२७ माघ २०८२, सोमबार
09-02-2026 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

शितल प्रसाद यादवको सिटी अस्पतालमा बबाल

Logo

निरज बस्नेत
विराटनगर, फागुन १५
विराटनगरमा रहेको सिटी अस्पतालमा एक विरामी महिलाको मृत्यु भएपछि अस्पताल परिसर तनावग्रस्त भएको छ । शल्यक्रियाको क्रममा मोरङ जहँदाकी ३९ बर्षिया एक महिलाको मृत्यु भएपछि बबाल भएको छ ।

विराटनगरकै पूराना डाक्टर शितल प्रसाद यादवको लगानी रहेको अस्पताल हो यो, यही अस्पताल सोमवार रणभूमि झैं भयो । मुतकका आफन्तले शल्यक्रिया गर्दा यहाँका डाक्टरले लापर्वाही जानाजान गरेको गम्भिर आरोप लगाएका छन् ।

विगतमा पनि उक्त अस्पताल यस्तै यस्तै कारणले बदनाम बन्दै आइरहेको थियो । आज पुनः यस्तै मान्छेको ज्यान जाने घटना रिपिट भएको छ । बारम्वार अस्पतालले यस्ता घटना दाहोर्याउँने हो भने जनताले विश्वास कसरी कसलाई गर्ने ? मृत्यु भएकी विरामीको मृगौलामा पथरी रहेकाले सो को उपचारका खातिर सिटी अस्पताल ल्याइएको थियो ।

शल्यक्रिया संचालक डा. शितलकै छोरा सुनिल यादवले गरेका थिँए । घटनामा गल्ती अस्पतालको देखिएको भए पूरै असपताल नै सिल गरिनुपर्ने पीडितको माग छ । यता अप्रेशन गर्ने डाक्टर सुनिललाई यस विषयमा सम्पर्क गरी सोध्न खोज्दा उनी सम्पर्कमा आउँन चाहेनन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

२0८२ पाैष ७ अन्तर्वार्ता दिने: राष्ट्रिय परिवर्तन पार्टी नेता माधव सुन्दर खड्का ( जनादेश पार्टीमा गाभिने क्रममा) प्रश्न १: आगामी फागुन २१ को निर्वाचनलाई तपाईं किन नयाँ शक्तिहरूको लागि सुवर्ण मौकाको रूपमा हेर्नुहुन्छ? उत्तर: हेर्नुस्, अहिले नयाँ शक्तिहरूको लागि एउटा एकदमै राम्रो मौका देखिएको छ। मुख्यतया दुई कारणले गर्दा – पहिलो, नेकपा एमालेको महाधिवेशनबाट केपी […]

विराटनगर, मंसिर २१  ।  विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले भारतको फरिदावादस्थित अमृता अस्पतालसँग सहकार्यकाे साझेदारी गरेको छ। अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको सेराेफेराेमा यो ऐतिहासिक सम्झौता गरीएकाे हो। भारतको एक ठूलो निजी क्षेत्रको स्वास्थ्य संस्था मानिने २६०० शय्या क्षमताको अमृता अस्पतालसँगको यो सहकार्यले स्थानीय बिरामीहरूलाई विश्वस्तरीय उपचार सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। […]

विराटनगर,२६ साउन । विराटनगरमा रहेको आशिर्वाद डेन्टल हस्पिटलले आफ्नै सुविधासम्पन्न भवनवाट सेवा सुरु गरेको छ । आधुनिक प्रविधिका साथ विराटनगर १२ पान्चाली बाट सेवा सुरु गरेको हो । स्थापना भएको भण्डै १२ वर्ष पछाडि हस्पिटल आफ्नै भवनमा सरेको छ । हस्पिटलको शुक्रबार विराटनगर महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरेका छन् । उनले दन्तपरिक्षण देखि परामर्श सेवा […]