| Fine Gold | 1 Tola | NRs. 300400 |
|---|---|---|
| Silver | 1 Tola | Nrs. 4920 |
विराटनगर ,२४ माघ । सुपर ओभरमा जित निकाल्दै विराटनगरको विराटनगर क्रिकेट क्लब (विसिसि) वि डिभिजन क्रिकेट च्याम्पियन बनेको छ । विसिसिले आज वैजनाथपुर क्रिकेट मैदानमा भएको फाइनल खेलमा झोराहाटको ग्रामथान क्रिकेट क्लवलाई सुपर ओभरमा पराजित गर्दै वि डिभिजन क्रिकेट च्याम्पियन बनेको हो । खेलको निर्धारित ओभरमा दुवै टिमले बराबरीमा स्कोर गरेपछि खेल सुपर ओभरमा गएको थियो […]
मोरङ, माघ २४। मोरङको रंगेली नगरपालिका-७ स्थितबाट हरिणको सिंङ र लागुऔषध गाँजा सहित एक जना माहिला पक्राउ परेकी छिन् । हिजो दिउँसो बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले रंगेली-७ निचामारी टोल बस्ने ५५ बर्षीया सागर देवी यादवको घर खानतलासी गर्दा घरमा लुकाई छिपाई राखेको ४ थान हरिणको सिंङ र १ किलो […]
काठमाडौं, २४ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले देश यथास्थितिमा बस्न नसक्ने भन्दै नयाँ सम्झौता गरेर अगाडि बढ्नुपर्ने बताएका छन्। प्रतिनिधि सभा बुधवारको बैठकमा अध्यक्ष लिङदेनले देश वर्तमान अवस्थामा अडिइराख्न नसक्ने बताए। उनले देशले अवलम्बन गरेको प्रणाली नै दोषी रहेको उल्लेख गर्दै यो प्रणालीबाट अपेक्षित परिवर्तन गर्न सम्भव नभएको बताए। उनले अहिलेको प्रणाली […]
काठमाडाैं,२३ माघ। राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछानेले नेपालको राष्ट्रिय पत्रकारिता राजनीतिक दलहरूको आवद्धताबाट मुक्त हुनुपर्ने बताएका छन्। मंगलबार रफत सञ्चार क्लबको १४औं वार्षिकोत्सवको उद्घाटन गर्दै सभापति लामिछानेले भने, ‘जनताको पक्षमा सही सूचना प्रवाह गर्ने हो भने पत्रकारिता दलगत भन्दामाथि उठ्न सकेमात्रै जनताको दुःखलाई सही ढंगबाट उजागर गर्न सकिन्छ। मैले विगतमा पत्रकारिता गर्दा पनि […]
२३ माघ, विराटनगर । ऋण मिनाहाको हल्लालाई चिर्न ठोस कदम चाल्नुपर्ने लघुवित्तका संचालक तथा व्यवस्थापकहरुले सरकारलाई आग्रह गरेका छन् । मंगलबार विराटनगरमा अयोजित आठ वटा वित्तीय संस्थाको ‘प्रादेशिक सदस्य सम्मेलनको प्रतिवेदन सार्वजनिक तथा लघुवित्तको समसामयिक विषयमा छलफल कार्यक्रम’मा उनीहरुले सो कुरा राखेका थिए । कार्यक्रममा अर्थशास्त्री डाक्टर भेषप्रसाद धमलाले लघुवित्तले ग्रामीण क्षेत्रमा वित्तीय सेवासँगै महिला […]
धनकुटा, २२ माघ । प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसर पारेर सोमबार धनकुटामा बिरामीलाई फलफूल वितरण र प्रेस चौतारी धनकुटाको कार्यालय उद्घाटन गरिएको छ । स्थापना दिवसको अवसरमा प्रेस चौतारी धनकुटाले जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको हो । अस्पतालको इमर्जेन्सी र वार्डमा भर्ना भएका बिरामीलाई स्वास्थ्यलाभको कामना गर्दै स्याउ, सुन्तला, अंगुर, फ्रुटी […]
विराटनगर,२२ माघ । विराटनगर कञ्चनबारीमा अलपत्र अवस्थामा भेटिएकी एक महिलालाई विराटनगर महानगरपालिकाले परिवारको जिम्मा लगाएको छ । महानगरपालिकाका मेयर नागेश कोइरालाको पहलमा बाटाे भुलीएकी ८५ वर्षीया तारादेवी पोद्धारलाई महानगरले परिवारको जिम्मा लगाएको हो । स्थानीयले अलपत्र परेकी महिलाको बारेमा मेयर कोइरालालाई जानकारी गराएपछि तत्कालै नगर प्रहरीले उद्धार गरेको थियो । वृद्धालाई नगर प्रहरीले गाडीमा राखेर […]
काठमाडौं, २१ माघ । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल चितवन जाने भएका छन् । पूर्वराजा शाहका सम्वाद सचिव डा. फणिराज पाठकले सार्वजनिक गरेको सूचनाअनुुसार पूर्वराजा ज्ञानेन्द्र दम्पत्ति आगामी साता चितवन भ्रमणमा जाने भएका छन् । पछिल्लो समय पूर्वराजा शाहले आफ्नो सक्रियता बढाएका छन् । यसअघि उनी मधेश प्रदेशको भ्रमणमा व्यस्त थिए ।
विराटनगर, माघ १९ दुई बर्ष अघि सर्वोच्च अदालतले अभियोग ठहर गरेको फैसलामा भाटभटेनी पुनरावलोकनमा गएतापनि अन्तत ः सर्वोच्चले पूरानै फैसलालाई सदर गरेको छ । भाटभटेनी सुपरमार्केटले नक्कली भ्याट बिलबाट करछली गरेको भन्दै कर प्रशासनले निर्धारण गरेको कर सर्वोच्चको पुनरावलोकनबाट समेत ठहर भएको छ । अव फैसला सदरसँगै भाटभटेनीले राज्यलाई १ अर्व ४७ करोड रुपैयाँ कर […]
रङ्गेली,१८ माघ । मोरङको रंगेली नगरपालिका अन्तर्गतका २७ सामुदायिक विद्यालयमा कार्यरत २६० जना शिक्षकहरूलाई पाठ्यक्रम प्रविधिकरण तथा मूल्याङ्कन सम्बन्धी दुई दिने तालिम प्रदान गरिएको छ । तिनै तहका अङ्ग्रेजी नेपाली गणित विज्ञान र सामाजिक विषय अन्तर्गतका शिक्षकहरुलाई तालिम प्रदान गरिएको हो । कक्षा ५, ८ र १० मा अध्यापन गराउने विषयगत शिक्षकहरुलाई अनिवार्य तालिम को व्यवस्था […]