२७ माघ २०८२, सोमबार
09-02-2026 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

४२ लाखको स्वास्थ्य समाग्री कोशी अस्पतालाई निशुल्क प्रदान

Logo

विराटनगर, पुष १८
कोभिड १९ को नयाँ भेरिएन्ट अमिक्रोन भाइसर फैलिरहेको बेला लुथरन सामुदायिक कल्याण समाज रंगेलीले भेण्टिलेटर सहित ४२ लाख ७४ हजार १०४ रुपैयाँ बरबरको स्वास्थ्य सामाग्री कोशी अस्पताललाई निशुल्क प्रदान गरेको छ ।

स्वास्थ्य समाग्री हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि सांसद तथा पूर्व रक्षा मन्त्री मिनेन्द्र रिजालले कोशी अस्पतालका निमित्त सुपरिटेण्डेन्ट लक्ष्मीनारायण यादवलाई उक्त सामाग्री हस्तान्तरण गरे । कार्यक्रममा पूर्वमन्त्री रिजालले धर्म र सम्प्रदाय भन्दा माथि उठेर लुथरनले गरेको यो मानविय कार्य उदाहरणीय रहेको बताए । यस अघि पनि जोखिममा रहेका मानिसहरुलाई लुथरन सामुदायिक कल्याण समाजले गरेको मानविय सहयोगको प्रशंसा गर्दै रिजालले कोशी अस्पताललाई गरेको सहयोगको लागि धन्यावाद दिए ।

मोरङको क्षेत्र नम्बर २, ५ र झापा जिल्लाको तल्लो क्षेत्रमा बसोबास गर्ने सन्थाल समुदायमा काम गरिरहेको लुथरनले अझ राम्रो र फराकीलो गर्दै आफ्ना कार्यक्रम लिएर जाओस भन्ने शुभकामना समेत रिजालले दिए ।

कोशी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट लक्ष्मी नारायण यादवले कोभिड १९ को महामारीको अहिलेको अवस्थामा बालबालिकालाई अति आवश्यक पर्ने बच्चाको भेन्टिलेटर सहितको सामाग्री दिएर आम सर्बसाधरणको उपचारमा सहजता प्रदान गरिदिनु भएकोमा लुथरन सामुदायिक कल्याण समाजलाई कृतज्ञता व्यक्त गरे । उनले ग्रामीण क्षेत्रमा रहेर पिछडीएको समाजमा काम गर्ने संस्थाले त्यहाका स्थायिनवासी समेत लाभान्वित हुन भन्ने उद्येश्य राखेर स्वास्थ्य सामाग्री प्रदान गरेकामा आफुलाई समेत खुसी लागेको बताए ।

लुथरनले गरिरहेको कामका बारेमा संस्थाका सिइओ सुमन राई र अस्मिता चौधरीले सदृष्य बर्णन गरेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष जोसेफ सोरेनले संस्थामार्फत कोभिडको समयमा र अन्य विपतमा समुदायमा काम गर्न पाउदा आफुहरुलाई निकै गर्व लागेको बताए । संस्थाले कार्यरत रहेका गाउँ पालिका र नगरपालिकाका स्वास्थ्य संस्थाहरुलाई निशुल्क रुपमा यस अघि पनि स्वास्थ्य सामाग्री वितरण गरेको जानकारी दिए ।
जहदा गाउँपालिकाका अध्यक्ष कैलाश मण्डलले विपत र जोखिमका बेला लुथरनले जनताको साथी भएर काम गरिरेहेको बताए । उनले अन्य समुदायमा समेत काम गर्न आग्रह गरे ।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२0८२ पाैष ७ अन्तर्वार्ता दिने: राष्ट्रिय परिवर्तन पार्टी नेता माधव सुन्दर खड्का ( जनादेश पार्टीमा गाभिने क्रममा) प्रश्न १: आगामी फागुन २१ को निर्वाचनलाई तपाईं किन नयाँ शक्तिहरूको लागि सुवर्ण मौकाको रूपमा हेर्नुहुन्छ? उत्तर: हेर्नुस्, अहिले नयाँ शक्तिहरूको लागि एउटा एकदमै राम्रो मौका देखिएको छ। मुख्यतया दुई कारणले गर्दा – पहिलो, नेकपा एमालेको महाधिवेशनबाट केपी […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]

विराटनगर,२६ साउन । विराटनगरमा रहेको आशिर्वाद डेन्टल हस्पिटलले आफ्नै सुविधासम्पन्न भवनवाट सेवा सुरु गरेको छ । आधुनिक प्रविधिका साथ विराटनगर १२ पान्चाली बाट सेवा सुरु गरेको हो । स्थापना भएको भण्डै १२ वर्ष पछाडि हस्पिटल आफ्नै भवनमा सरेको छ । हस्पिटलको शुक्रबार विराटनगर महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरेका छन् । उनले दन्तपरिक्षण देखि परामर्श सेवा […]