०१ कार्तिक २०८३, शनिबार
17-10-2026 , Sat
Gold Silver Price (ashoj 28, 2083, WED)
Fine Gold 1 Tola NRs. 290000
Silver 1 Tola Nrs. 4270

प्रोटेक्टीभ इक्युपमेन्ट माग्ने स्वास्थ्यकर्मीलाई कारवाही गर्ने अस्पतालको धम्की

Logo

विराटनगर, चैत्र १४
कोरोनाको संक्रमणबाट बच्न स्वास्थयकर्मीलाई चाँहिने पर्सनल प्रोटेक्टीभ इक्युपमेन्ट (पीपीइ) कोशी अञ्चल अस्पताल विराटनगरमा अभाव भएको मिडियालाई जानकारी दिने स्वास्थयकर्मीलाई अस्पताल प्रशासनले स्पष्टिकरण सोधेको छ ।

बुधबार केही चिकित्क र स्वास्थ्यकर्मीले ती सामान उपलब्ध नभए उपचार गर्न नसक्ने चेतावनी दिएका थिए । उनीहरुले केही समय उपचारमा नखटिने भन्दै कामसमेत बहिष्कार गरेपछि उक्त कुरा मिडिया सार्वजनिक हुन पुगेको थियो । घटना बाहिर आएपछि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र अस्पताल प्रशासनले आवश्यक सामान उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो ।
उक्त घटनालाई लिएर अहिले, अस्पतालमा भएको कमीकमजोरी किन मिडियामा बताएको भन्दै अस्पताल प्रशासनले आवाज उठाउने स्वास्थयकर्मीहरुलाई स्पष्टिकरण साधेको छ । चित्त बुझ्दो जफाव नदिए कारवाही गरिने अस्पताल प्रशासनले स्वास्थयकर्मीलाई धम्की समेत दिएको छ । अस्पतालका मेट्रोन मञ्जु यादवले स्पष्किटरणको पत्र लेख्दै चित्तबुझ्दो जवाफ नपठाएर प्रचलित ऐन अनुसार कारबाहि गर्ने चेतावनि दिएकि छिन् । उक्त पत्र अस्पतालको मेसु संगीता मिश्रको निर्देशनमा लेखिएको बुझिएको छ ।
स्मरण होस्, कोराना बारे पहिलो चोटी सुचना दिने डाक्टर लि विनलिइयाङलाई चाइनिज सरकारले पनि यसै गरि सत्य नबोल्न दबाब दिएको थियो । अफवा फैलाएको भन्दै पक्राउ गरी हिसासतमा राखेको थियो र पुन यो रोग बारे कसैलाई नबताउने शर्तमा उनलाई छोडिएको थियो । चाइनिज सरकारले यो सत्यलाई दवाउन नखोजेको भए सायद रोग रोगले यति ठुलो रुप लिने थिएन ।
सत्यलाई दबाउन खोज्दाको परिणाम कति खतरनाक हुन्छ भन्ने कुरा कोराना महामारीले पुष्टि गरेको छ । यो कुरा नेपाल सरकार, प्रदेश सरकारले बुझोस् र सत्यतालाई दबाउने खोज्ने अस्पतालको अधिकारीहरुलाई कारवाही गरियोस् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

२0८२ पाैष ७ अन्तर्वार्ता दिने: राष्ट्रिय परिवर्तन पार्टी नेता माधव सुन्दर खड्का ( जनादेश पार्टीमा गाभिने क्रममा) प्रश्न १: आगामी फागुन २१ को निर्वाचनलाई तपाईं किन नयाँ शक्तिहरूको लागि सुवर्ण मौकाको रूपमा हेर्नुहुन्छ? उत्तर: हेर्नुस्, अहिले नयाँ शक्तिहरूको लागि एउटा एकदमै राम्रो मौका देखिएको छ। मुख्यतया दुई कारणले गर्दा – पहिलो, नेकपा एमालेको महाधिवेशनबाट केपी […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]