११ कार्तिक २०८३, मंगलबार
27-10-2026 , Tue
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

शितल प्रसाद यादवको सिटी अस्पतालमा बबाल

Logo

निरज बस्नेत
विराटनगर, फागुन १५
विराटनगरमा रहेको सिटी अस्पतालमा एक विरामी महिलाको मृत्यु भएपछि अस्पताल परिसर तनावग्रस्त भएको छ । शल्यक्रियाको क्रममा मोरङ जहँदाकी ३९ बर्षिया एक महिलाको मृत्यु भएपछि बबाल भएको छ ।

विराटनगरकै पूराना डाक्टर शितल प्रसाद यादवको लगानी रहेको अस्पताल हो यो, यही अस्पताल सोमवार रणभूमि झैं भयो । मुतकका आफन्तले शल्यक्रिया गर्दा यहाँका डाक्टरले लापर्वाही जानाजान गरेको गम्भिर आरोप लगाएका छन् ।

विगतमा पनि उक्त अस्पताल यस्तै यस्तै कारणले बदनाम बन्दै आइरहेको थियो । आज पुनः यस्तै मान्छेको ज्यान जाने घटना रिपिट भएको छ । बारम्वार अस्पतालले यस्ता घटना दाहोर्याउँने हो भने जनताले विश्वास कसरी कसलाई गर्ने ? मृत्यु भएकी विरामीको मृगौलामा पथरी रहेकाले सो को उपचारका खातिर सिटी अस्पताल ल्याइएको थियो ।

शल्यक्रिया संचालक डा. शितलकै छोरा सुनिल यादवले गरेका थिँए । घटनामा गल्ती अस्पतालको देखिएको भए पूरै असपताल नै सिल गरिनुपर्ने पीडितको माग छ । यता अप्रेशन गर्ने डाक्टर सुनिललाई यस विषयमा सम्पर्क गरी सोध्न खोज्दा उनी सम्पर्कमा आउँन चाहेनन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

२0८२ पाैष ७ अन्तर्वार्ता दिने: राष्ट्रिय परिवर्तन पार्टी नेता माधव सुन्दर खड्का ( जनादेश पार्टीमा गाभिने क्रममा) प्रश्न १: आगामी फागुन २१ को निर्वाचनलाई तपाईं किन नयाँ शक्तिहरूको लागि सुवर्ण मौकाको रूपमा हेर्नुहुन्छ? उत्तर: हेर्नुस्, अहिले नयाँ शक्तिहरूको लागि एउटा एकदमै राम्रो मौका देखिएको छ। मुख्यतया दुई कारणले गर्दा – पहिलो, नेकपा एमालेको महाधिवेशनबाट केपी […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]