२२ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

अटल फार्मेसीविरुद्ध वाणिज्यमा ठगीको उजुर

Logo
प्रकाशित शुक्रबार, साउन २७, २०७९

दिनेश खड्का

विराटगर, साउन २७
विराटनगरस्थित अटल फार्मेसीले ग्राहकसँग बढी मुल्य लिई औषधी बिक्रि गरेको पाइएको छ । सुगरको विरामीले प्रयोग गर्ने ह्युमन ईन्सुलिनमा फार्मेसीले मोटो रकम ठगी  गरेकाे सहप्रमाण फेला परेको हो ।

नेपाली बजारमा ६ सय २२ रुपैयाँ पर्ने ‘ह्युमन इन्सुलिन’ फार्मेसीले ९ सय ९६ रूपैयाँ लिएर बिक्री गर्ने गरेको प्रमाण फेला परेको छ । बजार मूल्य भन्दा ३ सय ७४ रूपैयाँ बढी विरामीबाट असुली गरेको बिलसहित पब्लिक फोरमले बिहीबार वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालयमा ठगीमा उजुरी दर्ता गराएको छ ।

उता अटल फार्मेसीले आफुबाट त्रुटी भएको बताएको छ । भारु मुल्य ठानेर १.६ गुण गरी बिल काट्दा उक्त त्रुटी हुन पुगेको फार्मेसीको जिकिर छ ।
त्यस्तै वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालयका अधिकारीहरुले आवश्यक छानविन गरी दोषी पाईएमा फार्मेसीलाई कारवाही गर्ने वताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर,२६ साउन । विराटनगरमा रहेको आशिर्वाद डेन्टल हस्पिटलले आफ्नै सुविधासम्पन्न भवनवाट सेवा सुरु गरेको छ । आधुनिक प्रविधिका साथ विराटनगर १२ पान्चाली बाट सेवा सुरु गरेको हो । स्थापना भएको भण्डै १२ वर्ष पछाडि हस्पिटल आफ्नै भवनमा सरेको छ । हस्पिटलको शुक्रबार विराटनगर महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरेका छन् । उनले दन्तपरिक्षण देखि परामर्श सेवा […]

विराटनगर, २७ असार – गोल्डेन हस्पिटल विराटनगरले नेपाल सरकारको आमजनतालाई ‘सर्वसुलभ स्वास्थ्य सेवा’ उपलब्ध गराउने नीतिलाई सहयोग पुर्याउने गरी स्वास्थ्य उपचारमा व्यापक छुटको व्यवस्था गर्ने भएको छ। निजी क्षेत्रद्वारा सञ्चालित सो अस्पतालले बिहिबार यहाँ पत्रकार सम्मेलनमार्फत सस्तो र गुणस्तरीय सेवा प्रदान गरी सरकारी नीति तथा कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। मुख्य छुट व्यवस्थाहरू […]

विराटनगर, जेठ २० । मोरङको कटहरी गाउँपालिका–२ हल्दीबारीमा २ अर्ब लागतमा निर्मित २०० बेड क्षमताको जीवन विकास सामुदायिक अस्पताल तयार भएको छ। जीवन विकास समाजको नेतृत्वमा निर्माण भएको यो अस्पतालको औपचारिक उद्घाटन आगामी जेठ २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्। सामाजिक व्यवसायको मोडलमा सञ्चालन हुने यो अस्पतालले मुनाफा वितरण नगर्ने नीति अपनाएको छ। एकैपटक […]