२८ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
Gold Silver Price (26 falgun 2082, Tue)
Fine Gold 1 Tola NRs. 317500
Silver 1 Tola Nrs. 5735

डाक्टरले मृत घाेषणा गरेकाे बच्चा दाहसंस्कार गर्ने क्रममा ब्युतेपछि, विराटनगरकाे काेशी अस्पतालमा भयाे बबाल

Logo

निरज बस्नेत
विराटनगर, माघ ४
विराटनगर–८ अशोक चोक घर भएका दिलिप मुखिया एवं उमा मुखियाको दोस्रो सन्तानको रुपमा छोरीको जन्म १८ दिनअघि विराटनगरको कोशी अस्पतालमा भएको थियो । बच्चा ठीकठाक नै जन्मियो । तत्पश्चात् बच्चालाई अभिभावकले घर लगे ।

बुधबार विहान बच्चा विरामी भएपछि अविभावकले स्वास्थ्य जाँच गराउँन कोशी अस्पताल ल्याए । बच्चा अस्पतालकाे आकस्मिक कक्षमा ल्याएको केही समयमा नै एमविविएस डा. आकाश यादवले मृत घोषणा गरेको बच्चाका कान्छा मामा मुन्ना मुखियाले बताए। मृत भनिएको बच्चालाई विराटनगर–८ घर अशोक चोक लगियो । त्यहाँ दाहसंस्कारको काम शुरुवात गर्दे गर्दा बच्चा चलमलाएको अवस्था सिर्जित भएको कुरा बच्चाकी आमा उमाले बताइन् । तव यो घटनाले उग्ररुप धारण गर्यो ।

पीडितको एक समूहले कोशी अस्पतालमा गएर पीडक भनिएका डा. आकाश लगायत केहीलाई हातपात गरेको कोशी अस्पताल स्रोतले बतायो । यता यही घटनामा संलग्न भएको आरोपमा प्रहरीले केहीलाई पक्राउ समेत गरेको प्रहरी स्रोतले बताएको छ । बच्चाको थप उपचार अहिले विराटनगरकै गोल्डेन अस्पतालमै एनआइसियू कक्षमा भइरहेको छ । उक्त बच्चालाई गोल्डेन अस्पतालका बाल रोग विशेषज्ञ डा. सतिश यादवले हेरिरहेका छन् ।

बच्चाको अवस्था अहिले जटिल नै रहेको गोल्डेन अस्पतालका प्रबन्धक संतोष मेहेता बताउँछन् । पीडक भनिएका डा. आकाश यादवलाई भेटेरै प्रतिक्रिया लिन खोज्दा प्रतिक्रिया दिन अस्वीकार गरे । यस सम्वन्धमा कोशी अस्पतालका मेसु डा. लक्ष्मीनारायण यादवसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२0८२ पाैष ७ अन्तर्वार्ता दिने: राष्ट्रिय परिवर्तन पार्टी नेता माधव सुन्दर खड्का ( जनादेश पार्टीमा गाभिने क्रममा) प्रश्न १: आगामी फागुन २१ को निर्वाचनलाई तपाईं किन नयाँ शक्तिहरूको लागि सुवर्ण मौकाको रूपमा हेर्नुहुन्छ? उत्तर: हेर्नुस्, अहिले नयाँ शक्तिहरूको लागि एउटा एकदमै राम्रो मौका देखिएको छ। मुख्यतया दुई कारणले गर्दा – पहिलो, नेकपा एमालेको महाधिवेशनबाट केपी […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]

विराटनगर,२६ साउन । विराटनगरमा रहेको आशिर्वाद डेन्टल हस्पिटलले आफ्नै सुविधासम्पन्न भवनवाट सेवा सुरु गरेको छ । आधुनिक प्रविधिका साथ विराटनगर १२ पान्चाली बाट सेवा सुरु गरेको हो । स्थापना भएको भण्डै १२ वर्ष पछाडि हस्पिटल आफ्नै भवनमा सरेको छ । हस्पिटलको शुक्रबार विराटनगर महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरेका छन् । उनले दन्तपरिक्षण देखि परामर्श सेवा […]