२८ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

नेपालमा साबुन चाउचाउ तथा बिस्कुटका उत्पादकले समेत पाए सेनिटाईजर बनाउने अनुमति । गुणस्तर कस्तो ?

Logo
प्रकाशित बुधबार, बैशाख ०३, २०७७

विराटनगर, वैशाख ३
पछिल्लो समय नेपालमा सेनिटाईजर उद्योग च्याउ उम्रिए झै उम्रिएका छन् । गत वर्षको फागुन महिनासम्म नेपालमा एउटापनि स्वदेशी सेनिटाइजर उद्योग दर्ता थिएन । २०७६ चैत ९ गते नेपाल सरकारले सेनिटाइजर उत्पादन गर्ने ईच्छुकलाई अनुमति दिएपछि, नेपालका २० वटाभन्दा बढी उद्योगहरुले सेनिटाईजर बनाउने अनुमति लिएका थिए । त्यस्तो अनुमतिमा पाउनेमा साबुन, बिस्कुट र चाउचाउ बनाउने उद्योगीहरु समेत रहेका छन् ।
भारतले सेनिटाइजर एक्सर्पोट गर्न प्रतिबन्ध लगाएपछि नेपालमा सेनिटाइजरको अभाव भएको थियो । नेपालमा सेनिटाईजरको आपुर्तिलाई पुर्याउन बिना सुझबुझ सरकारले साबुन, बिस्कुट तथा चाउचाउ उत्पादकलाई समेतलाई सेजिटाईजर उत्पादन गर्ने अनुमति दिएपछि, अहिले उनीहरुले उत्पादन गर्ने सेनिटाईजरको गुणस्थरको विषयमा प्रश्न उठ्न थालेको छ ।
विषेशगरी सेनिटाईजर उत्पादन गर्ने अनुमति औषधि वा मदिरा उद्योगलाई मात्र दिदा राम्रो हुने जानकारीहरु बताउँदछन् । “कुन क्यामिकल कति मात्रमा हल्नुपर्छ र कुन क्यामकिल मनवको लागी कति हानीकरक हुन्छ भन्ने बारेमा औषधी वा मदिरा उत्पादकलाई राम्रो ज्ञान हुदछ, उनीहरुसँग यो विषयमा अनुभव पनि राम्रै हुन्छ” एक जानकारले हास्दै भने “तर चाँउचाँउ बिस्कुट र साबुन उत्पादकलाई पनि सेनिटाईजर बनाउन अनुमति दिनु हासयास्पद कुरो हो । मेडिसिन समाग्री बनाउन अनुभव नभएका यस्ता उद्योगलाई सेनिटाईजर बनाउन दिनु भनेको सिधासिधी आम नागरिकको जनस्वास्थसँग खेलवाड गर्नु हो”
भारतमा समेत मदीरा र औषधि उत्पादकलाई मात्र सेनिटाईजर उत्पादन गर्ने अनुमति दिइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]

विराटनगर,२६ साउन । विराटनगरमा रहेको आशिर्वाद डेन्टल हस्पिटलले आफ्नै सुविधासम्पन्न भवनवाट सेवा सुरु गरेको छ । आधुनिक प्रविधिका साथ विराटनगर १२ पान्चाली बाट सेवा सुरु गरेको हो । स्थापना भएको भण्डै १२ वर्ष पछाडि हस्पिटल आफ्नै भवनमा सरेको छ । हस्पिटलको शुक्रबार विराटनगर महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरेका छन् । उनले दन्तपरिक्षण देखि परामर्श सेवा […]

विराटनगर, २७ असार – गोल्डेन हस्पिटल विराटनगरले नेपाल सरकारको आमजनतालाई ‘सर्वसुलभ स्वास्थ्य सेवा’ उपलब्ध गराउने नीतिलाई सहयोग पुर्याउने गरी स्वास्थ्य उपचारमा व्यापक छुटको व्यवस्था गर्ने भएको छ। निजी क्षेत्रद्वारा सञ्चालित सो अस्पतालले बिहिबार यहाँ पत्रकार सम्मेलनमार्फत सस्तो र गुणस्तरीय सेवा प्रदान गरी सरकारी नीति तथा कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। मुख्य छुट व्यवस्थाहरू […]