी बनेर अमेरिका जाने तयारीमा पुगेका नेपाली समेत दोषीको भागिदार हुन् । राज्यको ढुकुटीमा दोहन गरेर समेत नपुगेपछि व्यक्तिको पैसामा समेत गिद्दे दृष्टि लगाउनु झन् धेरै खत्तरनाक हो । यसमा बहालवाला सचिव टेकनारायण पाण्डे समेतको स्वीकारोक्ति त झनै डरलाग्दो विषय हो ।

ब्यूरोक्रेसी भ्रष्ट छ र त आज मुलुक जर्जर बन्दैछ । यसमा ठूला पार्टीका प्रमुख नेतासमेतको गैर जिम्मेवारपनले त हद नाघेको छ । एमाले अध्यक्ष केपी ओली त खुलेआम टोपबहादुर बचाउमै लागेका छन् । यसका लागि पटक पटक प्रधानमन्त्री प्रचण्डलाई भेटीरहेका छन् । हुन त टोपबहादुर विगतमा लामो समयदेखीनै प्रचण्डकै इशारामा चल्थे । टोपबहादुरका छोराको नाममा काटिएको डेढ करोडको चेकले त अझ प्रष्ट पारेको छ ।

शरणार्थी त्यो पनि नक्कली बनाएर, त्योपनि नेपालीलाई, अनि बाउ –छोराकै इन्ट्रेस्ट, अनि भएन त छक्क पर्नुसम्मको सेटिङ । १ अर्व ३१ करोड २५ लाखको आर्थिक चलखेलले सवैको ध्यान आकृष्ट पारेकै छ । हाईप्रोफाइल व्यक्तित्वको संलग्नताले मुलुक कतातिर जादैछ ? चिन्ताको कुरा हो ।

अर्घाखाचीबाट चुनाव जितेका अनि उपप्रधानमन्त्रीसमेत भइसकेको व्यक्तिको संलग्नता देखिनु गम्भिर कुरो हो । अझ टोपबहादुरलाई पक्राउ पूर्जी जारी भइसक्दासमेत नेपाल प्रहरीले पक्रन नसक्नु लज्जाको कुरा हो । त्यहाँमाथि देशका प्रमुख नेतानै हात धोएर बचाउमा लाग्नुलाई गतिलो कुरा पटक्कै मान्न् सकिन्न । अतः दाषी जो सुकै होस्, अविलम्व पक्राउ गरी कानून बमोजिम कार्वाही हुनैपर्दछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]

काठमाडाैं, जेठ १०।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता “धेरैजसो वार्ता सम्पन्न” भइसकेको र छिट्टै विवरण सार्वजनिक हुने बताएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत ट्रम्पले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार र अन्य देशका नेताहरूसँग शान्तिसम्बन्धी समझदारी पत्रबारे “अत्यन्तै राम्रो कुराकानी” भएको जानकारी दिए। उनले होर्मुज जलडमरू पुनः खुला गर्ने विषय पनि सम्झौतामा समावेश भएको […]

विराटनगर,४ माघ । नेकपा एमाले विराटनगर महानगर कमिटीको आयोजनामा सम्भवतः पहिलो पटक महानगरस्तरीय वनभोज कार्यक्रम आयोजना भएको छ । आसन्न प्रतिनिधि सभा निर्वाचनको पूर्व सन्ध्यामा आयोजित वनभोज कार्यक्रममा विराटनगर महानगरका १९ वटै वार्ड र त्यसमा सम्मिलत ४,५ र ६ नम्बर निर्वाचन क्षेत्रका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो । हरेक वर्ष वडा स्तरीय वनभोज कार्यक्रम हुँदै आएका […]