२७ माघ २०८२, सोमबार
09-02-2026 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

लाइफगार्ड हस्पिटलमा एक विरामी मृत्यु पश्चात् भएको बवाल सहमतीमै टुगिंयो

Logo

निरज बस्नेत
विराटनगर, माघ २०
पार्खिवास नगरपालिका तल्लो सान्नेका ७८ बर्षिय विष्णु बहादुर कुँवरको उपचारकै क्रममै यहाँस्थित लाइफ गार्ड अस्पतालमा मृत्यु शुक्रवार भएको छ । तत्पश्चात् अस्पतालमा केहीवेर बबाल मच्चिएको थियो ।

उक्त अस्पतालमा विहीवार साँझ भर्ना भएका कुँवरको शुक्रवार मृत्यु भएको खवरले मृतकका आफन्तले डाक्टरले लापर्वाही गरेकै कारण अप्रिय घटना घटेको भन्दै अस्पताल परिसरमा केहीबेर नाराबाजी गरेका थिँए । नाराबाजीकै क्रममै गल्ती गरी मान्छे मार्ने डाक्टरलाइ कार्वाही गर्नुपर्ने भन्दै चर्को नाराबाजी लागेको पनि हो ।

सामान्य पेट दुखेर ल्याएको विरामीलाई अस्पतालले जानाजान मारेको मृतकका आफन्तले आरोप लगाएका थिँए । मृतक कुँवरलाई अस्पतालका डाक्टर अरविन्द देव लगायतको टिमले हेरेको थियो ।

अस्पतालका मेडिकल अफिसर प्रमोद मेहेताका अनुसार मृतक कुँवरको स्वासप्रस्वास , लिभर साथै मुटुको समेत समस्या भएका कारण हामीले जति कोशिश गरेपनि बचाउँन सकेनौं । यता हामीले मृतकका आफन्तलाई मज्जाले बुझ्नेगरी बुझाएपछि उहाँहरुले चित्त बुझाई मृतक कुँवरको शव लिई फर्किएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२0८२ पाैष ७ अन्तर्वार्ता दिने: राष्ट्रिय परिवर्तन पार्टी नेता माधव सुन्दर खड्का ( जनादेश पार्टीमा गाभिने क्रममा) प्रश्न १: आगामी फागुन २१ को निर्वाचनलाई तपाईं किन नयाँ शक्तिहरूको लागि सुवर्ण मौकाको रूपमा हेर्नुहुन्छ? उत्तर: हेर्नुस्, अहिले नयाँ शक्तिहरूको लागि एउटा एकदमै राम्रो मौका देखिएको छ। मुख्यतया दुई कारणले गर्दा – पहिलो, नेकपा एमालेको महाधिवेशनबाट केपी […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]

विराटनगर,२६ साउन । विराटनगरमा रहेको आशिर्वाद डेन्टल हस्पिटलले आफ्नै सुविधासम्पन्न भवनवाट सेवा सुरु गरेको छ । आधुनिक प्रविधिका साथ विराटनगर १२ पान्चाली बाट सेवा सुरु गरेको हो । स्थापना भएको भण्डै १२ वर्ष पछाडि हस्पिटल आफ्नै भवनमा सरेको छ । हस्पिटलको शुक्रबार विराटनगर महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरेका छन् । उनले दन्तपरिक्षण देखि परामर्श सेवा […]