१२ आषाढ २०८२, बिहिबार
26-06-2025 , Thu
Gold Silver Price (12 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192800
Silver 1 Tola Nrs. 2190

नेपाल औषधि व्यवसायी संघ मोरङको अध्यक्षमा तिम्सिना

कार्यसमितिमा तिम्सिनाकै बर्चस्व
Logo
प्रकाशित आइतबार, मंसिर २२, २०७६

विराटनगर, मंसिर २२
नेपाल औषधि व्यवसायी संघ मोरङको अध्यक्षमा लक्ष्मीप्रसाद तिम्सिना निर्वाचत भएका छन् । शुक्रवार विराटनगरमा भएको प्रथम जिल्ला अधिवेशनले तिम्सिनाको अध्यक्षतामा ९ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो ।
अर्का प्रतिष्पर्धी हरिमोहन श्रेष्ठलाई २८ मतान्तरले पराजीत गर्दै तिम्सिना अध्यक्षमा निर्वाचित भएका हुन् । मतदानमा तिम्सिनाले १ सय ८६ मत प्राप्त गरेका छन् भने श्रेष्ठले १ सय ५८ मत प्राप्त गरेका छन् । त्यस्तै अध्यक्षका अर्का प्रत्यासी यतिश श्रीवास्तवले ८६ मत प्राप्त गरेका छन् । कार्यसमितिमा निर्वािचत हुने ९ मध्ये ७ जना तिम्सिना समूहका छन् ।

तिम्सिना समूहबाट उपाध्यक्ष (देशबन्धु ढकाल), महासचिव (दिनेश ठाकुर), सचिव (हरिराज रेग्मी), सह–कोषाध्यक्ष (पुष्पराज पोखरेल) र दुई वटा सदस्य पदमा (अनिलकुमार चौधरी र प्रकाश धिमाल) विजयी भएका छन् । श्रेष्ठ समूहबाट कोषाध्यक्ष (विजयकुमार राजवंशी) र एक जना सदस्य (सरिता चौधरी) विजयी भएका छन् ।
तिम्सिनाका समूहबाट कोषाध्क्ष पदका उम्मेदवार सुदिप निरौला र सदस्य पदका उम्मेदवार जय प्रकाश राय पराजित भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, जेठ २० । मोरङको कटहरी गाउँपालिका–२ हल्दीबारीमा २ अर्ब लागतमा निर्मित २०० बेड क्षमताको जीवन विकास सामुदायिक अस्पताल तयार भएको छ। जीवन विकास समाजको नेतृत्वमा निर्माण भएको यो अस्पतालको औपचारिक उद्घाटन आगामी जेठ २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्। सामाजिक व्यवसायको मोडलमा सञ्चालन हुने यो अस्पतालले मुनाफा वितरण नगर्ने नीति अपनाएको छ। एकैपटक […]

काठमाडौं,११ चैत। नेपालमा ६८ हजार नयाँ क्षयरोगी छन् । यो तथ्यांक विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रतिवेदनमा छ । राष्ट्रिय क्षयरोग निवारण केन्द्रले पनि सो तथ्यांकलाई आधार मानेर देखाउँछ । तथ्यांक अनुसार ४० हजार ७७६ जना क्षयरोग लागेका ब्यक्ति मात्र उपचारका लागि अस्पतालसम्म आएका छन् । सो तथ्यांक हेर्दा २७ हजार २२४ जना (४० प्रतिशत) ब्यक्ति अझै […]

बिराटनगर, फागुन १२ ।  पूर्वी नेपालको प्रमुख स्वास्थ्य संस्था गोल्डेन अस्पतालले आइतबार आफ्नाे १४ औं वार्षिकोत्सव मनाएकाे छ । अस्पताल हाताभित्र आयाेजित वार्षिकोत्सव कार्यक्रममा अस्पतालले आफ्नाे १४ वर्षे यात्राको उपलब्धि समेत सार्वजनिक गरेको छ ।  स्थापनाकालमा बिराटनगर-७ को भाडाको भवनबाट सुरु भएको अस्पताल आज बिराटनगर-११ जनपथमा १०० शैय्याको आफ्नै अत्याधुनिक भवनमा सञ्चालित रहेकाे छ। वार्षिकोत्सव […]