१२ आषाढ २०८२, बिहिबार
26-06-2025 , Thu
Gold Silver Price (12 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192800
Silver 1 Tola Nrs. 2190

प्रोटेक्टीभ इक्युपमेन्ट माग्ने स्वास्थ्यकर्मीलाई कारवाही गर्ने अस्पतालको धम्की

Logo
प्रकाशित शुक्रबार, चैत्र १४, २०७६

विराटनगर, चैत्र १४
कोरोनाको संक्रमणबाट बच्न स्वास्थयकर्मीलाई चाँहिने पर्सनल प्रोटेक्टीभ इक्युपमेन्ट (पीपीइ) कोशी अञ्चल अस्पताल विराटनगरमा अभाव भएको मिडियालाई जानकारी दिने स्वास्थयकर्मीलाई अस्पताल प्रशासनले स्पष्टिकरण सोधेको छ ।

बुधबार केही चिकित्क र स्वास्थ्यकर्मीले ती सामान उपलब्ध नभए उपचार गर्न नसक्ने चेतावनी दिएका थिए । उनीहरुले केही समय उपचारमा नखटिने भन्दै कामसमेत बहिष्कार गरेपछि उक्त कुरा मिडिया सार्वजनिक हुन पुगेको थियो । घटना बाहिर आएपछि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र अस्पताल प्रशासनले आवश्यक सामान उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो ।
उक्त घटनालाई लिएर अहिले, अस्पतालमा भएको कमीकमजोरी किन मिडियामा बताएको भन्दै अस्पताल प्रशासनले आवाज उठाउने स्वास्थयकर्मीहरुलाई स्पष्टिकरण साधेको छ । चित्त बुझ्दो जफाव नदिए कारवाही गरिने अस्पताल प्रशासनले स्वास्थयकर्मीलाई धम्की समेत दिएको छ । अस्पतालका मेट्रोन मञ्जु यादवले स्पष्किटरणको पत्र लेख्दै चित्तबुझ्दो जवाफ नपठाएर प्रचलित ऐन अनुसार कारबाहि गर्ने चेतावनि दिएकि छिन् । उक्त पत्र अस्पतालको मेसु संगीता मिश्रको निर्देशनमा लेखिएको बुझिएको छ ।
स्मरण होस्, कोराना बारे पहिलो चोटी सुचना दिने डाक्टर लि विनलिइयाङलाई चाइनिज सरकारले पनि यसै गरि सत्य नबोल्न दबाब दिएको थियो । अफवा फैलाएको भन्दै पक्राउ गरी हिसासतमा राखेको थियो र पुन यो रोग बारे कसैलाई नबताउने शर्तमा उनलाई छोडिएको थियो । चाइनिज सरकारले यो सत्यलाई दवाउन नखोजेको भए सायद रोग रोगले यति ठुलो रुप लिने थिएन ।
सत्यलाई दबाउन खोज्दाको परिणाम कति खतरनाक हुन्छ भन्ने कुरा कोराना महामारीले पुष्टि गरेको छ । यो कुरा नेपाल सरकार, प्रदेश सरकारले बुझोस् र सत्यतालाई दबाउने खोज्ने अस्पतालको अधिकारीहरुलाई कारवाही गरियोस् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, जेठ २० । मोरङको कटहरी गाउँपालिका–२ हल्दीबारीमा २ अर्ब लागतमा निर्मित २०० बेड क्षमताको जीवन विकास सामुदायिक अस्पताल तयार भएको छ। जीवन विकास समाजको नेतृत्वमा निर्माण भएको यो अस्पतालको औपचारिक उद्घाटन आगामी जेठ २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्। सामाजिक व्यवसायको मोडलमा सञ्चालन हुने यो अस्पतालले मुनाफा वितरण नगर्ने नीति अपनाएको छ। एकैपटक […]

काठमाडौं,११ चैत। नेपालमा ६८ हजार नयाँ क्षयरोगी छन् । यो तथ्यांक विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रतिवेदनमा छ । राष्ट्रिय क्षयरोग निवारण केन्द्रले पनि सो तथ्यांकलाई आधार मानेर देखाउँछ । तथ्यांक अनुसार ४० हजार ७७६ जना क्षयरोग लागेका ब्यक्ति मात्र उपचारका लागि अस्पतालसम्म आएका छन् । सो तथ्यांक हेर्दा २७ हजार २२४ जना (४० प्रतिशत) ब्यक्ति अझै […]

बिराटनगर, फागुन १२ ।  पूर्वी नेपालको प्रमुख स्वास्थ्य संस्था गोल्डेन अस्पतालले आइतबार आफ्नाे १४ औं वार्षिकोत्सव मनाएकाे छ । अस्पताल हाताभित्र आयाेजित वार्षिकोत्सव कार्यक्रममा अस्पतालले आफ्नाे १४ वर्षे यात्राको उपलब्धि समेत सार्वजनिक गरेको छ ।  स्थापनाकालमा बिराटनगर-७ को भाडाको भवनबाट सुरु भएको अस्पताल आज बिराटनगर-११ जनपथमा १०० शैय्याको आफ्नै अत्याधुनिक भवनमा सञ्चालित रहेकाे छ। वार्षिकोत्सव […]