२६ माघ २०८२, आइतबार
08-02-2026 , Sun
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

न्यूरो हस्पिटलमा डाक्टर रोकाको प्रशंसा

Logo

विराटनगर, वैशाख २
न्यूरो हस्पिटल विराटनगरले न्यूरोसर्जन डा. यमबहादुर रोकालाई कृतज्ञता व्यक्त गरेको छ । स्थापनाकालदेखि नै न्यूरो हस्पिटलमा कार्यरत्त डाक्टर रोकालाई संस्थामा अथक योगदान पुर‍्याएको भन्दै हस्पिटलले कृतज्ञता व्यक्त गरेको हो ।

मंगलबार न्यूरो अस्पतालले पत्रकार सम्मेलनको अयोजना गरी डा. रोकाले संस्थामा पुर्याएको योगदानबारे मुक्तकण्ठले प्रसंशा गरेको थियो ।
डाक्टार रोका भर्खरै मात्र राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानपदवी, अलङ्कार र पदकले सुशोभित भएका चिकित्सक समेत हुन् । सोही उपलक्ष्यमा न्यूरो अस्पतालले डा. रोकालाई बधाई ज्ञापन गर्दै कृतज्ञता व्यक्त गरेको हो ।

कार्यक्रममा बोल्दै न्यूरो हस्टिलकी कार्यकारी निर्देशक एलिशा विष्टले संस्थामा अथक योगदान पुर्याएको भन्दै डा.रोकालाई धन्यावाद ज्ञापन गरेकी थिईन् । त्यस्तै हस्पिटलका डाईरेक्टर रंजित बस्नेतले डा. रोकाको अथक महनेत र प्रयासलेनै हस्पिटलले आज उच्च मुकाम हासिल गर्न सफल भएको जिकिर गरेका थिए । जवाफमा डा. रोकाले न्यूरो हस्पिटलले आफुलाई दिएको अवसरप्रति सधै आभारी रहने भावव्यक्त गरेका थिए ।

नेपालमा न्यूरोसर्जरी सुरु भएपछि पूर्वाञ्चलमा पहिलो न्यूरोसर्जरी सेवा दिने रोका नै पहिलो डाक्टर हुन् । । उनी विगत २१ वर्षदेखि पूर्वाञ्चललाई कर्मथलो बनाएका छन् । उनले ११ वर्षभन्दा बढि समयदेखि विराटनगरमै सेवा दिईरहेका छन् ।

न्यूरोसर्जन डाक्टर रोका जनसेवाश्री पदकबाट शुक्रबार विभुषित भएका थिए ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२0८२ पाैष ७ अन्तर्वार्ता दिने: राष्ट्रिय परिवर्तन पार्टी नेता माधव सुन्दर खड्का ( जनादेश पार्टीमा गाभिने क्रममा) प्रश्न १: आगामी फागुन २१ को निर्वाचनलाई तपाईं किन नयाँ शक्तिहरूको लागि सुवर्ण मौकाको रूपमा हेर्नुहुन्छ? उत्तर: हेर्नुस्, अहिले नयाँ शक्तिहरूको लागि एउटा एकदमै राम्रो मौका देखिएको छ। मुख्यतया दुई कारणले गर्दा – पहिलो, नेकपा एमालेको महाधिवेशनबाट केपी […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]

विराटनगर,२६ साउन । विराटनगरमा रहेको आशिर्वाद डेन्टल हस्पिटलले आफ्नै सुविधासम्पन्न भवनवाट सेवा सुरु गरेको छ । आधुनिक प्रविधिका साथ विराटनगर १२ पान्चाली बाट सेवा सुरु गरेको हो । स्थापना भएको भण्डै १२ वर्ष पछाडि हस्पिटल आफ्नै भवनमा सरेको छ । हस्पिटलको शुक्रबार विराटनगर महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरेका छन् । उनले दन्तपरिक्षण देखि परामर्श सेवा […]