२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

कश्मीर मामिलामा पाकिस्तानले माग्यो नेपालको सहयोग

नेपाल-पाकिस्तान विदेशमन्त्री बिच वानु टु वान फोनवार्ता
Logo

काठमाडौं, भाद्र ७

पाकिस्तानले कश्मीर मामिलामा नेपालसँग सहयोग मागेको छ।

भारतीय विदेशमन्त्री सुब्रमन्यम जयशंकर काठमाडौंमा अयोजित दुईदिने नेपाल भारत संयुक्त आयोगको बैठक सकेर बिहिबार भारत फर्किए लगतै पकिस्तानबाट नेपालको परराष्ट्रमा फोन आएको थियो ।
फोनमा पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीले नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग वान टु वान वार्ता गरेका थिए । फोनवार्तामा कुरैशीले कश्मीरको पछिल्लो अवस्थाको जानकारी गराउँदै नेपालले आफ्नो भुमिका विचार गरोस् भनेका थिए ।
पाकिस्तानले भुमिका विचार गरोस् भन्दै घुमौरो भाषामा कश्मिर मामलामा पाकिस्ताननै सहि भएको बताउदै नेपाललाई पनि पाकिस्तानकै पक्षमा रहेन भनेको थियो ।
जवाफमा नेपालका परराष्ट्रमन्त्री ज्ञवालीले भारत पाकिस्तानबिच भईरहेको युद्धलाई तत्काल अन्त्य गरी वार्ताको मध्यमबाट समस्याको समाधान निकालिनु पर्ने सुझाएका थिए ।
कश्मीरमा विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताउदै नेपाल सधैभरि क्षेत्रीय शान्ति तथा स्थिरताको पक्षमा रहेको ज्ञवालीले कुरैशीलाई जाफव दिएका थिए ।
यसअघि भारतियले पनि कश्मिरबारे नेपाललाई आफ्नो धारणा बताएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, २०८३ साउन २२ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की बिहीबार दिउँसो विराटनगर पुगेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग काठमाडौंमा भेटवार्ता गरेर उनी विराटनगर फर्किएका हुन्। काेशी प्रदेशकाे सरकार नेतृत्व छाेड्न  पार्टीबाट दवाव आइरहेकाे बेला ओलीलाई भट्न पुगेका मुख्यमन्त्री कार्कीले यस भेटलाई पार्टीभित्रैको आन्तरिक छलफलकाे मात्र संज्ञा दिएका छन् । विराटनगर विमानस्थलमा […]

काठमाडाैं, असार ४ । अमेरिका–इरान अन्तरिम शान्ति सम्झौतापछि एसियाली सेयर बजारहरू बिहीबार स्थिर रहे। जापानको निक्केई सूचकले पहिलो पटक ७१,००० विन्दु पार गर्दै ऐतिहासिक रेकर्ड बनायो, जसमा सेमिकन्डक्टर र कृत्रिम बौद्धिकता (एआई) सँग सम्बन्धित सेयरहरूको योगदान उल्लेखनीय रह्यो। दक्षिण कोरियाली बजारमा पनि ०.९ प्रतिशत सुधार आयो। तेलको मूल्यमा उल्लेखनीय गिरावट आयो — अमेरिकी कच्चा तेल […]

विराटनगर, जेठ २२  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको आगामी जिल्ला अधिवेशनमा भरत शर्मा कडेलले जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। संगठन निर्माण, कार्यकर्ताको सम्मान र नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै उनले आफ्नो दाबी प्रस्तुत गरेका छन्। २०८२ सालको निर्वाचनी अभियानमा मोरङका गाउँगाउँ र टोलटोलमा पुगेर पार्टीको जग बलियो बनाउन र उम्मेदवारहरूलाई […]