०१ आश्विन २०८३, बिहिबार
17-09-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

नेपालमा साबुन चाउचाउ तथा बिस्कुटका उत्पादकले समेत पाए सेनिटाईजर बनाउने अनुमति । गुणस्तर कस्तो ?

Logo

विराटनगर, वैशाख ३
पछिल्लो समय नेपालमा सेनिटाईजर उद्योग च्याउ उम्रिए झै उम्रिएका छन् । गत वर्षको फागुन महिनासम्म नेपालमा एउटापनि स्वदेशी सेनिटाइजर उद्योग दर्ता थिएन । २०७६ चैत ९ गते नेपाल सरकारले सेनिटाइजर उत्पादन गर्ने ईच्छुकलाई अनुमति दिएपछि, नेपालका २० वटाभन्दा बढी उद्योगहरुले सेनिटाईजर बनाउने अनुमति लिएका थिए । त्यस्तो अनुमतिमा पाउनेमा साबुन, बिस्कुट र चाउचाउ बनाउने उद्योगीहरु समेत रहेका छन् ।
भारतले सेनिटाइजर एक्सर्पोट गर्न प्रतिबन्ध लगाएपछि नेपालमा सेनिटाइजरको अभाव भएको थियो । नेपालमा सेनिटाईजरको आपुर्तिलाई पुर्याउन बिना सुझबुझ सरकारले साबुन, बिस्कुट तथा चाउचाउ उत्पादकलाई समेतलाई सेजिटाईजर उत्पादन गर्ने अनुमति दिएपछि, अहिले उनीहरुले उत्पादन गर्ने सेनिटाईजरको गुणस्थरको विषयमा प्रश्न उठ्न थालेको छ ।
विषेशगरी सेनिटाईजर उत्पादन गर्ने अनुमति औषधि वा मदिरा उद्योगलाई मात्र दिदा राम्रो हुने जानकारीहरु बताउँदछन् । “कुन क्यामिकल कति मात्रमा हल्नुपर्छ र कुन क्यामकिल मनवको लागी कति हानीकरक हुन्छ भन्ने बारेमा औषधी वा मदिरा उत्पादकलाई राम्रो ज्ञान हुदछ, उनीहरुसँग यो विषयमा अनुभव पनि राम्रै हुन्छ” एक जानकारले हास्दै भने “तर चाँउचाँउ बिस्कुट र साबुन उत्पादकलाई पनि सेनिटाईजर बनाउन अनुमति दिनु हासयास्पद कुरो हो । मेडिसिन समाग्री बनाउन अनुभव नभएका यस्ता उद्योगलाई सेनिटाईजर बनाउन दिनु भनेको सिधासिधी आम नागरिकको जनस्वास्थसँग खेलवाड गर्नु हो”
भारतमा समेत मदीरा र औषधि उत्पादकलाई मात्र सेनिटाईजर उत्पादन गर्ने अनुमति दिइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

२0८२ पाैष ७ अन्तर्वार्ता दिने: राष्ट्रिय परिवर्तन पार्टी नेता माधव सुन्दर खड्का ( जनादेश पार्टीमा गाभिने क्रममा) प्रश्न १: आगामी फागुन २१ को निर्वाचनलाई तपाईं किन नयाँ शक्तिहरूको लागि सुवर्ण मौकाको रूपमा हेर्नुहुन्छ? उत्तर: हेर्नुस्, अहिले नयाँ शक्तिहरूको लागि एउटा एकदमै राम्रो मौका देखिएको छ। मुख्यतया दुई कारणले गर्दा – पहिलो, नेकपा एमालेको महाधिवेशनबाट केपी […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]