१२ आषाढ २०८२, बिहिबार
26-06-2025 , Thu
Gold Silver Price (12 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192800
Silver 1 Tola Nrs. 2190

बढी मात्रामा विषाक्त प्रयोग गर्ने स्यानिटाइजर उद्योगको उत्पादन तथा बिक्रिवितरणमा रोक

Logo
प्रकाशित शनिबार, मंसिर ०६, २०७७

काठमाडौं, मंसिर ६
विभिन्न कम्पनीद्धारा उत्पादित ह्यान्ड स्यानिटाइजरमा मानव स्वास्थ्यमा असर पुर्याउने मेथानोलको मात्रा बढी भेटिएपछि बिक्री तथा वितरणमा प्रतिबन्ध लगाइएको छ । औषधि व्यावस्था विभागले देशको विभिन्न स्यानिटाइजर उद्योगहरुबाट नमुना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको मापदण्ड विपरीत विषाक्त रसायन मेथानोल भेटिएपछि उत्पादन तथा बिक्री वितरणमा रोक लगाएको हो ।
ल्याब रिपोर्टको अनुसार सीता हर्बल सुनसरीले उत्पादन गरेको ५० मिलिलिटरमा ८० प्रतिशत र पाँच सय मिलिलिटरको स्यानिटाइजरमा ८८ प्रतिशत मेथानोल भेटिएको छ । त्यसैगरी मकालु जडीबुटी सुनसरी, सुनिमा आयुर्वेद कम्पनी मोरङ, एमके हर्बल ललितपुर र ग्यालेक्सी डेण्टल एण्ड सर्जिकल मोरङले उत्पादन गरेका स्यानिटाइजरमा समेत मेथानोलको मात्रा बढी भएको पाईएको छ ।
प्रतिबन्ध लगाइएका उद्योगका स्यानिटाइजर प्रयोग नगर्न विभागले सबैमा आग्रह गरेको छ । यी उद्योगहरुका स्यानिटाइजर बजारमा बिक्रीवितरणमा रोक लगाउन र बजारबाट फिर्ता लैजान पनि विभागले निर्देशन दिएको छ । यसअघि पनि विभागले भारत, चिन तथा नेपालका विभिन्न उद्योगले उत्पादन गरेका गुणस्थरहिन स्यानिटाइजरमा प्रतिबन्ध लगाइसकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, जेठ २० । मोरङको कटहरी गाउँपालिका–२ हल्दीबारीमा २ अर्ब लागतमा निर्मित २०० बेड क्षमताको जीवन विकास सामुदायिक अस्पताल तयार भएको छ। जीवन विकास समाजको नेतृत्वमा निर्माण भएको यो अस्पतालको औपचारिक उद्घाटन आगामी जेठ २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्। सामाजिक व्यवसायको मोडलमा सञ्चालन हुने यो अस्पतालले मुनाफा वितरण नगर्ने नीति अपनाएको छ। एकैपटक […]

काठमाडौं,११ चैत। नेपालमा ६८ हजार नयाँ क्षयरोगी छन् । यो तथ्यांक विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रतिवेदनमा छ । राष्ट्रिय क्षयरोग निवारण केन्द्रले पनि सो तथ्यांकलाई आधार मानेर देखाउँछ । तथ्यांक अनुसार ४० हजार ७७६ जना क्षयरोग लागेका ब्यक्ति मात्र उपचारका लागि अस्पतालसम्म आएका छन् । सो तथ्यांक हेर्दा २७ हजार २२४ जना (४० प्रतिशत) ब्यक्ति अझै […]

बिराटनगर, फागुन १२ ।  पूर्वी नेपालको प्रमुख स्वास्थ्य संस्था गोल्डेन अस्पतालले आइतबार आफ्नाे १४ औं वार्षिकोत्सव मनाएकाे छ । अस्पताल हाताभित्र आयाेजित वार्षिकोत्सव कार्यक्रममा अस्पतालले आफ्नाे १४ वर्षे यात्राको उपलब्धि समेत सार्वजनिक गरेको छ ।  स्थापनाकालमा बिराटनगर-७ को भाडाको भवनबाट सुरु भएको अस्पताल आज बिराटनगर-११ जनपथमा १०० शैय्याको आफ्नै अत्याधुनिक भवनमा सञ्चालित रहेकाे छ। वार्षिकोत्सव […]