१९ साउन २०८३, मंगलबार
04-08-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

शिक्षा

कान्तिपुर कलेजमा ईन्ट्रान्स दिन विद्यार्थीकाे भिड, सडकनै जाम !

विराटनगर, असार १९ गते । विराटनगरस्थित कान्तिपुर कलेजमा बिहीबार भएको प्रवेश परीक्षामा एक हजार चार सय बत्तीस (१,४३२) जना विद्यार्थीले सहभागिता जनाएका छन्। कलेजले प्लस टु तहमा विज्ञान, व्यवस्थापन र होटेल व्यवस्थापन संकाय सञ्चालन गर्दै आएको छ। यस कलेजकाे यी तीनै संकायमा विद्यार्थीहरूको आकर्षण निरन्तर बढ्दै गएको प्रिन्सिपल भेषराज (भुवन) नेपाल बताउँनुहुन्छ। प्रिन्सिपल नेपालले यस […]

काठमाडौं, १४ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता सार्वजनिक गरेको छ । आज (शुक्रबार) बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्नेबारे निर्णय गरेको थियो । गत चैत ७ गतेबाट सञ्चालन भएको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार […]

विराटनगर २८ जेठ : विराटनगर महानगरपालिकाले केही दिनदेखि बढेको अत्यधिक गर्मीलाई मध्यनजर गर्दै महानगरभित्र सञ्चालित सम्पूर्ण विद्यालयहरूलाई तीन दिनका लागि बन्द गर्न निर्देशन दिएको छ। प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलले एक सूचनामार्फत जेठ २८ देखि ३० गतेसम्म विद्यालयमा पठनपाठन बन्द गराउन आग्रह गरेका हुन् । महानगरपालिकाद्वारा विद्यालयहरूलाई पठाइएको पत्रमा भनिएको छ,’प्रस्तुत विषयमा केही दिनदेखि बढेको अत्यधिक […]

विराटनगर, जेठ ७ समाेबार विराटनगरको सगरमाथा सेकेन्डरी बोर्डिङ स्कूलले नयाँ शैक्षिक सत्र २०८२ मा भर्ना भएका ३२३ जना नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै सबै कक्षाका मनिटर चयन गरेको छ।

काठमाडौं,२ जेष्ठ। नेपाल राष्ट्रिय शिक्षक संगठनले हालै विभिन्न जिल्लामा भएका शिक्षकहरूको सरुवाप्रति आपत्ति जनाएको छ । संगठनले जारी गरेको एक प्रेस विज्ञप्तिमा १५८ जना शिक्षकलाई पूर्वाग्रह राखी सरुवा गरिएको घटनालाई ‘पूर्वाग्रही, अराजक र शिक्षक ट्रेड युनियन आन्दोलनलाई कमजोर पार्ने नियोजित प्रयास’ भनेको हाे । संगठनका अनुसार, नेपाल शिक्षक महासंघद्वारा गत चैत्र–वैशाख महिनामा सञ्चालन गरिएको आन्दोलनमा […]

काठमाडाैं, वैशाख १६ । सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता सहमति नजिक पुगेको छ। सत्तारूढ दल र शिक्षक महासंघबीच सोमबार भएको छलफलले यस्तो संकेत दिएको हो। २७ दिनदेखि चलिरहेको आन्दोलन टुंगिने सम्भावना बढेको छ। शिक्षकका माग सम्बोधन गर्ने तीन खाकामा छलफल भएको छ – केही माग मन्त्रिपरिषद्बाट पूरा गरिने, विद्यालय शिक्षा ऐन जारी गर्ने प्रतिबद्धता र […]

काठमाडौं ,२ बैशाख ।  शैक्षिक हड्ताल घोषणा गरी काठमाडौंमा आन्दोलनरत शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष तथा निरीक्षकलगायत कुनै पनि काममा संलग्न नहुन सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको हो । आन्दोलनलाई अझ […]

काठमाडाैं, चैत ७ । माध्यमिक शिक्षा परीक्षा (एसईई) आज बिहीबारदेखि देशभर सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष पाँच लाख १४ हजार ७१ जना विद्यार्थीले परीक्षा दिँदैछन्, जुन गत वर्षको तुलनामा ४९ हजार बढी हो। परीक्षा देशभरका २,०७९ केन्द्रमा बिहान ८ बजेदेखि सञ्चालन भइरहेको छ। आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी, संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य […]

विराटनगर १४ फागुन । लियो क्लब अफ विराटनगर सेन्ट्रल मेघाको आयोजनामा ‘अन्तर कलेज हाजिरीजबाफ’ प्रतियोगिता हुने भएको छ । विराटनगरमा मंगलबार क्लबले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको जानकारी गराएको हो । विराटनगरमा फागुन १६ गते हिसान मोरङको सहकार्यमा हुन लागेको अन्तर कलेज हाजिरीजबाफ प्रतियोगितामा १२ वटा निजी तथा सामुदायिक कलेजबीच प्रतिस्पर्धा हुने अध्यक्ष आर्यन बाँस्कोटाले जानकारी […]

विराटनगर, १० फाल्गुन । देशभरका शिक्षकहरु आन्दोलित भएका छन् । नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिको गत माघ १६ र १७ गते काठमाडौँमा बसेको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार देशैभरिका शिक्षकका विभिन्न घटक संस्थाहरूमा आबद्ध शिक्षकहरू तथा महासङ्घमा आबद्ध शिक्षकहरु आन्दोलनमा होमिएका हुन् । उनीहरूले यसअघि ७५३ वटै पालिकामा ज्ञापनपत्र तथा ध्यानाकर्षण पत्र बुझाइसकेका छन् भने फागुन […]