१८ आषाढ २०८२, बुधबार
02-07-2025 , Wed
Gold Silver Price (12 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192800
Silver 1 Tola Nrs. 2190

न्यूरो हस्पिटलमा डाक्टर रोकाको प्रशंसा

Logo
प्रकाशित बिहिबार, बैशाख ०२, २०७८

विराटनगर, वैशाख २
न्यूरो हस्पिटल विराटनगरले न्यूरोसर्जन डा. यमबहादुर रोकालाई कृतज्ञता व्यक्त गरेको छ । स्थापनाकालदेखि नै न्यूरो हस्पिटलमा कार्यरत्त डाक्टर रोकालाई संस्थामा अथक योगदान पुर‍्याएको भन्दै हस्पिटलले कृतज्ञता व्यक्त गरेको हो ।

मंगलबार न्यूरो अस्पतालले पत्रकार सम्मेलनको अयोजना गरी डा. रोकाले संस्थामा पुर्याएको योगदानबारे मुक्तकण्ठले प्रसंशा गरेको थियो ।
डाक्टार रोका भर्खरै मात्र राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानपदवी, अलङ्कार र पदकले सुशोभित भएका चिकित्सक समेत हुन् । सोही उपलक्ष्यमा न्यूरो अस्पतालले डा. रोकालाई बधाई ज्ञापन गर्दै कृतज्ञता व्यक्त गरेको हो ।

कार्यक्रममा बोल्दै न्यूरो हस्टिलकी कार्यकारी निर्देशक एलिशा विष्टले संस्थामा अथक योगदान पुर्याएको भन्दै डा.रोकालाई धन्यावाद ज्ञापन गरेकी थिईन् । त्यस्तै हस्पिटलका डाईरेक्टर रंजित बस्नेतले डा. रोकाको अथक महनेत र प्रयासलेनै हस्पिटलले आज उच्च मुकाम हासिल गर्न सफल भएको जिकिर गरेका थिए । जवाफमा डा. रोकाले न्यूरो हस्पिटलले आफुलाई दिएको अवसरप्रति सधै आभारी रहने भावव्यक्त गरेका थिए ।

नेपालमा न्यूरोसर्जरी सुरु भएपछि पूर्वाञ्चलमा पहिलो न्यूरोसर्जरी सेवा दिने रोका नै पहिलो डाक्टर हुन् । । उनी विगत २१ वर्षदेखि पूर्वाञ्चललाई कर्मथलो बनाएका छन् । उनले ११ वर्षभन्दा बढि समयदेखि विराटनगरमै सेवा दिईरहेका छन् ।

न्यूरोसर्जन डाक्टर रोका जनसेवाश्री पदकबाट शुक्रबार विभुषित भएका थिए ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, जेठ २० । मोरङको कटहरी गाउँपालिका–२ हल्दीबारीमा २ अर्ब लागतमा निर्मित २०० बेड क्षमताको जीवन विकास सामुदायिक अस्पताल तयार भएको छ। जीवन विकास समाजको नेतृत्वमा निर्माण भएको यो अस्पतालको औपचारिक उद्घाटन आगामी जेठ २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्। सामाजिक व्यवसायको मोडलमा सञ्चालन हुने यो अस्पतालले मुनाफा वितरण नगर्ने नीति अपनाएको छ। एकैपटक […]

काठमाडौं,११ चैत। नेपालमा ६८ हजार नयाँ क्षयरोगी छन् । यो तथ्यांक विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रतिवेदनमा छ । राष्ट्रिय क्षयरोग निवारण केन्द्रले पनि सो तथ्यांकलाई आधार मानेर देखाउँछ । तथ्यांक अनुसार ४० हजार ७७६ जना क्षयरोग लागेका ब्यक्ति मात्र उपचारका लागि अस्पतालसम्म आएका छन् । सो तथ्यांक हेर्दा २७ हजार २२४ जना (४० प्रतिशत) ब्यक्ति अझै […]

बिराटनगर, फागुन १२ ।  पूर्वी नेपालको प्रमुख स्वास्थ्य संस्था गोल्डेन अस्पतालले आइतबार आफ्नाे १४ औं वार्षिकोत्सव मनाएकाे छ । अस्पताल हाताभित्र आयाेजित वार्षिकोत्सव कार्यक्रममा अस्पतालले आफ्नाे १४ वर्षे यात्राको उपलब्धि समेत सार्वजनिक गरेको छ ।  स्थापनाकालमा बिराटनगर-७ को भाडाको भवनबाट सुरु भएको अस्पताल आज बिराटनगर-११ जनपथमा १०० शैय्याको आफ्नै अत्याधुनिक भवनमा सञ्चालित रहेकाे छ। वार्षिकोत्सव […]