१२ आषाढ २०८२, बिहिबार
26-06-2025 , Thu
Gold Silver Price (12 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192800
Silver 1 Tola Nrs. 2190

विराटनगरमा चिकित्सकहरुको राष्ट्रिय सम्मेलन हुने

Logo
प्रकाशित बुधबार, आश्विन १२, २०७९

विराटनगर, असोज १२
निरज बस्नेत
विराटनगरमा नेपाल चिकित्सक संघको राष्ट्रिय सम्मेलन हुने भएको छ । नेपाल चिकित्सक संघ कोशी अंचल शाखाले म‌ंगलबार विराटनगरस्थित एलिट क्लवको हलमा पत्रकार सम्मेलनकाे आयाेजना गरी राष्ट्रिय सम्मेलनबारे जानकारी गराएकाे छ   । आउँदो फागुन १८ देखी २० गते सम्मेलन आयाेजना हुने शाखा अध्यक्ष डाक्टर फरवार्ड सिलवाले कार्यक्रममा जानिकारी दिए ।

सम्मेलनमा चिकित्सा क्षेत्र र स्वास्थ्य सेवासँग सम्वन्धित प्रख्यात व्यक्तित्वहरुको उपस्थिती रहने पत्रकार सम्मेलनमा आयाेजकले जानकारी दिए।

हेल्थ केयर एण्ड वेल विईङ करेन्ट ट्रेन्ड्स एण्ड च्यालेन्ज, भन्ने विषयवस्तु उठान गरी हुन लागेको यस सम्मेलनमा नेपालभर र विदेशवाट गरी कम्तिमा एक हजार चिकित्सकको उपस्थिती रहने बताईएकाे छ । स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवाको हवका रुपमा विकसित हुदैं गईरहेको विराटनगरमा यो वर्ष नेपाल चिकित्सक संघको आयोजनामा हुने यस अन्तराष्ट्रिय सम्मेलनको सवैलाई प्रतीक्षा हुने छ ।

संघको २९ औं राष्ट्रिय सम्मेलन एनिमेकोन २०२३ नामाकृत यस सम्मेलनमा दर्जनौं चिकित्सकले आफूले गरेको अनुशन्धानात्मक लेखको सार विषयवस्तु प्रस्तुत गर्नेछन् । जसका लागि मूल आयोजक समिति एवं विविध उपसमितिहरु बनाईनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, जेठ २० । मोरङको कटहरी गाउँपालिका–२ हल्दीबारीमा २ अर्ब लागतमा निर्मित २०० बेड क्षमताको जीवन विकास सामुदायिक अस्पताल तयार भएको छ। जीवन विकास समाजको नेतृत्वमा निर्माण भएको यो अस्पतालको औपचारिक उद्घाटन आगामी जेठ २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्। सामाजिक व्यवसायको मोडलमा सञ्चालन हुने यो अस्पतालले मुनाफा वितरण नगर्ने नीति अपनाएको छ। एकैपटक […]

काठमाडौं,११ चैत। नेपालमा ६८ हजार नयाँ क्षयरोगी छन् । यो तथ्यांक विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रतिवेदनमा छ । राष्ट्रिय क्षयरोग निवारण केन्द्रले पनि सो तथ्यांकलाई आधार मानेर देखाउँछ । तथ्यांक अनुसार ४० हजार ७७६ जना क्षयरोग लागेका ब्यक्ति मात्र उपचारका लागि अस्पतालसम्म आएका छन् । सो तथ्यांक हेर्दा २७ हजार २२४ जना (४० प्रतिशत) ब्यक्ति अझै […]

बिराटनगर, फागुन १२ ।  पूर्वी नेपालको प्रमुख स्वास्थ्य संस्था गोल्डेन अस्पतालले आइतबार आफ्नाे १४ औं वार्षिकोत्सव मनाएकाे छ । अस्पताल हाताभित्र आयाेजित वार्षिकोत्सव कार्यक्रममा अस्पतालले आफ्नाे १४ वर्षे यात्राको उपलब्धि समेत सार्वजनिक गरेको छ ।  स्थापनाकालमा बिराटनगर-७ को भाडाको भवनबाट सुरु भएको अस्पताल आज बिराटनगर-११ जनपथमा १०० शैय्याको आफ्नै अत्याधुनिक भवनमा सञ्चालित रहेकाे छ। वार्षिकोत्सव […]