०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

पत्रकार निरौला मेयरको तयारीमा

Logo
जनचर्चा संवाददाता

विराटनगर, जेठ १७ । विराटनगरका पत्रकार कौशल निरौलाले आगामी स्थानीय निर्वाचनमा विराटनगर महानगरपालिकाको मेयर पदमा  उम्मेदवारी दिने तयारी गरेका छन्। कुनै पनि दलको झन्डामुनि नभई स्वतन्त्र रूपमा चुनावी मैदानमा उत्रने तयारी रहेकाे उनकै एक विश्वासपात्रले बताएका छन्।

लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध रहि डेमोक्रेटिक धारबाट  पत्रकारिता र राजनीतिलाई सँगसँगै अगाडि बढाउँदै आएका निरौला अब दलभन्दा बाहिर रहेर आफ्नो दाबी पेस गर्ने मनस्थितिमा पुगेका हुन्। पछिल्लो समय पार्टीभित्र गुटबन्दी र आन्तरिक किचलो बढ्दै गएकाले दलीय संरचनाभन्दा बाहिरबाटै उम्मेदवारी दिनु उचित हुने निष्कर्षमा उनी आइपुगेका हुन् ।

पत्रकार हुनुका साथसाथै निरौला धार्मिक अभियन्ताका रूपमा पनि चिनिन्छन्। हिन्दु, मुस्लिम, बौद्ध र किरात लगायत देशका मूल धर्महरूको संरक्षण तथा प्रवर्द्धन गर्नुपर्नेमा उनी सामाजिक सञ्जालमार्फत सक्रिय रूपमा आवाज उठाउँदै आएका छन् भने विदेशी आयातित धर्महरुकाे उनले कडा आलाेचना गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, साउन २३ । कोशी प्रदेशको राजधानी विराटनगरमा असोज २२ गतेदेखि नौ दिनसम्म ‘विराट व्यापार मेला’ सञ्चालन हुने भएको छ । स्थानीय उत्पादनको प्रवर्द्धन, उद्योग–व्यवसायको विस्तार र स्वदेशी वस्तु तथा सेवाको बजार पहुँच बढाउने लक्ष्यसहित विराट व्यापार संघले मेला आयोजना गर्न लागेको हो । असोज ३० गतेसम्म चल्ने मेलामा उद्योग, व्यापार, सेवा र वित्तीय क्षेत्रका […]

विराटनगर, जेठ १७ । विराटनगरका पत्रकार कौशल निरौलाले आगामी स्थानीय निर्वाचनमा विराटनगर महानगरपालिकाको मेयर पदमा  उम्मेदवारी दिने तयारी गरेका छन्। कुनै पनि दलको झन्डामुनि नभई स्वतन्त्र रूपमा चुनावी मैदानमा उत्रने तयारी रहेकाे उनकै एक विश्वासपात्रले बताएका छन्। लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध रहि डेमोक्रेटिक धारबाट  पत्रकारिता र राजनीतिलाई सँगसँगै अगाडि बढाउँदै आएका निरौला अब दलभन्दा […]

विराटनगर, असाेज १७ । विराटनगरको बसपार्कमा रहेको शिव अटो पार्ट्सले वार्षिक करोडौंको राजस्व घोटाला गर्ने गरेको पाइएको छ। राज्यलाई तिर्नुपर्ने मूल्य अभिवृद्धि कर (VAT), आयकर र भन्सारमा समेत घोटाला गरी यस फर्मले राजस्वमा ठूलो हिनामिना गर्ने गरेको सप्रमाण भेटिएको छ। दुई तथा चारपाङ्ग्रे सवारीसाधनको पार्ट्स बेच्ने यस फर्मले ग्राहकलाई सामान बेच्दा सादा कागजलाई बिलको रूपमा […]