१८ आषाढ २०८२, बुधबार
02-07-2025 , Wed
Gold Silver Price (12 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192800
Silver 1 Tola Nrs. 2190

टोपबहादुर कता हराए…?

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काण्ड
Logo
निरज बस्नेत प्रकाशित आइतबार, बैशाख २४, २०८०

एमाले सचिव टोप बहादुर रायमाझी

विराटनगर, बैशाख २४

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काण्डका नाइके मानिएका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई अहिलेसम्म नेपाल प्रहरीले पक्राउ गर्न सकेको छैन ।

यो देशकै लागि लज्जाको सब्जेक्ट हो । अझ जानकारहरुका अनुसारमा रायमाझी काठमाडौंमै लुकेर बसेको चर्चाले त नेपाल सरकारकै शिर निहुरिएको छ ।

१ अर्व ३१ करोड २५ लाखको आर्थिक हिनामिना भएको यो केशलाई एमाले अध्यक्षले नै सामसुम पार्नुपर्छ भन्ने कुराले त जनतामा आक्रोश बढाएको छ ।

कानून सवैलाई समान हुन्छ । यो भनाइमा एकपटक फेरी कुठाराघात लागेको छ । बहालवाला सचिवदेखी हाईप्रोफाइलको संलग्नताले त धेरैको ध्यानाकृष्ट भएकै छ ।

रायमाझी वाउ–छोराको साँठगाँठ रहेको यो काण्डलाई भित्रभित्रै सामसुम पार्ने कुचेष्टा नभएको पनि होइन । तरपनि यस काण्डमा ठूलै माछाको मिलेमतो रहेको चाँही प्रष्टै छ । जस्तोसुकै अवस्थामा पनि दोषी उम्कनु हुन्न ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं, १७ असार। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले आफ्नो सहनशीलता र भद्रतालाई कमजोरीका रूपमा लिइएको भन्दै पार्टीकाे नेतृत्व पंक्तीलाई ढडास दिएका छन्। साेमबार कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै उनले पार्टीका आन्तरिक निर्णयमा कहिल्यै फरक मत नराखेकै कारण आफ्नो सहनशील र भद्र व्यवहारलाई कमजोरी ठानिएको जिकिर गरे। साेही बैठकमा डा. कोइरालाले निर्धारित समयमै पार्टीको महाधिवेशन […]

१२ असार, काठमाडौं । सर्वोच्च अदालतका लागि सिफारिस भएका तीन जना न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा ७ वटा उजुरी दर्ता भएको छ।  संसदीय सुनुवाइ समितिमा दर्ता भएका उजुरीहरूमध्ये ५ वटा व्यक्ति केन्द्रित छन् भने २ वटा सुनुवाइ प्रक्रियासँग सम्बन्धित रहेका छन्। सिफारिस भएका न्यायाधीशहरूको व्यक्तिगत योग्यता, व्यावसायिक आचरण र नैतिक मापदण्डका बारेमा केरकार गर्न सक्ने समितलाइ […]

काठमाडौं १४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले आफूविरुद्ध अफवाह फैल्याएको आरोप लगाएका छन् । पछिल्लोसमय माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र शाहीबीच नेपाल विद्युत् प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङको विषयमा होस् या राजावादी आन्दोलनको विषयमा कुराकानी भएको भन्दै फेक च्याटहरु भाइरल भएका थिए […]