Fine Gold | 1 Tola | NRs. 201100 |
---|---|---|
Silver | 1 Tola | Nrs. 2375 |
बिराटनगर, फागुन १२ । पूर्वी नेपालको प्रमुख स्वास्थ्य संस्था गोल्डेन अस्पतालले आइतबार आफ्नाे १४ औं वार्षिकोत्सव मनाएकाे छ । अस्पताल हाताभित्र आयाेजित वार्षिकोत्सव कार्यक्रममा अस्पतालले आफ्नाे १४ वर्षे यात्राको उपलब्धि समेत सार्वजनिक गरेको छ । स्थापनाकालमा बिराटनगर-७ को भाडाको भवनबाट सुरु भएको अस्पताल आज बिराटनगर-११ जनपथमा १०० शैय्याको आफ्नै अत्याधुनिक भवनमा सञ्चालित रहेकाे छ। वार्षिकोत्सव […]
विराटनगर, १० फाल्गुन । देशभरका शिक्षकहरु आन्दोलित भएका छन् । नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिको गत माघ १६ र १७ गते काठमाडौँमा बसेको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार देशैभरिका शिक्षकका विभिन्न घटक संस्थाहरूमा आबद्ध शिक्षकहरू तथा महासङ्घमा आबद्ध शिक्षकहरु आन्दोलनमा होमिएका हुन् । उनीहरूले यसअघि ७५३ वटै पालिकामा ज्ञापनपत्र तथा ध्यानाकर्षण पत्र बुझाइसकेका छन् भने फागुन […]
काठमाडौं ,७ फाल्गुन । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र जोगाउन, राष्ट्रिय एकता कायम राख्न, देशको समृद्धि र उन्नतिका निमित्त साथ दिन सबै देशवासीहरुलाई आह्वान गरेका छन् । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा एक भिडिओ सन्देश जारी गर्दै पूर्वराजा शाहले भनेका छन्, ‘राष्ट्र रक्षाको निम्ति सबैको अनुशासन र इमान्दार प्रयत्न हुनु पर्दछ । हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस भनेर […]
विराटनगर ,६ फाल्गुन । कोशी प्रदेशको राजधानी विराटनगरमा आयोजना गर्न लागिएको नवौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ । प्रतियोगितामा दुई वटा भारतीयसहित १० वटा टिम सहभागी हुने पक्का भएको छ । विराटनगरमा सोमबार पत्रकार सम्मेलनमार्फत भारतका दुई र नेपालका विभागीयसहित आठ वटा गरी प्रतियोगितामा १० वटा टिमको सहभागिता रहने जानकारी दिइयो […]
विराटनगर, ६ फाल्गुन । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश समितिले आगामी फागुन १२ गतेदेखि सुरु हुने ‘जनतासँग माओवादी, तराई–मधेश जनजनगरण अभियान’का क्रममा अन्य पार्टीका हजारौं कार्यकर्ता भित्र्याउने दाबी गरेको छ । कोशी प्रदेश परिषद बैठकको निर्णय सार्वजनिक गर्न सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्र कोशी प्रदेशले यस्तो दाबी गरेको हो । उक्त अभियान […]
विराटनगर,५ फाल्गुन । किशोरीहरुमा हुने हिंसा रोकथाम र नियन्त्रण गर्ने उद्देश्यले आयोजना गरिएको तीन दिने महिला सेल्फ डिफेन्स तालिम समापन भएको छ । विराटनगरको सत्यनारयण स्कुलमा उक्त तालिम आइतबार सम्पन्न भएको हो । समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि कोशी प्रदेशसभाकी उपसभामुख सृजना दनुवारले विद्यालय पढने किशोरीहरुलाई आत्मरक्षाको लागि विद्यालयस्तरमा भएको सेल्फ डिफेन्स तालिमले आत्मरक्षाको लागि ठूलो […]
काठमाण्डौं ,५ फाल्गुन । शनिबार पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा भएको बेलुन विस्फोट घटनाको छानबिन गर्न आठ सदस्यीय समिति गठन भएको छ । गृहमन्त्री रमेश लेखकले कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानबिन समिति गठन गरेका हुन् । समितिलाई १५ दिनभित्रमा छानबिन प्रतिवेदन पेस गर्ने कार्यादेश छ । मन्त्रीस्तरीय […]
विराटनगर,४ फाल्गुन । विराटनगरमा तीन दिने महिला सेल्फ डिफेन्स तालिम सुरू भएको छ । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजना र समृद्ध समाज नेपालको समन्वयमा विराटनगरमा बिहीबारदेखि उक्त तालिम सुरु भएको हो । तालिमको उद्घाटन प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) ले गरे । कार्यक्रममा बोल्दै उनले किशोरीहरुलाई आत्मारक्षा र […]
विराटनगर,४ फाल्गुन । राप्रपा मोरङले अधिवेशनको तयारी थालेको छ । पार्टीको गत शुक्रबार बसेको जिल्ला कमिटीको आठौँ पूर्ण बैठकले फाल्गुन र चैत्र भरिमा वडा र पालिकाको अधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले फाल्गुन मसान्त सम्ममा जिल्लाका सम्पूर्ण वडा समितिहरुको अधिवेशन सम्पन्न गरि चैत पहिलो हफ्ता भित्र सम्पूर्ण १७ वटा पालिकाको अधिवेशन, चैत्र दोस्रो हफ्ता […]
काठमाडौं ,२ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीले २०५२ सालमा सुरु गरेको सङ्घर्षले व्यवस्था बदलिए पनि जनताको अवस्था बदल्ने कार्यभार अझै पूरा भइनसकेको बताएका छन् । माओवादीले सङ्घर्ष सुरु गरेको ३०औँ वर्षगाँठको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले दलितका अधिकारहरू संविधानतः सुनिश्चित भए पनि व्यवहारमा अझै विभेद र […]