२७ माघ २०८२, सोमबार
09-02-2026 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

औषधी व्यवस्था विभाग विराटनगरका एक कर्मचारी २ लाख नगद सहित रंगेहात प्रकाउ :सिनियर कर्मचारीहरुको समेत संलग्ता भएको आशंका

Logo

विराटनगर ,फागुन १३
औषधी व्यवस्था विभाग कार्यालय विराटनगरका मेडिकल सुपरभाइजर सरोज सुवेदी घुस लिदालिदै रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले उनलाई दुई लाखसहित विराटनगर ३ दुधफारमबाट रंगेहात पक्राउ गरेको हो । त्यहाको एक स्थानिय होटलमा सेवाग्राहीसँग नगद दुई लाख बुझ्दै गर्दा सुवेदी रंगेहात पक्राउ परेका हुन ।
स्रोतका अनुसार सुवेदीलाई आफ्नै कार्यलयको एक सिनियर कर्मचारीले घुस बुझ्न पठाएको बुझिएको छ । उक्त प्रकरणमा कार्यलयका सिनियर कर्मचारीहरुको संलग्नता र सन्जाल रहेको स्रोत बताउँछ ।
सो विषयमा र्कायलय प्रमुख सन्जीब कट्टेलसगँ फोन सम्पर्क गर्न खेज्दा उनीसगँ सम्पर्क हुन सकेन । यस अघि पनि विराटनगरको औषधी विक्रिवितरणमा भईरहेको विकृतिको बारे पत्रकारहरुले सम्पर्क गर्न खोज्दा कट्टेलले “कहिले काठमाडौं छु, कहिले आज व्यवस्थ छु” भन्दै टार्दै मात्र आएका थिए । त्यसर्थ विराटनगरमा भईरहेको यस प्रकारको विकृतिमा कतै हाकिमकै त हात छैन भन्ने जिज्ञासा अहिले जनमानिसमा उब्जिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२0८२ पाैष ७ अन्तर्वार्ता दिने: राष्ट्रिय परिवर्तन पार्टी नेता माधव सुन्दर खड्का ( जनादेश पार्टीमा गाभिने क्रममा) प्रश्न १: आगामी फागुन २१ को निर्वाचनलाई तपाईं किन नयाँ शक्तिहरूको लागि सुवर्ण मौकाको रूपमा हेर्नुहुन्छ? उत्तर: हेर्नुस्, अहिले नयाँ शक्तिहरूको लागि एउटा एकदमै राम्रो मौका देखिएको छ। मुख्यतया दुई कारणले गर्दा – पहिलो, नेकपा एमालेको महाधिवेशनबाट केपी […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]

विराटनगर,२६ साउन । विराटनगरमा रहेको आशिर्वाद डेन्टल हस्पिटलले आफ्नै सुविधासम्पन्न भवनवाट सेवा सुरु गरेको छ । आधुनिक प्रविधिका साथ विराटनगर १२ पान्चाली बाट सेवा सुरु गरेको हो । स्थापना भएको भण्डै १२ वर्ष पछाडि हस्पिटल आफ्नै भवनमा सरेको छ । हस्पिटलको शुक्रबार विराटनगर महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरेका छन् । उनले दन्तपरिक्षण देखि परामर्श सेवा […]