२६ बैशाख २०८२, शुक्रबार
09-05-2025 , Fri
Gold Silver Price (26 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 191300
Silver 1 Tola Nrs. 1975

धर्म

विराटनगरमा जगन्नाथ रथ यात्रा: साई मन्दिरबाट शुरु, नेता पराजुलीद्वारा शुभारम्भ

विराटनगर,२४ असार । विराटनगर स्थित सरोचियामा रहेको साइ मन्दिरबाट आज जगन्नाथ रथ यात्रा निकालिएको छ । जगन्नाथ रथ यात्राको स्मरण गर्दै हरेक असार महिनाको शुक्लपक्षमा विराटनगरमा पनि रथ निकालिन्छ । यसपटकको रथयात्राको शुभारम्भ नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेश सभा सदस्य भीम पराजुलीले गरेका छन् । विगत ५ वर्ष यता रथयात्रा निरन्तररुपमा निकालिन थालिएको […]

 असार ३, काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने गरिन्छ । मुस्लिम धर्मावलम्बीले आज नजिकैको मस्जिदमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने चलन पनि छ । यस पर्वका अवसरमा मक्का […]

काठमाडौँ ,१७ जेठ । पशुपतिनाथ मन्दिरका चारवटै ढोका आगामी असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने भएका छन् । पशुपतिनाथ दर्शन गर्ने दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ असार १ गतेदेखि पशुपतिनाथको चारवटै ढोका खोलिने पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए […]

विराटनगर, जेठ ११ ।  सन्तोषी मातालाई हिन्दु धर्ममा महत्त्वपूर्ण देवी मानिन्छ। सन्तोषी मातालाई सन्तुष्टि, खुसी, शान्ति र वैभवकी देवीको रूपमा हिन्दु धर्ममा पूजा गरिन्छ। धार्मिक मान्यता अनुसार सन्तोषी माता भगवान् श्री गणेशको छोरी हुनुहुन्छ(यद्यपि पुराणमा यो उल्लेख गरिएको छैन)। सन्तुष्टि हाम्रो जीवनमा धेरै महत्त्व राख्छ। यदि सन्तुष्टि छैन भने, एक व्यक्ति मानसिक र शारीरिक रूपमा […]

विराटनगर,८ जेठ / अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल) का प्रमुख श्रीमत् महाविष्णु स्वामीमहाराजलाई मंगलबार विराटनगरमा भव्य स्वागत गरिएको छ । इस्कोन नेपालको विराटनगर शाखाका सचिव भानुभक्त जोशी सहित पदाधिकारीहरूले स्वामीलाई स्वागत गर्नु भएको थियो । मंगलबार विराटनगर आइपुग्ुनु भएका स्वामीले विराटनगर, धरान र झापाको कार्यक्रममा सहभागिता जनाउनु हुने भएको छ । बेलायतमा जन्मिएका स्वामी महाराज सन् […]

विराटनगर,३ जेठ । आज वैशाख शुक्ल नवमी अर्थात् सीता उपत्ति दिवस । देशभरका रामजानकी मन्दिरमा विशेष पूजा आराधना गरी यो दिवस मनाइँदै छ । त्रेतायुगमा मिथिलाका राजा जनकले यज्ञ अनुष्ठानका क्रममा खेत जोत्दा सीताको उत्पत्ति भएको वर्णन वाल्मीकि रामायण र पुराणहरूमा वर्णन गरिएको छ । प्राचीनकालदेखि नै सीता उत्पत्ति भएको दिनलाई सीता जयन्तीका रूपमा मनाउने गरिएको […]

विराटनगर,३० बैशाख । विराटनगर स्थित हस्पिटल चोकमा रहेको गणेश मन्दिर अगाडि शुद्ध पिउने पानिको व्यवस्था गरिएको छ । गणेश मन्दिर व्यवस्थापन तथा दाता परिवारले यो व्यवस्थापन गरेको हो । झण्डै ५ लाख लागतमा मन्दिर परिसरमा आउने भक्तजन र बटुवाहरुलाई लक्षित गरि खानेपानिको प्रवन्ध गरिएको मन्दिर व्यवस्थापन तथा दाता परिवारका सदस्य लवसुन्दर श्रेष्ठले जानकारी दिए । […]

विराटनगर, वैशाख २४ चतरामा जारी बाह्र वर्षे महाकुम्भ मेलामा आउने तिर्थालुलाई विराटनगर भन्सार एजेण्ट संघले शनिबार नि:शुल्क भोजनग्रहण गराएको छ । एक दिने सो कार्यक्रममा करिब ८ सय जना तिर्थालुले भोजनग्रहण गरेको संघका सचिव अनिष खनालले जनाकारी दिएका छन् । संघले तिर्थालुका लागि शुद्ध साहाकारी खाना जसमा भात, दाल, २ थरिका तरकारी, अचार र पापडको […]

विराटनगर, वैशाख २० । श्याम मन्दिर विराटनगरले मन्दिरका लागी उठेको सबै दान दक्षिणाको हिसाब किताब चाँडैनै सार्वजनिक गर्ने तयारी गरेको छ । मन्दिर निर्माणको लागी उठेको रकम सार्वजनिक नगरेको भन्दै पछिल्लो समय मिडियाबाजी भएपछि मन्दिर समितिले यथाशिघ्र हिसाबकिताव सार्वजनिक गर्न लागेको हो । आर्थिक हिनामिना भएको जनाउ दिने मिडियाका समाचारहरुको कारण जनस्तरबाटै मन्दिर समितिले व्यापक […]

विराटनगर, वैशाख ६ । बिहिबार महेश्वरी महिला मञ्च विराटनगरले एकै थलाेमा १५ जाेडीकाे सामूहिक विवाह गराएकाे छ। माेरङ्ग र झापाका १५ विपन्न जाेडीलाई मंञ्चले आज विराटनगरमा सामूहिक विवाह गराएकाे हाे । विराटनगरको श्री विराटेश्वर शिव मन्दिरमा वैवाहिक विधि सम्पन्न गरी बेहुला बेहुलीको संयुक्त टोली विवाह स्थल अतिथि सदन पुगेका थिए । विवाह समाराेहमा नवविवाहित प्रत्येक […]