२८ माघ २०८२, मंगलबार
10-02-2026 , Tue
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

विराटनगरको सन्जीवनी हस्पिटल टाट पल्टियो, संचालक सम्पर्क बाहिर

Logo

निरज बस्नेत
विराटनगर, पुष २०
विराटनगरको हस्पिटल चोकमा रहेको सन्जीवनी हस्पिटल आन्तरिक विवादका कारण टाट पल्टेको छ ।

पुरानो एम्स हस्पिटलको नामले चलेको यो हस्पिटल पछिल्लो समयमा आएर दिनप्रतिदिन नोक्सानीमा जान थालिसकेको थियो । नयाँ शेयर सदस्यहरुबीचको आर्थिक विवाद उत्कर्षमा पुगेपछि सवैकुरो छताछुल्ल हुनपुग्यो । परिणामतः आज यो हस्पिटल रोडमा आइपुग्यो ।

यसबीचमा मार्केटमा तिर्न बाँकी रहेको ४० करोड बढी रकम नतिरी यो हस्पिटल बन्द हुनपुगेको छ । ५० शैय्याको यस हस्पिटलका कार्यरत रहेका डाक्टरको समेत पारिश्रमिक वापतको २ करोडभन्दा बढी रकम वक्यौदा छ । अहिले उनीहरुले श्रम तथा रोजगार कार्यालय विराटनगर र स्थानीय प्रशासनमा काम गरेकाे पारिश्रमिक पाउँनुपर्ने भन्दै निवेदन दिएका छन् ।

४ जना चिकित्सकसहित १२ जनाको यस हस्पिटलमा लगानी रहेको देखिन्छ । पछिल्लो समय दिवाकर यादवलाई कार्यकारी प्रमुख बनाएर भित्र्याएकाे ४ महिना वित्न नपाउँदै हस्पिटल बन्द भएको छ । यादवको समेत यसमा रु १ करोड लगानी रहेको छ ।

अन्य लगानीकर्तामा, राजकुमार मण्डल, विनायककान्त पन्त, डा. प्रेरणा दाहाल, डा. अन्जु देव, डा. पवन पराजुली, डा. वरुण देव, ओमप्रकाश प्रसाई, राजेश प्रसाई, सुरेन्द्र राय, रमेश साह चन्द्रमणि गुराँगाई लगायतको रहेको छ ।

यसैबीचमा संचालकहरु सम्पर्कमा आउन चाहेका छैनन् । प्रायः मिडीयासँग दूरी बढाउननै चाहन्छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२0८२ पाैष ७ अन्तर्वार्ता दिने: राष्ट्रिय परिवर्तन पार्टी नेता माधव सुन्दर खड्का ( जनादेश पार्टीमा गाभिने क्रममा) प्रश्न १: आगामी फागुन २१ को निर्वाचनलाई तपाईं किन नयाँ शक्तिहरूको लागि सुवर्ण मौकाको रूपमा हेर्नुहुन्छ? उत्तर: हेर्नुस्, अहिले नयाँ शक्तिहरूको लागि एउटा एकदमै राम्रो मौका देखिएको छ। मुख्यतया दुई कारणले गर्दा – पहिलो, नेकपा एमालेको महाधिवेशनबाट केपी […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]

विराटनगर,२६ साउन । विराटनगरमा रहेको आशिर्वाद डेन्टल हस्पिटलले आफ्नै सुविधासम्पन्न भवनवाट सेवा सुरु गरेको छ । आधुनिक प्रविधिका साथ विराटनगर १२ पान्चाली बाट सेवा सुरु गरेको हो । स्थापना भएको भण्डै १२ वर्ष पछाडि हस्पिटल आफ्नै भवनमा सरेको छ । हस्पिटलको शुक्रबार विराटनगर महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरेका छन् । उनले दन्तपरिक्षण देखि परामर्श सेवा […]