२७ माघ २०८२, सोमबार
09-02-2026 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

चिरायू हस्पिटलमा हेमोडाइलासिस र न्युरोसाइन्स सेवा शुरु

Logo

काठमाडौं, वैशाख ०६
राजधानीको बसुन्धरा स्थित चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युट प्रालिले यस वर्षबाट हेमोडाइलासिस सेवा र न्युरो साइन्स विभाग सेवा शुरु गरेको छ ।

अस्पताल हाताभित्र एक कार्यक्रमको आयोजना गरी हस्पिटलका अध्यक्ष हेम बहादुर गुरुङ, विशेष अतिथि शंकर दास बैरागी, अतिथिहरु प्रा.डा. उत्तम शर्मा , डा.अजय प्रधान , डा. लेखजंग थापा , डा.उपेन्द्र जोशी र डा.अमित भट्टराईले रिबन काटेर सेवाको शुभारम्भ गरेका छन् ।

२०७० साल देखि संचालनमा आएको चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युट प्रालिले अनवरत रूपमा युरोलोजी, अर्थोपेडिक , स्त्री तथा प्रसुती , न्युरो लगायतका सेवाहरू प्रधान गर्दै आएको छ । विरामीहरुलाई सर्वशुलभ महशुलमा चिकित्सय सेवाहरु प्रधान गरीरहेको यस संस्थाले छोटो समयमा लोकप्रयता हासिल गर्न सफल भएको अस्पतालका अध्यक्ष हेम बहादुर गुरुङले बताउनुभयो ।

हस्पिटलले हेमोडाइलासिस सेवाहरूमा मिर्गौला प्रत्यारोपण परामर्श , आइसियु डायलासिस सेवा र इमरजेन्सी सेवा प्रदान गर्ने भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२0८२ पाैष ७ अन्तर्वार्ता दिने: राष्ट्रिय परिवर्तन पार्टी नेता माधव सुन्दर खड्का ( जनादेश पार्टीमा गाभिने क्रममा) प्रश्न १: आगामी फागुन २१ को निर्वाचनलाई तपाईं किन नयाँ शक्तिहरूको लागि सुवर्ण मौकाको रूपमा हेर्नुहुन्छ? उत्तर: हेर्नुस्, अहिले नयाँ शक्तिहरूको लागि एउटा एकदमै राम्रो मौका देखिएको छ। मुख्यतया दुई कारणले गर्दा – पहिलो, नेकपा एमालेको महाधिवेशनबाट केपी […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]

विराटनगर,२६ साउन । विराटनगरमा रहेको आशिर्वाद डेन्टल हस्पिटलले आफ्नै सुविधासम्पन्न भवनवाट सेवा सुरु गरेको छ । आधुनिक प्रविधिका साथ विराटनगर १२ पान्चाली बाट सेवा सुरु गरेको हो । स्थापना भएको भण्डै १२ वर्ष पछाडि हस्पिटल आफ्नै भवनमा सरेको छ । हस्पिटलको शुक्रबार विराटनगर महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरेका छन् । उनले दन्तपरिक्षण देखि परामर्श सेवा […]