| Fine Gold | 1 Tola | NRs. 254100 |
|---|---|---|
| Silver | 1 Tola | Nrs. 3550 |
विराटनगर, पुष ८ बिराटनगर – २ स्थित बुढानीलकण्ठ सकेण्डरी ईग्लिस स्कुलले क्रिसमस डे को पुर्वसंध्यामा आईतबार विभिन्न कार्यक्रमको आयोजना गरेको छ । विद्यार्थीहरुबिच विभिन्न धर्म विशेष कार्यक्रमहरु मनाउदै आएको सो स्कुलले आईतबार क्रिसमस ईभ मनाएको बताएको छ । कार्यक्रमको सुरुवातमा स्कुलका साना कक्षामा अध्यायनरत विद्यार्थीहरुले संगीत र नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमकै क्रममा कक्षा […]
भद्रपुर, ८ पुस । रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठान भद्रपुरले कनकाई माविमा अध्ययनरत आधारभूत तहका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । आज एक कार्यक्रमका बीच प्रतिष्ठानले कनकाई–३ स्थित कनकाई माविमा कक्षा–१ देखि ८ कक्षासम्म अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो । कार्यक्रममा ५० जना विद्यार्थीलाई जुत्ता, मोजा र स्वीटर […]
विराटनगर, पुष ८ बलिउडका चर्चित कलाकार अजय देवगणले नेपोटिजम अर्थात नातावादका सम्वन्धमा सटिक तर यथार्थपरक धारणा राखेका छन् । एक अन्र्तवार्ताका क्रममा देवगणले भनेका छन्, नेपोटिजमका कारण बलिउडमा छिर्न त सजिलो होला । तर, हेर्दा जति सजिलो देखिन्छ, यथार्थतामा त्यसो नभएको प्रतिक्रिया व्यक्त गरेका छन् । बलिउडमा टिक्नुनै आफैमा ठुलो चुनौती हो । अर्कोतर्फ बलिउडमा […]
विराटनगर, पुष ६। गिरिजाप्रसाद कोइराला फाउण्डेशनले आफ्ना पूर्व अध्यक्ष सहित विभिन्न ४ जना ब्यक्तिहरुलाई सम्मान गरेको छ । फाउण्डेशन कोशी प्रदेशले शुक्रबार विराटनगरमा एक कार्यक्रमको आयोजना गर्दै “गिरिजाप्रसाद कोइराला विशेष सम्मान” बाट फाउण्डेशन कोशी प्रदेशका पूर्व अध्यक्ष शैलेन्द्र शिवाकोटी र फाउण्डेशन मोरङका संस्थापक पूर्व अध्यक्ष कौशल निरौलालाई सम्मान गरेको हो । शिवाकोटी अर्थशास्त्री हुन् भने […]
विराटनगर, पुष ५ । मुख्यमन्त्री केदार कार्कीले लाेकतन्त्र र कांग्रेसमा परिवारकाे हाेइन, अब गाउँवासीका कुरा सुन्ने र कार्यकर्ताकाे नेतृत्व गर्नेलाई नेता मान्ने अवस्था आएकाे बताएका छन् । नेपाली कांग्रेस सुनसरीले बिहीबार इनरूवामा आयाेजना गरेकाे कार्यक्रममा कार्कीले साे कुरा बताएका हुन् । ´झुपडी हेरेर निर्णय गर भन्ने बीपीकाे आदेश पालना गरेर प्रदेशमा बजेटकाे प्रतिस्थापन विधेयक ल्याएकाे […]
विराटनगर, पुष ५ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विराटनगर आएका छन् । विहीवार साझ उनी विराटनगर आएका हुन् । भोली शुक्रवार, विराटनगरमा महोत्सव उद्घाटन कार्यक्रमको प्रमुख अतिथि पनि प्रधानमन्त्रीनै हुन् । मोरङ व्यापार संघको आयोजनामा ११ दिने एक्स्पोको समुद्घाटन प्रधानमन्त्री प्रचण्ड बाटनै हुदैछ । दिनको १ बजे महोत्सवको उद्घाटन हुने कुराको जानकारी आयोजक संस्थाका संयोजक अनिल […]
विराटनगर, पुष ५ । नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष एवम् विराटनगरका उद्योगी राजेन्द्र राउतले अस्पताल संचालन गर्ने भएका छन् ।मोरङको बुढीगंगा गाउँपालिका १ मा निर्माण हुने २०० शय्याको मल्टीस्पेसियालिटी अस्पतालको बुधबार शिलान्यास गरिएको छ । १८ कट्ठा जमिनमा २५० करोडको लागतमा आर.आर. इन्टरनेसनल हस्पिटल निर्माण गरिने राउतले जानकारी दिए । बुधबार शिलान्यास कार्यक्रम संगै आयोजित […]
विराटनगर, पुष ५ । एकीकृत राष्ट्रिय संघर्ष समितिले अभिभावकीयरुपमा राजसंस्था स्थापित गर्नुपर्ने माग राख्दै आन्दोलन गर्ने भएको छ । नेपाल विद्वत परिषद ,नेपाल सद्भावना मंच र विभिन्न राजावादी शक्तिवीच एकिकरण भइ बनेको एकीकृत राष्ट्रिय संघर्ष समितिले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै आगामी पुष २७ गतेबाट आन्दोलनका कार्यक्रम तय गरिने जानकारी दिएको हो । संघर्ष समितिका अध्यक्ष […]
विराटनगर, पुष ६ विराटनगर -३ मा रहेको इडेन नेशनल बोर्डिङ स्कुलले आफ्नो ३२ औँ स्थापना दिवस मनाएको छ । सोमबार बोर्डिङले विभिन्न सास्कृतिक तथा आन्तरिक व्यवस्थापन कार्यक्रम गर्दै ३२ औं स्थापना दिवस मनाएको हो । कार्यक्रममा विद्यालयमा अध्ययनरत कक्षा नर्सरि देखी कक्षा १० सम्मका विद्यार्थीहरुले नृत्य ,गायन तथा अभिप्रेरितमुलक कार्यक्रमको प्रस्तुती गरेका छन् । कार्यक्रममा […]
विराटनगर, पुष ३ पुष ६ गतेदेखि १६ गतेसम्म विराटनगरमा हुन गईरहेको मोरङ व्यापार संघ एक्स्पो घोडा चढेर अवलोकन गर्न पाईने भएको छ । आयोजक मोरङ व्यापार संघले त्यसका लागी ४ वटा घोडा ल्याउने तयारी गरेको छ । एक्स्पोका संयोजक अनिल साहका अनुसार न्युन शुल्क तिरेर अवलोकनकर्ताले घोडामा चढेर एक्स्पो अवलाकन गर्न पाउनेछन् । यसभन्दा अघि […]