०७ जेठ २०८३, बिहिबार
21-05-2026 , Thu
Gold Silver Price (Baishak 5, 2083, TUE)
Fine Gold 1 Tola NRs. 295800
Silver 1 Tola Nrs. 5100

धमाधम लकडाउनको तयारी

Logo

विराटनगर, वैशाख १३
मुलुकका विभिन्न जिल्लाहरुमा लकडाउन गर्ने तयारी अघि बढेको छ । जिल्लामा रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) मार्फत निर्णय गर्ने गरी प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञाको अधिकार दिन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सिफारिस समेत गरिसकेको छ ।

सिफारिस अनुसार शहरी क्षेत्रमा ५ सय संक्रमित नाघे संवन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्न सक्नेछन् ।

योसँगै काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीले पनि संयुक्त छलफल गरेर निषेधाज्ञा लगाउने तयारी गरिरहेका छन् । तीन प्रमुख जिल्लामा संक्रमणको शंख्यामा ५ सय नाघिसकेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार वैशाख ११ गतेसम्म विभिन्न ९ जिल्लामा सक्रिय संक्रमितको संख्या पाँचसय नाघीसकेको छ । पाँच सय संक्रमण नघेका जिल्लाहरुमा मोरङ, पर्सा, काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, दाङ, बाँके र रुपन्देहीमा रहेका छन् ।
बाँकेमा सोमबारदेखि एकसातासम्म निषेधाज्ञाको घोषणा गरिएको छ । त्यसैगरी रुपन्देहीमा समेत सोमबारबाटै जोरबिजोर प्रणाली लागु भएको छ ।

मोरङ लागएत अन्य उच्च संक्रमण रहेको जिल्लाहरुमा समेत वैशाख १५ गतेबाट निषेधाज्ञा लागाउने तयारी भईरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२0८२ पाैष ७ अन्तर्वार्ता दिने: राष्ट्रिय परिवर्तन पार्टी नेता माधव सुन्दर खड्का ( जनादेश पार्टीमा गाभिने क्रममा) प्रश्न १: आगामी फागुन २१ को निर्वाचनलाई तपाईं किन नयाँ शक्तिहरूको लागि सुवर्ण मौकाको रूपमा हेर्नुहुन्छ? उत्तर: हेर्नुस्, अहिले नयाँ शक्तिहरूको लागि एउटा एकदमै राम्रो मौका देखिएको छ। मुख्यतया दुई कारणले गर्दा – पहिलो, नेकपा एमालेको महाधिवेशनबाट केपी […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]

विराटनगर,२६ साउन । विराटनगरमा रहेको आशिर्वाद डेन्टल हस्पिटलले आफ्नै सुविधासम्पन्न भवनवाट सेवा सुरु गरेको छ । आधुनिक प्रविधिका साथ विराटनगर १२ पान्चाली बाट सेवा सुरु गरेको हो । स्थापना भएको भण्डै १२ वर्ष पछाडि हस्पिटल आफ्नै भवनमा सरेको छ । हस्पिटलको शुक्रबार विराटनगर महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरेका छन् । उनले दन्तपरिक्षण देखि परामर्श सेवा […]