२७ माघ २०८२, सोमबार
09-02-2026 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

विराटनगरमा चिकित्सकहरुको राष्ट्रिय सम्मेलन हुने

Logo

विराटनगर, असोज १२
निरज बस्नेत
विराटनगरमा नेपाल चिकित्सक संघको राष्ट्रिय सम्मेलन हुने भएको छ । नेपाल चिकित्सक संघ कोशी अंचल शाखाले म‌ंगलबार विराटनगरस्थित एलिट क्लवको हलमा पत्रकार सम्मेलनकाे आयाेजना गरी राष्ट्रिय सम्मेलनबारे जानकारी गराएकाे छ   । आउँदो फागुन १८ देखी २० गते सम्मेलन आयाेजना हुने शाखा अध्यक्ष डाक्टर फरवार्ड सिलवाले कार्यक्रममा जानिकारी दिए ।

सम्मेलनमा चिकित्सा क्षेत्र र स्वास्थ्य सेवासँग सम्वन्धित प्रख्यात व्यक्तित्वहरुको उपस्थिती रहने पत्रकार सम्मेलनमा आयाेजकले जानकारी दिए।

हेल्थ केयर एण्ड वेल विईङ करेन्ट ट्रेन्ड्स एण्ड च्यालेन्ज, भन्ने विषयवस्तु उठान गरी हुन लागेको यस सम्मेलनमा नेपालभर र विदेशवाट गरी कम्तिमा एक हजार चिकित्सकको उपस्थिती रहने बताईएकाे छ । स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवाको हवका रुपमा विकसित हुदैं गईरहेको विराटनगरमा यो वर्ष नेपाल चिकित्सक संघको आयोजनामा हुने यस अन्तराष्ट्रिय सम्मेलनको सवैलाई प्रतीक्षा हुने छ ।

संघको २९ औं राष्ट्रिय सम्मेलन एनिमेकोन २०२३ नामाकृत यस सम्मेलनमा दर्जनौं चिकित्सकले आफूले गरेको अनुशन्धानात्मक लेखको सार विषयवस्तु प्रस्तुत गर्नेछन् । जसका लागि मूल आयोजक समिति एवं विविध उपसमितिहरु बनाईनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२0८२ पाैष ७ अन्तर्वार्ता दिने: राष्ट्रिय परिवर्तन पार्टी नेता माधव सुन्दर खड्का ( जनादेश पार्टीमा गाभिने क्रममा) प्रश्न १: आगामी फागुन २१ को निर्वाचनलाई तपाईं किन नयाँ शक्तिहरूको लागि सुवर्ण मौकाको रूपमा हेर्नुहुन्छ? उत्तर: हेर्नुस्, अहिले नयाँ शक्तिहरूको लागि एउटा एकदमै राम्रो मौका देखिएको छ। मुख्यतया दुई कारणले गर्दा – पहिलो, नेकपा एमालेको महाधिवेशनबाट केपी […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]

विराटनगर,२६ साउन । विराटनगरमा रहेको आशिर्वाद डेन्टल हस्पिटलले आफ्नै सुविधासम्पन्न भवनवाट सेवा सुरु गरेको छ । आधुनिक प्रविधिका साथ विराटनगर १२ पान्चाली बाट सेवा सुरु गरेको हो । स्थापना भएको भण्डै १२ वर्ष पछाडि हस्पिटल आफ्नै भवनमा सरेको छ । हस्पिटलको शुक्रबार विराटनगर महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरेका छन् । उनले दन्तपरिक्षण देखि परामर्श सेवा […]