१३ आषाढ २०८२, शुक्रबार
27-06-2025 , Fri
Gold Silver Price (12 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192800
Silver 1 Tola Nrs. 2190

धमाधम लकडाउनको तयारी

Logo
प्रकाशित सोमबार, बैशाख १३, २०७८

विराटनगर, वैशाख १३
मुलुकका विभिन्न जिल्लाहरुमा लकडाउन गर्ने तयारी अघि बढेको छ । जिल्लामा रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) मार्फत निर्णय गर्ने गरी प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञाको अधिकार दिन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सिफारिस समेत गरिसकेको छ ।

सिफारिस अनुसार शहरी क्षेत्रमा ५ सय संक्रमित नाघे संवन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्न सक्नेछन् ।

योसँगै काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीले पनि संयुक्त छलफल गरेर निषेधाज्ञा लगाउने तयारी गरिरहेका छन् । तीन प्रमुख जिल्लामा संक्रमणको शंख्यामा ५ सय नाघिसकेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार वैशाख ११ गतेसम्म विभिन्न ९ जिल्लामा सक्रिय संक्रमितको संख्या पाँचसय नाघीसकेको छ । पाँच सय संक्रमण नघेका जिल्लाहरुमा मोरङ, पर्सा, काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, दाङ, बाँके र रुपन्देहीमा रहेका छन् ।
बाँकेमा सोमबारदेखि एकसातासम्म निषेधाज्ञाको घोषणा गरिएको छ । त्यसैगरी रुपन्देहीमा समेत सोमबारबाटै जोरबिजोर प्रणाली लागु भएको छ ।

मोरङ लागएत अन्य उच्च संक्रमण रहेको जिल्लाहरुमा समेत वैशाख १५ गतेबाट निषेधाज्ञा लागाउने तयारी भईरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, जेठ २० । मोरङको कटहरी गाउँपालिका–२ हल्दीबारीमा २ अर्ब लागतमा निर्मित २०० बेड क्षमताको जीवन विकास सामुदायिक अस्पताल तयार भएको छ। जीवन विकास समाजको नेतृत्वमा निर्माण भएको यो अस्पतालको औपचारिक उद्घाटन आगामी जेठ २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्। सामाजिक व्यवसायको मोडलमा सञ्चालन हुने यो अस्पतालले मुनाफा वितरण नगर्ने नीति अपनाएको छ। एकैपटक […]

काठमाडौं,११ चैत। नेपालमा ६८ हजार नयाँ क्षयरोगी छन् । यो तथ्यांक विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रतिवेदनमा छ । राष्ट्रिय क्षयरोग निवारण केन्द्रले पनि सो तथ्यांकलाई आधार मानेर देखाउँछ । तथ्यांक अनुसार ४० हजार ७७६ जना क्षयरोग लागेका ब्यक्ति मात्र उपचारका लागि अस्पतालसम्म आएका छन् । सो तथ्यांक हेर्दा २७ हजार २२४ जना (४० प्रतिशत) ब्यक्ति अझै […]

बिराटनगर, फागुन १२ ।  पूर्वी नेपालको प्रमुख स्वास्थ्य संस्था गोल्डेन अस्पतालले आइतबार आफ्नाे १४ औं वार्षिकोत्सव मनाएकाे छ । अस्पताल हाताभित्र आयाेजित वार्षिकोत्सव कार्यक्रममा अस्पतालले आफ्नाे १४ वर्षे यात्राको उपलब्धि समेत सार्वजनिक गरेको छ ।  स्थापनाकालमा बिराटनगर-७ को भाडाको भवनबाट सुरु भएको अस्पताल आज बिराटनगर-११ जनपथमा १०० शैय्याको आफ्नै अत्याधुनिक भवनमा सञ्चालित रहेकाे छ। वार्षिकोत्सव […]