०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

भ्याट र आयकर छल्दै विराटनगरकाे शिवअटो

भन्सार छली र स्टक मिलान: शिव अटो पार्ट्सको कर फरेब
Logo
जनचर्चा संवाददाता

विराटनगर, असाेज १७ । विराटनगरको बसपार्कमा रहेको शिव अटो पार्ट्सले वार्षिक करोडौंको राजस्व घोटाला गर्ने गरेको पाइएको छ। राज्यलाई तिर्नुपर्ने मूल्य अभिवृद्धि कर (VAT), आयकर र भन्सारमा समेत घोटाला गरी यस फर्मले राजस्वमा ठूलो हिनामिना गर्ने गरेको सप्रमाण भेटिएको छ।

दुई तथा चारपाङ्ग्रे सवारीसाधनको पार्ट्स बेच्ने यस फर्मले ग्राहकलाई सामान बेच्दा सादा कागजलाई बिलको रूपमा प्रयोग गर्ने गरेको पाइएको छ। अन्य फर्मलाई सामानहरू बेचबिखन गर्दा समेत सकेसम्म बिल नै नदिने, दिए पनि मूल्य घटाएर मात्र बिल बनाउने गरेको समेत बुझ्न आएको छ।

सादा बिल दिएपश्चात् पछि आफूले मनमानी ढंगले बिक्री खातामा विवरण उल्लेख गर्ने गरेको समेत बुझिएको छ। अर्कोतर्फ यस फर्मले सामान आयात गर्दा समेत ठूलो हिनामिना गर्ने गरेको पाइएको छ। विशेषगरी अवैध रूपमा कैरिङबाट पार्ट्सहरू ल्याएर समेत यस फर्मले राजस्वमा ठूलो क्षति पुर्‍याएको देखिन्छ।

अग्रवाल दाजुभाइ संजय र सुनिलले सञ्चालन गर्दै आएको शिव अटोले कैरिङमा सामान ल्याउँदा भन्सार छल्ने गरेका छन् भने उता स्टक पनि बढी देखाउन पाएका छन्। बढी स्टक देखाएर मूल्य अभिवृद्धि करसँगसँगै मोटो आयकर तिर्नबाट पनि यो फर्म जोगिरहेको छ। अग्रवाल दाजुभाइ विराटनगरको सीमानासँग जोडिएको भारतको जोगबनीमा लामो समयदेखि अटोपार्टकै व्यापार गर्दै आएका व्यापारी समेत हुन्। सोही कारणले पनि उनीहरूलाई पार्टहरू बिना भन्सार आरपार गराउन सहज रहेको स्रोतको दाबी छ।

राजस्वमा ६१३३७२३३४  नम्बरमा दर्ता रहेको शिव अटोको कारोबार वार्षिक बढिरहे पनि राज्यलाई तिर्नुपर्ने कर भने अनुपातमा घटिरहेको प्रारम्भिक अनुसन्धानबाट पत्ता समेत लागेको छ। यसतर्फ राजस्व अधिकारीहरूको ध्यान जान जरुरी देखिएको छ। सो विषयमा सम्बन्धित निकायसँगको समन्वयमा आवश्यक कागजपत्र अध्ययन गरी थप तथ्यांक सहितको सूचना प्रवाह गर्ने समेत यस सञ्चारगृहको तयारी रहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, जेठ १७ । विराटनगरका पत्रकार कौशल निरौलाले आगामी स्थानीय निर्वाचनमा विराटनगर महानगरपालिकाको मेयर पदमा  उम्मेदवारी दिने तयारी गरेका छन्। कुनै पनि दलको झन्डामुनि नभई स्वतन्त्र रूपमा चुनावी मैदानमा उत्रने तयारी रहेकाे उनकै एक विश्वासपात्रले बताएका छन्। लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध रहि डेमोक्रेटिक धारबाट  पत्रकारिता र राजनीतिलाई सँगसँगै अगाडि बढाउँदै आएका निरौला अब दलभन्दा […]

विराटनगर, असाेज १७ । विराटनगरको बसपार्कमा रहेको शिव अटो पार्ट्सले वार्षिक करोडौंको राजस्व घोटाला गर्ने गरेको पाइएको छ। राज्यलाई तिर्नुपर्ने मूल्य अभिवृद्धि कर (VAT), आयकर र भन्सारमा समेत घोटाला गरी यस फर्मले राजस्वमा ठूलो हिनामिना गर्ने गरेको सप्रमाण भेटिएको छ। दुई तथा चारपाङ्ग्रे सवारीसाधनको पार्ट्स बेच्ने यस फर्मले ग्राहकलाई सामान बेच्दा सादा कागजलाई बिलको रूपमा […]

काठमाडौं ,९ असोज ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संसारलाई नै सुचित गर्ने पत्रकारहरु आफ्नाबारे सुसुचित हुन नसकेको बताएका छन् । सोमबार हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले सबैलाई झकझक्याउने, जनतालाई सुसुचित गर्ने पेशाले नै आफ्नाबारे सुसुचित गर्न नसकेको बताएका हुन् । उनले भने, ‘प्राइभेट अस्पताल, स्कुल र पत्रकारहरुको […]