२६ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
Gold Silver Price (Baishak 16, 2083, WED)
Fine Gold 1 Tola NRs. 295000
Silver 1 Tola Nrs. 4930

विराटनगरमा न्यूरो अस्पताल एवं लायन्स–लियोको संयुक्त आयोजनामा निशूल्क मधुमेह जाँच तथा परामर्श कार्यक्रम

Logo

विराटनगर, कार्तिक २८
निरज बस्नेत
आज १४ नोवेम्वर, अर्थात विश्व मधुमेह दिवस हो ।

यही सन्दर्भमा विराटनगरमा निशूल्क मधुमेह जाँच तथा परामर्श कार्यक्रम सम्पन्न भएँको छ । जहँदा रोड विराटनगरमा अवस्थित न्यूरो अस्पताल एवं लायन्स–लियो क्लवको संयुक्त आयोजनामा उक्त कार्यक्रम भएँको हो ।

बढीमा १ सय जनाले यो हेल्थ क्याम्पवाट सोमवार निशूल्क जाँच तथा परामर्श लिएँका थिएँ । यसलाई भोली मंगलवार समेत एकदिन निरन्तरता दिने कुराको जानकारी यस कार्यक्रमका संयोजक भारत श्रेष्ठले दिएँ । कार्यक्रममा, लायन्स क्लव विराटनगरका अध्यक्ष लायन विजय सुराना, लायन फूलकुमार लालवानी, लायन चाँद वावु ईराकी लगायत अन्य लायन सदस्यहरुको समेत उपस्थित रहेको थियो । त्यस्तैगरी न्यूरो अस्पतालका अध्यक्ष डा. वीरेन्द्र कुमार विष्ट पनि सहभागी रहेका थिएँ ।

उमेर २९ देखी ८९ सम्मका व्यक्तिहरु यस निशूल्क जाँचमा उपचारका लागि आएँका थिएँ । विराटनगरदेखी ईलाम सम्मकाले लाभ उठाएँ । कार्यक्रममा न्यूरो अस्पतालका अन्य डाक्टरहरुको समेत उपस्थिती रहेको थियो । कार्यक्रमको अन्तिम सत्रमा लायन्स–लियो क्लवले समाजका केही प्रतिष्ठित महानुभावहरुलाई दोसल्ला आढाई सम्मान पनि गर्यो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२0८२ पाैष ७ अन्तर्वार्ता दिने: राष्ट्रिय परिवर्तन पार्टी नेता माधव सुन्दर खड्का ( जनादेश पार्टीमा गाभिने क्रममा) प्रश्न १: आगामी फागुन २१ को निर्वाचनलाई तपाईं किन नयाँ शक्तिहरूको लागि सुवर्ण मौकाको रूपमा हेर्नुहुन्छ? उत्तर: हेर्नुस्, अहिले नयाँ शक्तिहरूको लागि एउटा एकदमै राम्रो मौका देखिएको छ। मुख्यतया दुई कारणले गर्दा – पहिलो, नेकपा एमालेको महाधिवेशनबाट केपी […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]

विराटनगर,२६ साउन । विराटनगरमा रहेको आशिर्वाद डेन्टल हस्पिटलले आफ्नै सुविधासम्पन्न भवनवाट सेवा सुरु गरेको छ । आधुनिक प्रविधिका साथ विराटनगर १२ पान्चाली बाट सेवा सुरु गरेको हो । स्थापना भएको भण्डै १२ वर्ष पछाडि हस्पिटल आफ्नै भवनमा सरेको छ । हस्पिटलको शुक्रबार विराटनगर महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरेका छन् । उनले दन्तपरिक्षण देखि परामर्श सेवा […]