२१ आश्विन २०८३, बुधबार
07-10-2026 , Wed
Gold Silver Price (ashoj 18, 2083, SUN)
Fine Gold 1 Tola NRs. 292400
Silver 1 Tola Nrs. 4405

कोरोना संक्रमित भन्छन् : “बस्नलाई बोर छ, अस्पताल व्यवस्थापन झुर छ”

Logo

काठमाडौं, जेठ १०
विराटनगरको कोशी अस्पतालमा रहेको कोभिड १९ उपचार केन्द्रमा उपचाररत्त कारोना संक्रमितले अस्पतालमा खानेबस्ने सुविधा दुरुस्त नभएको गुनासो गरेका छन् । कोशीमा उपचारत्त उदेयपुरका एक कारोना संक्रमितले उक्त गुनासो गरेका हुन् । गुनासो गर्ने व्यक्ति उदयपुरका पत्रकार समेत हुन् ।
कोरोना रोकथामको लागी प्रदेश सरकारले ठुलो बजेट खर्च गरेतापनि कोराना संक्रमितहरुले भने त्यसअनुसारको अस्पतालमा सुविधा नपाई रहेको संक्रिमित ति पत्रकारको गुनासो छ । कोरोना रोकथामको लागी प्रदेश सरकारले छुट्याएको पैशा बिचौलिया तथा दलालाहरुले झ्वाम पारेको समेत उनले आरोप लगाएका छन् ।
कारोना संक्रमित ति पत्रकारले अस्पतालमा खानेबस्ने व्यवस्था र अस्पताल व्यवस्थापन समेत दरुस्त नभएको सिकायत गरेका छन् । कारोना संक्रमित ति व्यक्ति पत्रकार भएकाले नै गर्दा अस्पतालमा भईरहेको कमीकम्जोरी बाहिर आउन सकेको बुझिएको छ ।

नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेलले समाजिक संजालमा सेयर गरेको एक पोष्टको आधारमा बनाईएको समाचार ।


हाल कोशी अस्पतालका प्रमुख जिम्मेवार व्यक्ति मेडिकल सुपरिटेन्डेन्ट संगीता मिश्र हुन् । अस्पतालमा हुने गरेका यस्तै कमीकम्जोरी र लापरवाहीका कारण मानिसहरु अस्पतालमा भर्ना हुनेभन्दा रोग लुकाएर बस्न रुचाइरहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर १६ भाद्र । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको रानी अस्पतालमा सुविधासम्पन्न प्रयोगशाला सञ्चालनमा आएको छ । महानगरपालिकाले महानगरवासीलाई सहुलियत शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि प्रयोगशाला सेवा सुरु गरेको हो । प्रयोगशालाको सोमबार एक कार्यक्रमबीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । प्रयोगशाला सञ्चालनसँगै रानी अस्पतालबाट विभिन्न साधारण तथा विशेष प्रकारका रोगको परीक्षण […]

२0८२ पाैष ७ अन्तर्वार्ता दिने: राष्ट्रिय परिवर्तन पार्टी नेता माधव सुन्दर खड्का ( जनादेश पार्टीमा गाभिने क्रममा) प्रश्न १: आगामी फागुन २१ को निर्वाचनलाई तपाईं किन नयाँ शक्तिहरूको लागि सुवर्ण मौकाको रूपमा हेर्नुहुन्छ? उत्तर: हेर्नुस्, अहिले नयाँ शक्तिहरूको लागि एउटा एकदमै राम्रो मौका देखिएको छ। मुख्यतया दुई कारणले गर्दा – पहिलो, नेकपा एमालेको महाधिवेशनबाट केपी […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]