२१ फाल्गुण २०७७, शुक्रबार
Close
बिज्ञापन
सित्तैमा पाए अलकत्रा खाने

''एसियाका मानिसहरुमा रोगको उत्पती सामान्यतया पेटबाट सुरु हुन्छ"

Janacharcha.com शनिबार, भाद्र २१, २०७६ मा प्रकाशित

सुजन दाहाल

खाना र मानिसको विचमा गहिरो सम्वन्ध हुन्छ । मानिस बाँच्नका लागि खान्छ कि खानका लागि बाँच्छ रु नेपालीको खाद्य संस्कृति र व्यवहार हेर्दा नेपालीहरु खानका लागि बाँचेका हुन जस्तो लाग्छ । खाना जिवित प्राणीलाई आवश्यक छ । तर नेपालीले आवश्यकता अनुसार मात्र खान्छन् कि आवश्यकता भन्दा बढी खान्छन् ।

सवै भन्दा पहिला चर्चा गरौ महिना वा समय अनुसार आउने विभिन्न उत्सव तथा सास्कृतिक अवसरको, नयाँ बर्षमा पार्टी खाने, असार १५ मा दही चिउरा खाने, साउन १५ मा खीर खाने, जनै पूर्णिमामा क्वाटी खाने, माधे संक्रान्तिमा तरुल तथा चाकु खाने आदी ।
धार्मिक विधि विधान अनुसार मनाउने दशैमा माछा मासु प्रशस्त खाने, तिहारमा सेलरोटी खाने, तीजमा त झन् महिना दिन अगाडीबाटै खाने, होलीमा पनि खाने, उद्यौलीमा नि खाने, त्यस्तै इद तथा क्रिसमस जस्ता चाडबाडमा खाने गरिन्छ । जनसाख्यिक गतिविधिहरु जस्तै मान्छे जन्मदा खाने, पास्नीमा खाने, व्रतवन्ध÷गुन्यूचोलीमा खाने, जन्मदिनको उपलक्ष्यमा खाने, विवाहमा खाने, हरेक बर्ष आउने वैवाहिक बर्ष गाठमा खाने, विचमा कुनै महत्वपूर्ण घटना भयो भने त्यसमा नि खाने, यतिसम्म कि मान्छे मर्दा नि खाने, मरेपछि श्राद्ध गर्ने भन्यो त्यसमा नि खाने यस्ता खाने वहाना धेरै छन् ।
त्यस्तै जाडो मौसम सुरु भए संगै पिकनिक पनि सुरु हुन्छ त्यहाँ त अझ उफ्रि उफ्रि खाने, कुनै बहाना झिकेर हरेक शुक्रबार खाने, धर्म अनुसारका अनेक पुजा पाठ हुन्छन् त्यसमा नि खाने । त्यतिले मात्र नपुगेर खुसी हुदा पनि खाने दुःखी हुदा पनि खाने, घाम लागे नि खाने पानी पर्दा पनि खाने परम्परा र संस्कार रहेको छ ।
यसरी खाने व्यवहार र संस्कार हेर्दा नेपालीहरु खानमा धेरै लोभी छन् । नेपालीको धार्मिक तथा साँस्कृतिक बनावट र चरित्र पनि खाना मै गएर ठोकिन्छ । खाना शरीरलाई अति आवश्यक छ । खानामा सन्तुलन मिलाएर खान जरुरी छ ।
सन्तुलित भोजन मानिसलाई अपरिहार्य भए पनि कति खाने रु कहिले खाने रु कसरी खाने रु खाने कि नखाने रु सोच विचार गरेर खाने चलन छैन । सित्तैमा खान पायो भने अलकत्र खाएर मट्टितेलले कुल्ला गर्न पनि पछि पर्दैनन् । पैसा नतिरि सित्तैमा भेटो भने विरामी परे औषधी खाउँला भन्दै खाएको देखिन्छ । खानलाई दुई दिन अगाडिबाट नखाइ बसेको नि देखिन्छ । खान भेटे भनेर मर्ने गरी कोचिकोचि खायो अनि वेलुका यता घोचो र उता घोचो भन्दै अस्पट भएर रातभरी सुत्न नसक्ने र खुवाउनेलाई नै उल्टै गाली गर्ने चलन छ ।
खानेकुरासँग हाम्रो सम्बन्ध गहिरो छ । खानाले नै मानिसलाई जिवित राखी आफ्ना दैनिक व्यवहार गर्न सम्भव बनाउछ । हामी भोक लागेर नि खान्छौ भोक नलागे पनि खान्छौ । वरीपरिको बाताबरण र उपलब्धतामा भर पर्छ । खाने इच्छा होस कि नहोस अरुले खुवाउने भो भने खानलाई तयार हुन्छौ । आज चाँही खाइ हालौ भोली देखा जायगा भनेर मरुन्जेल खान्छौ । खान पाए पछि भूत, वर्तमान र भविष्य केही नसोची खाने बानी छ ।
खानाकै कारण शरीरलाई स्वस्थ्य, तन्दुरुस्त, उर्जावान बनाउन सकिन्छ । विज्ञहरुका अनुसार दक्षिण एसियाका मानिसहरुमा रोगको उत्पती सामान्यतया पेटबाट सुरु हुने कुरा उल्लेख गरेका छन् । आखिर पेट र खानाको त गहिरो सामिप्यता छ । अखाद्य, अपच र अस्वस्थ्यकर खानाकै कारण शरीरमा रोग उत्पन्न हुन्छ । खानपान गर्ने मामलामा हामी एकदमै सर्तक एवं सजग हुदैनौ । अर्थात् हामी माइन्डफुल इटिङ गर्दैनौ । खाना खाने सही तरिका अपनाउदैनौ । हडबडाएर खान्छौ । भोक लागेपछि खानु पर्नेमा जतिसुकै वेला खान्छौ । सन्तुलन मिलाएर खानु पर्नेमा भेटेपछि एकै पटक डरलाग्दो र आश्चर्यलाग्दो गरी खाने अनि नभेटुन्जेल नखाने गलत खाद्य व्यवहार गरिरहेका छौ ।
खानामा आर्थिक पक्षको पनि विशेष भूमिका रहेको हुन्छ । सम्पन्न र धनिमानीले गुणस्तरिय भोजनमा जोड दिन्छन । गरिव गुरुवाले शरीरलाई जिवित राख्नका लागि मात्र खाने गर्दछन् । सम्पन्न बर्गकाले सन्तुलित भोजन खान्छन् । सचेत भएर खान्छन् । आर्थिक रुपले गरिवहरुले गुणस्तरिय खानेकुरा खान सक्दैन । खानेकुरामा चेतना र शिक्षाको सम्वन्ध रहेको हुन्छ । शिक्षित बर्गले अशिक्षित वर्ग भन्दा सचेत भएर खानेकुराको वस्दोवस्त मिलाउछ । कस्तो खाना स्वस्थ्यकर छ कुन खाना शरीरलाई आवश्यक छ कति कति मात्रामा खानु पर्छ भन्ने कुरा शिक्षित र सचेत वर्गले अलि राम्ररी बुझेको हुन्छ ।
समाजमा विभिन्न वहानामा भोज भतेर चलि नै रहन्छ । हाम्रो चाडबाड, धर्म संस्कृति, परम्परा, मूल्य मान्यता, उत्सव, पर्व आदी सवैमा भोज चलि रहन्छ । भोज भतेर पनि धार्मिक समुह अनुसार, जातिगत विविधता अनुसार, सामाजिक साँस्कृतिक रहनसहन र परम्परा अनुसार फरक फरक छन् । आखिर सवै वर्ग समुदायको अन्तत्वगत्वा एउटै लक्ष्य छ खानु । समाजमा हाम्रो रितिरिवाज, परम्परा र खानपान एक आपसका परिपूरक हुन् ।
खाने सवालमा कुनै आक्षेप होइन । तर अधिकांश नेपालीहरु आर्थिक रुपले बिपन्न र गरिव रहेको हुदाँ यस्ता चाडवाड, धर्म संस्कृती धान्न नै गाह्रो भै रहेको छ । यदी टन्न पैसा हुने हो भने यस्ता अवसरहरुले मायाप्रेम साटासाट गर्ने, पारस्परिक सदभाव बढाउने, सहयोग आदानप्रदान गर्ने र घनिष्टता बढाने माध्यम बन्न सक्छ । यस्ता अवसरहरु भेटघाट गर्ने, रमाइलो गर्ने र मानसिक तथा सामाजिक रुपमा स्वस्थ्य रहन लाभदायक हुने गर्दछन् । तर नेपालीको आर्थिक सामाजिक विशेषता अनुसार यस्ता अवसरलाई पाल्न र धान्न गारो परिरहेको छ । कतिलाई यस्ता चाडबाड र संस्कृतिले ऋण बोकाएर गएका पनि छन ।
नेपालीहरुलाई खुव देखासिकी गर्नुपर्छ । आफ्नो घाटी हेरेर हाड निल्दैनन । जसरी भए पनि अरुका अगाडी लाज गाल ढाक्नै पर्छ भन्ने मनोविज्ञान छ । घरवारी बेचेरै भए नि तिरौला तर अहिले अरुका अगाडी कमजोर देखिनु हुदैन भन्ने भावनाले जरो गाडेको छ । यहको सामाजिक चिन्तन र व्यवहार धनिमानी र शासक वर्गको हितमा काम गर्ने खालको छ । गरिव र असहाय मैत्री सामाजिक व्यवहार र परिवेश नभएकाले गरिवलाई विभिन्न प्रकारका भोजभतेरको वहानामा अझ गरिव बनाउदै लग्न हुदैन ।
देखासेखी बन्द गरी बढी खर्चालु संस्कार र संस्कृतिलाई कम खर्च गर्ने तर्फ उन्मुख गराउन पर्दछ । खाने कुरामा लोभी आत्माको सम्वन्ध हुन्छ । खानेकुरा देखेपछि आफुलाई सम्हाल्न नसक्नु मानिसको कमजोरी हो । खाने कुरामा लोभी होइन उदार हुन पर्दछ । मानिस खाने कुराको नियन्त्रणमा होइन, खानेकुरा मानिसको नियन्त्रणमा हुनु पर्दछ । खाद्य संस्कृति र व्यवहार खाने कुराको नियन्त्रणमा होइन मनिसको नियन्त्रणमा राख्न आवश्यक छ । अर्थात् जिवन जीउन र स्वस्थ्य रहन खानु पर्छ, पश्चाताप गर्न होइन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित

ताजा अपडेट
राजस्व चुहावट गर्ने विराटनगरका राठी सहित तिन जना विरुद्ध मुद्दा
प्रदेशसभा बैठक चैत २ गतेसम्मका लागि स्थगित
अब विराटनगरमा कर भुक्तानी अनलाइन मार्फत
Click Here
About Contact

COOPERATED BY:

KHEM POUDEL (JHAPA)

DINESH KHADKA (MORANG)
BHIM LAMICHHANE (BIRATNAGAR)
BATUKRAJ GIRI (KATHMANDU)

PRABIN K. GHIMIRE ( NEW DELHI, INDIA)
JANAK UPADHYAYA (ASSAM, INDIA)

CONTACT

Biratnagar -06, Morang Province 1
Mobile: 9812349000
Email: [email protected]

News-Director : Bijay Kumar Pathak

Editor : Manu Budathoki / Sushil Pokhrel

info deprt reg no. 1654/076-77

press council permit no: 362-076/077

सामाजिक संजाल