१० आषाढ २०८२, मंगलबार
24-06-2025 , Tue
Gold Silver Price (28 JESTHA 2082, WED)
Fine Gold 1 Tola NRs. 191800
Silver 1 Tola Nrs. 2180

शितल प्रसाद यादवको सिटी अस्पतालमा बबाल

Logo
प्रकाशित सोमबार, फाल्गुण १५, २०७९

निरज बस्नेत
विराटनगर, फागुन १५
विराटनगरमा रहेको सिटी अस्पतालमा एक विरामी महिलाको मृत्यु भएपछि अस्पताल परिसर तनावग्रस्त भएको छ । शल्यक्रियाको क्रममा मोरङ जहँदाकी ३९ बर्षिया एक महिलाको मृत्यु भएपछि बबाल भएको छ ।

विराटनगरकै पूराना डाक्टर शितल प्रसाद यादवको लगानी रहेको अस्पताल हो यो, यही अस्पताल सोमवार रणभूमि झैं भयो । मुतकका आफन्तले शल्यक्रिया गर्दा यहाँका डाक्टरले लापर्वाही जानाजान गरेको गम्भिर आरोप लगाएका छन् ।

विगतमा पनि उक्त अस्पताल यस्तै यस्तै कारणले बदनाम बन्दै आइरहेको थियो । आज पुनः यस्तै मान्छेको ज्यान जाने घटना रिपिट भएको छ । बारम्वार अस्पतालले यस्ता घटना दाहोर्याउँने हो भने जनताले विश्वास कसरी कसलाई गर्ने ? मृत्यु भएकी विरामीको मृगौलामा पथरी रहेकाले सो को उपचारका खातिर सिटी अस्पताल ल्याइएको थियो ।

शल्यक्रिया संचालक डा. शितलकै छोरा सुनिल यादवले गरेका थिँए । घटनामा गल्ती अस्पतालको देखिएको भए पूरै असपताल नै सिल गरिनुपर्ने पीडितको माग छ । यता अप्रेशन गर्ने डाक्टर सुनिललाई यस विषयमा सम्पर्क गरी सोध्न खोज्दा उनी सम्पर्कमा आउँन चाहेनन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, जेठ २० । मोरङको कटहरी गाउँपालिका–२ हल्दीबारीमा २ अर्ब लागतमा निर्मित २०० बेड क्षमताको जीवन विकास सामुदायिक अस्पताल तयार भएको छ। जीवन विकास समाजको नेतृत्वमा निर्माण भएको यो अस्पतालको औपचारिक उद्घाटन आगामी जेठ २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्। सामाजिक व्यवसायको मोडलमा सञ्चालन हुने यो अस्पतालले मुनाफा वितरण नगर्ने नीति अपनाएको छ। एकैपटक […]

काठमाडौं,११ चैत। नेपालमा ६८ हजार नयाँ क्षयरोगी छन् । यो तथ्यांक विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रतिवेदनमा छ । राष्ट्रिय क्षयरोग निवारण केन्द्रले पनि सो तथ्यांकलाई आधार मानेर देखाउँछ । तथ्यांक अनुसार ४० हजार ७७६ जना क्षयरोग लागेका ब्यक्ति मात्र उपचारका लागि अस्पतालसम्म आएका छन् । सो तथ्यांक हेर्दा २७ हजार २२४ जना (४० प्रतिशत) ब्यक्ति अझै […]

बिराटनगर, फागुन १२ ।  पूर्वी नेपालको प्रमुख स्वास्थ्य संस्था गोल्डेन अस्पतालले आइतबार आफ्नाे १४ औं वार्षिकोत्सव मनाएकाे छ । अस्पताल हाताभित्र आयाेजित वार्षिकोत्सव कार्यक्रममा अस्पतालले आफ्नाे १४ वर्षे यात्राको उपलब्धि समेत सार्वजनिक गरेको छ ।  स्थापनाकालमा बिराटनगर-७ को भाडाको भवनबाट सुरु भएको अस्पताल आज बिराटनगर-११ जनपथमा १०० शैय्याको आफ्नै अत्याधुनिक भवनमा सञ्चालित रहेकाे छ। वार्षिकोत्सव […]