०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

टेबलटेनिस प्रतियोगिताको फाइनलमा एभरेष्ट, श्री श्री रविशंकर, लिलिपुट र सेन्टमेरिज

Logo
संवाददाता जनचर्चा प्रकाशित शुक्रबार, साउन २६, २०८०

विराटनगर, साउन २५
विराटनगरमा जारी प्रथम देवीबहादुर कट्वाल र कपिलबहादुर पाण्डे स्मृति टेबलटेनिस प्रतियोगिताको फाइनलमा एभरेष्ट, श्री श्री रविशंकर, लिलिपुट र सेन्टमेरिज स्कुल पुगेका छन् ।

विराटनगर टेबलटेनिस क्लबले आयोजना गरेको प्रतियोगितामा गल्र्स सिंगलतर्फ एभरेष्ट स्कुलकी कृपा पोखरेलले श्री श्री रविशंकर स्कुलकी सिम्रन सुवेदीलाई ११–२, ११–१ र १–११ को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरिन् । श्री श्री रविशंकर स्कुलकी स्वाती साहले सेन्टमेरिजकी स्वर्णिमा बुढाथोकीलाई ११–५, ११–३ र ११–४ को सोझो सेटले पराजित गर्दै फाइनलमा प्रवेश गरिन् ।

त्यस्तै, ब्वाइज सिंगलतर्फ बुढानिलकण्ठ स्कुलका रिजन पाण्डेले श्री श्री रविशंकरका सक्षम बस्नेतलाई ६–११, ११–६, ११–५ र ११–७ स्कोरले पराजित गर्दै फाइनलमा पुगे । लिलिपुट स्कुलका श्रीजल प्याकुरेलले सगरमाथाका अभिषेक मुखियालाई ११–८, ११–५, ११–३ को सोझो सेटमा हराउँदै फाइनलमा प्रवेश गरे ।
प्रतियोगिताको फाइनल खेल तथा क्याडेट ब्वाइज र गल्र्सका खेलहरु बिहीबार हुने छन् । विराटनगरका १६ वटा निजी विद्यालयका १ सय ८० जना खेलाडीहरुले ब्वाइज र गल्र्स सिंगल, क्याडेट ब्वाइज र गल्र्स तथा जुनियर ब्वाइज र गल्र्सका इभेन्ट्समा सहभागिता जनाएको क्लबका अध्यक्ष विकेन थापाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,२६ मंसिर  । कोशी प्रदेशमा खेलकुदको आधुनिक पूर्वाधार विकास गर्ने लक्ष्यसहित विराटनगरमा ५ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउने भएको छ । विराटनगरमा करिब ३० कट्ठा क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक खेलकुद ग्राम यही मंसिर २७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको हो । सञ्चालक समितिले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै स्पोर्ट्स जोनको […]

विराटनगर, मंसिर १८ । विराटनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा १५औं प्याब्सन स्पोट्र्स मिट–२०८२ आयोजना हुन लागेको छ । आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा यस खेलकुद प्रतियोगिताको विस्तृत तयारीबारे जानकारी दिइएको हो । २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यो प्रतियोगिता कोशी प्रदेशको प्रतिष्ठित खेलकुद आयोजना मानिन्छ । विद्यार्थीहरूको शारीरिक […]

विराटनगर ,२७ चैत । विराटनगरमा आयोजना हुने तेस्रो प्रादेशिक बहिरा क्रिकेट टि २० प्रतियोगिता बिहीबारदेखि शुरु हुने भएको छ। राष्ट्रिय बहिरा क्रिकेट सङ्घ मोरङको आयोजनामा विराटनगर– १९ स्थित वैजनाथपुर क्रिकेट मैदानमा यो प्रतियोगिता सञ्चालन हुनेछ। बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय बहिरा क्रिकेट सङ्घका अध्यक्ष मोहन तिवारीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार […]