११ आषाढ २०८३, बिहिबार
25-06-2026 , Thu
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

पत्रकार निरौला मेयरको तयारीमा

Logo
जनचर्चा संवाददाता

विराटनगर, जेठ १७ । विराटनगरका पत्रकार कौशल निरौलाले आगामी स्थानीय निर्वाचनमा विराटनगर महानगरपालिकाको मेयर पदमा  उम्मेदवारी दिने तयारी गरेका छन्। कुनै पनि दलको झन्डामुनि नभई स्वतन्त्र रूपमा चुनावी मैदानमा उत्रने तयारी रहेकाे उनकै एक विश्वासपात्रले बताएका छन्।

लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध रहि डेमोक्रेटिक धारबाट  पत्रकारिता र राजनीतिलाई सँगसँगै अगाडि बढाउँदै आएका निरौला अब दलभन्दा बाहिर रहेर आफ्नो दाबी पेस गर्ने मनस्थितिमा पुगेका हुन्। पछिल्लो समय पार्टीभित्र गुटबन्दी र आन्तरिक किचलो बढ्दै गएकाले दलीय संरचनाभन्दा बाहिरबाटै उम्मेदवारी दिनु उचित हुने निष्कर्षमा उनी आइपुगेका हुन् ।

पत्रकार हुनुका साथसाथै निरौला धार्मिक अभियन्ताका रूपमा पनि चिनिन्छन्। हिन्दु, मुस्लिम, बौद्ध र किरात लगायत देशका मूल धर्महरूको संरक्षण तथा प्रवर्द्धन गर्नुपर्नेमा उनी सामाजिक सञ्जालमार्फत सक्रिय रूपमा आवाज उठाउँदै आएका छन् भने विदेशी आयातित धर्महरुकाे उनले कडा आलाेचना गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, जेठ १७ । विराटनगरका पत्रकार कौशल निरौलाले आगामी स्थानीय निर्वाचनमा विराटनगर महानगरपालिकाको मेयर पदमा  उम्मेदवारी दिने तयारी गरेका छन्। कुनै पनि दलको झन्डामुनि नभई स्वतन्त्र रूपमा चुनावी मैदानमा उत्रने तयारी रहेकाे उनकै एक विश्वासपात्रले बताएका छन्। लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध रहि डेमोक्रेटिक धारबाट  पत्रकारिता र राजनीतिलाई सँगसँगै अगाडि बढाउँदै आएका निरौला अब दलभन्दा […]

विराटनगर, असाेज १७ । विराटनगरको बसपार्कमा रहेको शिव अटो पार्ट्सले वार्षिक करोडौंको राजस्व घोटाला गर्ने गरेको पाइएको छ। राज्यलाई तिर्नुपर्ने मूल्य अभिवृद्धि कर (VAT), आयकर र भन्सारमा समेत घोटाला गरी यस फर्मले राजस्वमा ठूलो हिनामिना गर्ने गरेको सप्रमाण भेटिएको छ। दुई तथा चारपाङ्ग्रे सवारीसाधनको पार्ट्स बेच्ने यस फर्मले ग्राहकलाई सामान बेच्दा सादा कागजलाई बिलको रूपमा […]

काठमाडौं ,९ असोज ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संसारलाई नै सुचित गर्ने पत्रकारहरु आफ्नाबारे सुसुचित हुन नसकेको बताएका छन् । सोमबार हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले सबैलाई झकझक्याउने, जनतालाई सुसुचित गर्ने पेशाले नै आफ्नाबारे सुसुचित गर्न नसकेको बताएका हुन् । उनले भने, ‘प्राइभेट अस्पताल, स्कुल र पत्रकारहरुको […]