२६ बैशाख २०८२, शुक्रबार
09-05-2025 , Fri
Gold Silver Price (26 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 191300
Silver 1 Tola Nrs. 1975

धर्म

बेलबारीमा खुर्सानी हवन

विराटनगर ,६ बैशाख । बेलबारी नगरपालिका–६ सोमबारे जितपुरमा याशोक्यानी भगवती मन्दिरमा खुर्सानी हवन गरिएको छ । चैते दशैंकाे अवधिभरि विभिन्न धार्मिक कार्यक्रम तथा अनुष्ठान गरि बुधबार खुर्सानी हवन गरिएको हाे । साधक गोपालप्रसाद कोइरालाले यसकाे थालनी गरि प्रत्येक वर्ष हाेम गर्दै आएका छन् । कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रभावशाली नेता डा.शेखर काेइराला,कांग्रेस केन्द्रीय […]

विराटनगर,४ चैत्र । आज चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैं । वसन्तीय नवरात्रको आठौं दिन धुमधामका साथ देशभर चैतेदशैं मनाइँदैछ । यो शारदीय नवरात्रपछिको सबैभन्दा ठूलो दशैं हो । अहिले प्रचलनमा रहेको शारदीय र वसन्तीय नवरात्रबाहेक पनि आषाढ शुक्लमा मनाइने ग्रीष्मकालीन नवरात्र र माघ शुक्लमा मनाइने शिशिरकालीन नवरात्र अहिले लोपोन्मुख अवस्थामा छ । तर यी सबै […]

विराटनगर, वैशाख ३ । विराटनगर निवासी समाजसेवी दिनबन्धु गोयलले चतरकाे कुम्भ मेला व्यवस्थापन कमजाेर भएकाे प्रतिक्रिया दिएका छन् । जेष्ठ नागरिकलाई मेला स्थलसम्म पुग्नकाे लागि आयाेजकले कुनै पनि व्यवस्था नमिलाएकाे उनकाे गुनासाे छ ।  ‍आईतवार मेलस्थलमा पुग्दा ट्राफिक प्रहरीले समेत आफुलाई अभद्र व्यवहार गरेकाे गाेयलकाे आराेप छ । उमेरले ७० उभाेका गाेयललाई ट्राफिक प्रहरीले कुम्भ […]

२९ चैत, काठमाडौं । बिहिबार मुस्लिम धर्मावलम्बीहरूले ईद उल फित्र (ईद) पर्व मनाउँदै छन् । साे अवसरमा सरकारले सार्वजनिक बिदा पनि दिएको छ । ईद मुस्लिम धर्मावलम्बीहरूले मनाउने सबैभन्दा ठूलो पर्वमध्ये एक हो । महिनाभरी व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यसॅंगै ईद पर्व मनाइन्छ । ईद उल-फित्रको अर्थ पनि व्रत समाप्त गर्ने पर्व भन्ने […]

विराटनगर,२८ चैत । घरपरिवार सुख शान्तिको कामना गर्दै मारवाडी समुदायले विराटनगरमा ३७ औं गणगौर पूजा महोत्सव सोमबार मनाएको छ । नेपाल मारवाडी गणगौर र पूजा समितिले आयोजना गरेको महोत्सवमा विभिन्न सास्कृतिक कार्यक्रम गरिएको थियो । मारवाडी समुदायका बालबालिका र महिलाहरुले विभिन्न प्रतिभा देखाउदै नृत्य तथा धार्मिक कलाहरु प्रस्तुत गरेका थिए । सोही अवसरमा विभिन्न क्षेत्रमा योगदान […]

विराटनगर, चैत १७ । मुस्लिम समुदायको पर्व रमजानका अवसरमा नेपाल मुस्लिम संघ मोरङले शनिबार इफतार पार्टी आयोजना गरेको छ । नेपाल मुस्लिम संघ मोरङका सभापति आजाद आलमले आपसी सम्बन्ध सुमधुर बनाउँदै मुस्लिम र गैरमुस्लिम समुदायलाई एकताको डोरीमा बाध्न इफतार पार्टी आयोजना गरिएको बताए । इफतार पार्टीका मुस्लिम र गैर मुस्लिम समुदायको सभागिता थियो । शनिबार […]

विराटनगर,११ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेश सभा सदस्य भीम पराजुलीले सकेसम्म शाकाहारी बन्ने प्रयास गर्न आग्रह गरेका छन् । शनिबार एक संस्थाले आयोजना गरेको होलीमिलन कार्यक्रममा बोल्दै नेता पराजुलीले यस्तो बताएका हुन् । उनले धर्म,संस्कृति सभ्यता, मौलिकता देशको प्रमुख जग भएको र यसलाई जोगाउन आवश्यक रहेको बताए । उनले होली पर्वका […]

ताप्लेजुङ,२ चैत्र । पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङले पछिल्लो एक महिनामा पाथीभरा मन्दिरबाट रु ५५ लाख भेटी संकलन गरेको छ। फागुन महिनामा पाथीभराबाट संकलन भएको रु। ५५ लाख ७० हजार ८८० विभिन्न बैंकमा जम्मा गरेको क्षेत्र विकास समितिले जनाएको छ। फागुनमा जम्मा भएको भेटी रकमबारे बुधबार पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक रूपमा जानकारी गराएको हो। […]

विराटनगर, ३० फाल्गुन / पूर्व युवराज पारस शाह  कैलालीको बेहडाबाबा मन्दिरमा दर्शनका लागि पुगेका छन् । उनी सोमबार राती धनगढी पुगेका हुन् । सोमबार धनगढी पुगेका उनी मंगलबार बिहान धनगढी उपमहानगरपालिका-१६ स्थित बेहडाबाबा मन्दिर पुगेर दर्शन गरेका हुन् । शाह मन्दिरमा आफ्ना केही समर्थकका साथ पुगेका छन् । झण्डै ४ घण्टा समर्थकका साथ बेहडाबाबामा बिताएका शाह […]

गौरीशंकर हिमालको काखमा अवस्थित दोलखा जिल्लाको दोलखा शहरको आफ्नै ऐतिहासिक एवं मौलिक विशेषता रहेको छ । किराँतकाल, लिच्छवीकालदेखिको ऐतिहासिक पृष्ठभूमि बोकेर मल्लकालीन मठ–मन्दिर, देवदेवालय, मूर्तिकला, धार्मिकस्थल, ऐतिहासिक दरबार एवं चैन्यहरु रहेको यस दोलखा शहर हाल आएर दोलखा नगरको नामले प्रख्यात रहेको छ । विशेष गरी नेवार समुदायको बसोबास रहको यस दोलखा नगरमा आफ्नै किसिमका रहनसहन, […]