१० आषाढ २०८३, बुधबार
24-06-2026 , Wed
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

अटल फार्मेसीविरुद्ध वाणिज्यमा ठगीको उजुर

Logo

दिनेश खड्का

विराटगर, साउन २७
विराटनगरस्थित अटल फार्मेसीले ग्राहकसँग बढी मुल्य लिई औषधी बिक्रि गरेको पाइएको छ । सुगरको विरामीले प्रयोग गर्ने ह्युमन ईन्सुलिनमा फार्मेसीले मोटो रकम ठगी  गरेकाे सहप्रमाण फेला परेको हो ।

नेपाली बजारमा ६ सय २२ रुपैयाँ पर्ने ‘ह्युमन इन्सुलिन’ फार्मेसीले ९ सय ९६ रूपैयाँ लिएर बिक्री गर्ने गरेको प्रमाण फेला परेको छ । बजार मूल्य भन्दा ३ सय ७४ रूपैयाँ बढी विरामीबाट असुली गरेको बिलसहित पब्लिक फोरमले बिहीबार वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालयमा ठगीमा उजुरी दर्ता गराएको छ ।

उता अटल फार्मेसीले आफुबाट त्रुटी भएको बताएको छ । भारु मुल्य ठानेर १.६ गुण गरी बिल काट्दा उक्त त्रुटी हुन पुगेको फार्मेसीको जिकिर छ ।
त्यस्तै वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालयका अधिकारीहरुले आवश्यक छानविन गरी दोषी पाईएमा फार्मेसीलाई कारवाही गर्ने वताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२0८२ पाैष ७ अन्तर्वार्ता दिने: राष्ट्रिय परिवर्तन पार्टी नेता माधव सुन्दर खड्का ( जनादेश पार्टीमा गाभिने क्रममा) प्रश्न १: आगामी फागुन २१ को निर्वाचनलाई तपाईं किन नयाँ शक्तिहरूको लागि सुवर्ण मौकाको रूपमा हेर्नुहुन्छ? उत्तर: हेर्नुस्, अहिले नयाँ शक्तिहरूको लागि एउटा एकदमै राम्रो मौका देखिएको छ। मुख्यतया दुई कारणले गर्दा – पहिलो, नेकपा एमालेको महाधिवेशनबाट केपी […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]

विराटनगर,२६ साउन । विराटनगरमा रहेको आशिर्वाद डेन्टल हस्पिटलले आफ्नै सुविधासम्पन्न भवनवाट सेवा सुरु गरेको छ । आधुनिक प्रविधिका साथ विराटनगर १२ पान्चाली बाट सेवा सुरु गरेको हो । स्थापना भएको भण्डै १२ वर्ष पछाडि हस्पिटल आफ्नै भवनमा सरेको छ । हस्पिटलको शुक्रबार विराटनगर महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरेका छन् । उनले दन्तपरिक्षण देखि परामर्श सेवा […]