१२ आषाढ २०८२, बिहिबार
26-06-2025 , Thu
Gold Silver Price (12 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192800
Silver 1 Tola Nrs. 2190

४२ लाखको स्वास्थ्य समाग्री कोशी अस्पतालाई निशुल्क प्रदान

Logo
प्रकाशित आइतबार, पुष १८, २०७८

विराटनगर, पुष १८
कोभिड १९ को नयाँ भेरिएन्ट अमिक्रोन भाइसर फैलिरहेको बेला लुथरन सामुदायिक कल्याण समाज रंगेलीले भेण्टिलेटर सहित ४२ लाख ७४ हजार १०४ रुपैयाँ बरबरको स्वास्थ्य सामाग्री कोशी अस्पताललाई निशुल्क प्रदान गरेको छ ।

स्वास्थ्य समाग्री हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि सांसद तथा पूर्व रक्षा मन्त्री मिनेन्द्र रिजालले कोशी अस्पतालका निमित्त सुपरिटेण्डेन्ट लक्ष्मीनारायण यादवलाई उक्त सामाग्री हस्तान्तरण गरे । कार्यक्रममा पूर्वमन्त्री रिजालले धर्म र सम्प्रदाय भन्दा माथि उठेर लुथरनले गरेको यो मानविय कार्य उदाहरणीय रहेको बताए । यस अघि पनि जोखिममा रहेका मानिसहरुलाई लुथरन सामुदायिक कल्याण समाजले गरेको मानविय सहयोगको प्रशंसा गर्दै रिजालले कोशी अस्पताललाई गरेको सहयोगको लागि धन्यावाद दिए ।

मोरङको क्षेत्र नम्बर २, ५ र झापा जिल्लाको तल्लो क्षेत्रमा बसोबास गर्ने सन्थाल समुदायमा काम गरिरहेको लुथरनले अझ राम्रो र फराकीलो गर्दै आफ्ना कार्यक्रम लिएर जाओस भन्ने शुभकामना समेत रिजालले दिए ।

कोशी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट लक्ष्मी नारायण यादवले कोभिड १९ को महामारीको अहिलेको अवस्थामा बालबालिकालाई अति आवश्यक पर्ने बच्चाको भेन्टिलेटर सहितको सामाग्री दिएर आम सर्बसाधरणको उपचारमा सहजता प्रदान गरिदिनु भएकोमा लुथरन सामुदायिक कल्याण समाजलाई कृतज्ञता व्यक्त गरे । उनले ग्रामीण क्षेत्रमा रहेर पिछडीएको समाजमा काम गर्ने संस्थाले त्यहाका स्थायिनवासी समेत लाभान्वित हुन भन्ने उद्येश्य राखेर स्वास्थ्य सामाग्री प्रदान गरेकामा आफुलाई समेत खुसी लागेको बताए ।

लुथरनले गरिरहेको कामका बारेमा संस्थाका सिइओ सुमन राई र अस्मिता चौधरीले सदृष्य बर्णन गरेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष जोसेफ सोरेनले संस्थामार्फत कोभिडको समयमा र अन्य विपतमा समुदायमा काम गर्न पाउदा आफुहरुलाई निकै गर्व लागेको बताए । संस्थाले कार्यरत रहेका गाउँ पालिका र नगरपालिकाका स्वास्थ्य संस्थाहरुलाई निशुल्क रुपमा यस अघि पनि स्वास्थ्य सामाग्री वितरण गरेको जानकारी दिए ।
जहदा गाउँपालिकाका अध्यक्ष कैलाश मण्डलले विपत र जोखिमका बेला लुथरनले जनताको साथी भएर काम गरिरेहेको बताए । उनले अन्य समुदायमा समेत काम गर्न आग्रह गरे ।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, जेठ २० । मोरङको कटहरी गाउँपालिका–२ हल्दीबारीमा २ अर्ब लागतमा निर्मित २०० बेड क्षमताको जीवन विकास सामुदायिक अस्पताल तयार भएको छ। जीवन विकास समाजको नेतृत्वमा निर्माण भएको यो अस्पतालको औपचारिक उद्घाटन आगामी जेठ २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्। सामाजिक व्यवसायको मोडलमा सञ्चालन हुने यो अस्पतालले मुनाफा वितरण नगर्ने नीति अपनाएको छ। एकैपटक […]

काठमाडौं,११ चैत। नेपालमा ६८ हजार नयाँ क्षयरोगी छन् । यो तथ्यांक विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रतिवेदनमा छ । राष्ट्रिय क्षयरोग निवारण केन्द्रले पनि सो तथ्यांकलाई आधार मानेर देखाउँछ । तथ्यांक अनुसार ४० हजार ७७६ जना क्षयरोग लागेका ब्यक्ति मात्र उपचारका लागि अस्पतालसम्म आएका छन् । सो तथ्यांक हेर्दा २७ हजार २२४ जना (४० प्रतिशत) ब्यक्ति अझै […]

बिराटनगर, फागुन १२ ।  पूर्वी नेपालको प्रमुख स्वास्थ्य संस्था गोल्डेन अस्पतालले आइतबार आफ्नाे १४ औं वार्षिकोत्सव मनाएकाे छ । अस्पताल हाताभित्र आयाेजित वार्षिकोत्सव कार्यक्रममा अस्पतालले आफ्नाे १४ वर्षे यात्राको उपलब्धि समेत सार्वजनिक गरेको छ ।  स्थापनाकालमा बिराटनगर-७ को भाडाको भवनबाट सुरु भएको अस्पताल आज बिराटनगर-११ जनपथमा १०० शैय्याको आफ्नै अत्याधुनिक भवनमा सञ्चालित रहेकाे छ। वार्षिकोत्सव […]