२७ माघ २०८२, सोमबार
09-02-2026 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

स्वास्थ्यकर्मीले युवतीको पेन्ट फुत्त तानिदिएपछि, हस्पीटलमा भयो बबाल

Logo

विराटनगर, पुष २७
विराटनगरस्थित कोशी अस्पतालमा उपचार गराउन गएकी एक युवतीलाई स्वास्थयकर्मीले दुर्व्यवहार गरेको आरोप लागेको छ ।
कम्मर दुख्ने समस्याको उपचार गराउन आएकी किशोरीलाई एक्सरे गरिने कोठा भित्र स्वास्थ्यकर्मीले शुक्रबार दिउँसो दुर्व्यवहार गरेको युवतीको भनाई छ । कम्मर दुख्ने समस्याका कारण २४ वर्षीय ती युवती अस्पताल आएकी थिइन् । अस्पतालका चिकित्सकले तल्लो स्पाईनको एक्सरे गर्न सुझाव दिएका थिए । चिकित्सकको सुझाव अनुसार महिला अस्पताल परिसरमै रहेको एक्सरे कक्ष पुगेकी थिईन । एक्सरे गर्ने क्रममा त्यहाँ खटिएका स्वास्थ्यकर्मी युवाले दुर्व्यवहार गरेको पीडित युवतीले बताएकी छिन ।
एक्सरे गर्ने क्रममा डियुटीमा खटिएका स्वास्थयकर्मीहरुले आफुलाई पैन्ट खोल्न लगाएर दुर्व्यवहार गरेको युवतीको आरोप छ । ‘एक्सरे गर्ने क्रममा डियुटीमा रहेका बीरेन्द्र यादवले आफुलाई पैन्ट खोल्न भनेपछि आफुले ग्राउन मागेको थिए,’ ती युवतीले भनिन्, ‘रेडियोलोजी विभागमा खटिएका यादवले एक्सरे कोठामा ग्राउन नभएको भन्दै आएर पैन्ट फुत्त तानिदिए ।’ यादवले पैन्ट सार्ने निहुँमा आफुसंग दुर्व्यवहार गरेको पीडित युवतीले भनाई छ ।
अस्पतालमा रहेका प्रहरीको टोलीले यादवसहित तीन जनालाई छलफलका लागि अस्पताल प्रशासन र कोशी अस्पतलाका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर संगीता मिश्रा समक्ष लगेको थियो । त्यहाँ भएको छलफलको क्रममा यादवले पीडित युतवीसँग माफी र कोशीमा इन्टर्नसिप गर्न नपाउने गरि घटनाको मेलमिलाप भएको हो ।
उपचार गर्न आएको युवतीलाई दुर्व्यवहार गरेको आरोप लागेका यादव विराट मेडिकल कलेजको इन्र्टनसिप गर्न आएका विद्यार्थी हुन् । यता वीरेन्द्रले एक्सरे गर्ने क्रममा रेडियोलिजो विभागमा एप्रोन नभएकोले विरामीलाई कपडा खोलेर एक्सरे गरिने क्रममा सामान्य रुपमा कपडामा छोएको बताए । एक्सरे गर्ने क्रममा छुनु सामान्य रहेको उनको भनाई छ ।
सभार : रातोकलम डट कम

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२0८२ पाैष ७ अन्तर्वार्ता दिने: राष्ट्रिय परिवर्तन पार्टी नेता माधव सुन्दर खड्का ( जनादेश पार्टीमा गाभिने क्रममा) प्रश्न १: आगामी फागुन २१ को निर्वाचनलाई तपाईं किन नयाँ शक्तिहरूको लागि सुवर्ण मौकाको रूपमा हेर्नुहुन्छ? उत्तर: हेर्नुस्, अहिले नयाँ शक्तिहरूको लागि एउटा एकदमै राम्रो मौका देखिएको छ। मुख्यतया दुई कारणले गर्दा – पहिलो, नेकपा एमालेको महाधिवेशनबाट केपी […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]

विराटनगर,२६ साउन । विराटनगरमा रहेको आशिर्वाद डेन्टल हस्पिटलले आफ्नै सुविधासम्पन्न भवनवाट सेवा सुरु गरेको छ । आधुनिक प्रविधिका साथ विराटनगर १२ पान्चाली बाट सेवा सुरु गरेको हो । स्थापना भएको भण्डै १२ वर्ष पछाडि हस्पिटल आफ्नै भवनमा सरेको छ । हस्पिटलको शुक्रबार विराटनगर महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरेका छन् । उनले दन्तपरिक्षण देखि परामर्श सेवा […]