१२ जेठ २०८३, मंगलबार
26-05-2026 , Tue
Gold Silver Price (Jestha 11, 2083, MON)
Fine Gold 1 Tola NRs. 293300
Silver 1 Tola Nrs. 5165

बढी मात्रामा विषाक्त प्रयोग गर्ने स्यानिटाइजर उद्योगको उत्पादन तथा बिक्रिवितरणमा रोक

Logo

काठमाडौं, मंसिर ६
विभिन्न कम्पनीद्धारा उत्पादित ह्यान्ड स्यानिटाइजरमा मानव स्वास्थ्यमा असर पुर्याउने मेथानोलको मात्रा बढी भेटिएपछि बिक्री तथा वितरणमा प्रतिबन्ध लगाइएको छ । औषधि व्यावस्था विभागले देशको विभिन्न स्यानिटाइजर उद्योगहरुबाट नमुना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको मापदण्ड विपरीत विषाक्त रसायन मेथानोल भेटिएपछि उत्पादन तथा बिक्री वितरणमा रोक लगाएको हो ।
ल्याब रिपोर्टको अनुसार सीता हर्बल सुनसरीले उत्पादन गरेको ५० मिलिलिटरमा ८० प्रतिशत र पाँच सय मिलिलिटरको स्यानिटाइजरमा ८८ प्रतिशत मेथानोल भेटिएको छ । त्यसैगरी मकालु जडीबुटी सुनसरी, सुनिमा आयुर्वेद कम्पनी मोरङ, एमके हर्बल ललितपुर र ग्यालेक्सी डेण्टल एण्ड सर्जिकल मोरङले उत्पादन गरेका स्यानिटाइजरमा समेत मेथानोलको मात्रा बढी भएको पाईएको छ ।
प्रतिबन्ध लगाइएका उद्योगका स्यानिटाइजर प्रयोग नगर्न विभागले सबैमा आग्रह गरेको छ । यी उद्योगहरुका स्यानिटाइजर बजारमा बिक्रीवितरणमा रोक लगाउन र बजारबाट फिर्ता लैजान पनि विभागले निर्देशन दिएको छ । यसअघि पनि विभागले भारत, चिन तथा नेपालका विभिन्न उद्योगले उत्पादन गरेका गुणस्थरहिन स्यानिटाइजरमा प्रतिबन्ध लगाइसकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२0८२ पाैष ७ अन्तर्वार्ता दिने: राष्ट्रिय परिवर्तन पार्टी नेता माधव सुन्दर खड्का ( जनादेश पार्टीमा गाभिने क्रममा) प्रश्न १: आगामी फागुन २१ को निर्वाचनलाई तपाईं किन नयाँ शक्तिहरूको लागि सुवर्ण मौकाको रूपमा हेर्नुहुन्छ? उत्तर: हेर्नुस्, अहिले नयाँ शक्तिहरूको लागि एउटा एकदमै राम्रो मौका देखिएको छ। मुख्यतया दुई कारणले गर्दा – पहिलो, नेकपा एमालेको महाधिवेशनबाट केपी […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]

विराटनगर,२६ साउन । विराटनगरमा रहेको आशिर्वाद डेन्टल हस्पिटलले आफ्नै सुविधासम्पन्न भवनवाट सेवा सुरु गरेको छ । आधुनिक प्रविधिका साथ विराटनगर १२ पान्चाली बाट सेवा सुरु गरेको हो । स्थापना भएको भण्डै १२ वर्ष पछाडि हस्पिटल आफ्नै भवनमा सरेको छ । हस्पिटलको शुक्रबार विराटनगर महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरेका छन् । उनले दन्तपरिक्षण देखि परामर्श सेवा […]