२७ माघ २०८२, सोमबार
09-02-2026 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

नेपाल औषधि व्यवसायी संघ मोरङको अध्यक्षमा तिम्सिना

कार्यसमितिमा तिम्सिनाकै बर्चस्व
Logo

विराटनगर, मंसिर २२
नेपाल औषधि व्यवसायी संघ मोरङको अध्यक्षमा लक्ष्मीप्रसाद तिम्सिना निर्वाचत भएका छन् । शुक्रवार विराटनगरमा भएको प्रथम जिल्ला अधिवेशनले तिम्सिनाको अध्यक्षतामा ९ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो ।
अर्का प्रतिष्पर्धी हरिमोहन श्रेष्ठलाई २८ मतान्तरले पराजीत गर्दै तिम्सिना अध्यक्षमा निर्वाचित भएका हुन् । मतदानमा तिम्सिनाले १ सय ८६ मत प्राप्त गरेका छन् भने श्रेष्ठले १ सय ५८ मत प्राप्त गरेका छन् । त्यस्तै अध्यक्षका अर्का प्रत्यासी यतिश श्रीवास्तवले ८६ मत प्राप्त गरेका छन् । कार्यसमितिमा निर्वािचत हुने ९ मध्ये ७ जना तिम्सिना समूहका छन् ।

तिम्सिना समूहबाट उपाध्यक्ष (देशबन्धु ढकाल), महासचिव (दिनेश ठाकुर), सचिव (हरिराज रेग्मी), सह–कोषाध्यक्ष (पुष्पराज पोखरेल) र दुई वटा सदस्य पदमा (अनिलकुमार चौधरी र प्रकाश धिमाल) विजयी भएका छन् । श्रेष्ठ समूहबाट कोषाध्यक्ष (विजयकुमार राजवंशी) र एक जना सदस्य (सरिता चौधरी) विजयी भएका छन् ।
तिम्सिनाका समूहबाट कोषाध्क्ष पदका उम्मेदवार सुदिप निरौला र सदस्य पदका उम्मेदवार जय प्रकाश राय पराजित भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२0८२ पाैष ७ अन्तर्वार्ता दिने: राष्ट्रिय परिवर्तन पार्टी नेता माधव सुन्दर खड्का ( जनादेश पार्टीमा गाभिने क्रममा) प्रश्न १: आगामी फागुन २१ को निर्वाचनलाई तपाईं किन नयाँ शक्तिहरूको लागि सुवर्ण मौकाको रूपमा हेर्नुहुन्छ? उत्तर: हेर्नुस्, अहिले नयाँ शक्तिहरूको लागि एउटा एकदमै राम्रो मौका देखिएको छ। मुख्यतया दुई कारणले गर्दा – पहिलो, नेकपा एमालेको महाधिवेशनबाट केपी […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]

विराटनगर,२६ साउन । विराटनगरमा रहेको आशिर्वाद डेन्टल हस्पिटलले आफ्नै सुविधासम्पन्न भवनवाट सेवा सुरु गरेको छ । आधुनिक प्रविधिका साथ विराटनगर १२ पान्चाली बाट सेवा सुरु गरेको हो । स्थापना भएको भण्डै १२ वर्ष पछाडि हस्पिटल आफ्नै भवनमा सरेको छ । हस्पिटलको शुक्रबार विराटनगर महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरेका छन् । उनले दन्तपरिक्षण देखि परामर्श सेवा […]