१० आषाढ २०८३, बुधबार
24-06-2026 , Wed
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

नर्सिङ पेशा निराशाजनक बन्दै, पढाइ र लगानी अनुसार न कमाई, न इज्जत

Logo

निरज बस्नेत
विराटनगर, माघ ८

कुरो को चुरो म्याजिक यात्रा बाट गरौं ।

इटहरीदेखी विराटनगर आउने क्रममा आइतवार जम्मा १५ जना यात्रु यात्रा गर्ने क्रममा ३ जना नर्स , जो विराट नर्सिङ होम, विराटनगरमा कार्यरत थिँए । ३ नै जना एकदमै मिल्ने साथी थिएँ । तिनैजना स्टाफ नर्समा कार्यरत छन् ।

जीवनमा सेवामूलक क्षेत्र रोज्नुलाई यी तिनै आफुलाई गर्व गर्छन् । विरामीको सेवा सधैभरि गर्ने पेशा रोजेको प्रति यिनीहरुलाई राम्रो लागेको छ । परिवारको साथ समर्थन साथसाथै छ । तथापी सेवा अनुसारको मेवा नपाउँदा अलिक खल्लो चाही छ ।

वेलावेलामा विदेश जाने पनि सोचाई मनमा नआएको हैन । तरपनि आफ्नै ठाउँमा केही गरौं भन्ने हुटहुटीले यिनीहरुलाई सचेत गराएकै कारण यो नर्सिङ पेशा मन परेकै छ । सवैको इच्छा, चाहना, आकांक्षा हुन्छ । जसको परिपूर्ति पैसाले नै गर्छ । इमान्दारीताका साथ भन्नुपर्दा आज निजी क्षेत्रका अस्पतालहरुले नर्सहरु लगायत अन्य धेरैको श्रम शोषण गरेकै छन् । वास्तविकता यही हो ।

श्रमको उचित पारिश्रमिक नदिदा आज धेरै स्किलफूल मेनपावर विदेशिन बाध्य पारिएको गतिला प्रमाण छन् । यधपी राज्यले यसमा पहल कदमी पटक्कै चालेको देखिदैन । अझ यस्ता श्रम शोणणवालाहरुकै वोलवाला छ । यस्तालाई मलजल राज्यले नै गर्दछ । फलतः दिनानुदिन परदेशिनुको अर्को विकल्प पनि देखिन्न ।

मुखले जति नै ठूला गफ फलाकेपनि व्यवहारतः कार्यान्वयन हुदैन । यी यस्तै गफगाफ यात्रा अवधीभर विराट नर्सिङ होममा कार्यरत यी नर्सहरुले गरेको यो कुरा हो । आकर्षण बढ्दो छ । बर्षेनी हजारौंको संख्यामा नर्स उत्पादन हुन्छ । तरपनि, विस्तारै नर्सिङ पेशामा निराशाका बादलहरु मडारिदै छन् । पढाई महँगो छ । पढाई अनुसारको न कमाई छ । न त इज्जत नै छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२0८२ पाैष ७ अन्तर्वार्ता दिने: राष्ट्रिय परिवर्तन पार्टी नेता माधव सुन्दर खड्का ( जनादेश पार्टीमा गाभिने क्रममा) प्रश्न १: आगामी फागुन २१ को निर्वाचनलाई तपाईं किन नयाँ शक्तिहरूको लागि सुवर्ण मौकाको रूपमा हेर्नुहुन्छ? उत्तर: हेर्नुस्, अहिले नयाँ शक्तिहरूको लागि एउटा एकदमै राम्रो मौका देखिएको छ। मुख्यतया दुई कारणले गर्दा – पहिलो, नेकपा एमालेको महाधिवेशनबाट केपी […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]

विराटनगर,२६ साउन । विराटनगरमा रहेको आशिर्वाद डेन्टल हस्पिटलले आफ्नै सुविधासम्पन्न भवनवाट सेवा सुरु गरेको छ । आधुनिक प्रविधिका साथ विराटनगर १२ पान्चाली बाट सेवा सुरु गरेको हो । स्थापना भएको भण्डै १२ वर्ष पछाडि हस्पिटल आफ्नै भवनमा सरेको छ । हस्पिटलको शुक्रबार विराटनगर महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरेका छन् । उनले दन्तपरिक्षण देखि परामर्श सेवा […]