२८ जेठ २०८३, बिहिबार
11-06-2026 , Thu
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

समाचार

देशकै शीर्ष सरकारी विद्यालय पोखरीयामा उत्साहजनक प्रवेश परीक्षा

विराटनगर, असार २० । निजी कलेजहरूलाई समेत चुनौती दिँईरहेकाे देशकै शीर्ष सरकारी विद्यालयहरूमध्ये पर्ने विराटनगरकाे पोखरीया विद्यालयले शुक्रवार कक्षा ११ को पहिलो चरणको प्रवेश परीक्षा सफलतापूर्वक सञ्चालन गरेको छ। प्रवेश परीक्षामा विज्ञान (Science) विषयमा २६० जना र व्यवस्थापन (Management) विषयमा १५५ जना गरी कुल ४१५ जना विद्यार्थीहरूले सहभागिता जनाएका छन्। सरकारी विद्यालयको प्रवेश परीक्षामा यो […]

विराटनगर, असार २० । गुणस्तरीय शिक्षाका लागि प्रसिद्ध विराटनगर महानगरपालिका-७ स्थित मेरिल्याण्ड कलेजले बिहीबार ऐतिहासिक कदम चाल्दै पहिलो पटक विज्ञान विषयको प्रवेश परीक्षा सञ्चालन गर्‍यो। जसमा  कुल ४७७ जना विद्यार्थीहरूले सहभागिता जनाए। कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले विज्ञान संकायमा विद्यार्थीहरूको उत्साहजनक सहभागिताले कलेज व्यवस्थापनमा थप उत्साह भरेको भएको प्रतिक्रिया दिनुभयो। “हाम्रो संस्थाले पहिलो पटक विज्ञान विषयमा […]

काठमाडौं, २० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउनु पर्ने र छानबिनको सहजीकरणको लागि गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग कायमै राखेको छ । रास्वपाको सचिवालय बैठकमा पार्टीले लिएको अडान बारे छलफल भएको र अडान कायम राखी संसद्मा यस विषयमा भइरहेको प्रतिरोध कायम राख्ने निर्णय भएको बताइएको छ । […]

विराटनगर, असार १९ गते । विराटनगरस्थित कान्तिपुर कलेजमा बिहीबार भएको प्रवेश परीक्षामा एक हजार चार सय बत्तीस (१,४३२) जना विद्यार्थीले सहभागिता जनाएका छन्। कलेजले प्लस टु तहमा विज्ञान, व्यवस्थापन र होटेल व्यवस्थापन संकाय सञ्चालन गर्दै आएको छ। यस कलेजकाे यी तीनै संकायमा विद्यार्थीहरूको आकर्षण निरन्तर बढ्दै गएको प्रिन्सिपल भेषराज (भुवन) नेपाल बताउँनुहुन्छ। प्रिन्सिपल नेपालले यस […]

विराटनगर, असार १९ । विराटनगरको लर्डबुद्ध कलेजमा कक्षा ११ को प्रवेश परीक्षामा परिक्षार्थीकाे ठूलो घुँइचाे देखिएकाे छ। बिहिबार लिईएकाे प्रवेश परीक्षामा कुल ७५६ जना विद्यार्थी सहभागी भए। यीमध्ये ५४० जनालाई कलेजमा भर्ना गरिनेछ। एसईईमा ४.० जिपिए ल्याउने ५ जना विद्यार्थीले प्रवेश परीक्षामा भाग लिएका छन्। यी सबैलाई कलेजले पूरै फिस माफ गरेर पढाउने छ। कलेजका प्रिन्सिपल […]

विराटनगर, असार १८ ।  विराटनगर वार्ड नं. ५ को सिद्धकाली आधारभूत विद्यालयमा नयाँ भवन हस्तान्तरण भएको छ। रोटरी फाउन्डेसनको ग्लोबल ग्रान्ड कार्यक्रमबाट निर्मित भवनहरू विद्यालय व्यवस्थापन समितिलाई सुम्पिएको हो। आईतवार मेयर नागेश कोइरालाको उपस्थितिमा भएको कार्यक्रममा रोट्रयाक्ट क्लब विराटनगरले भवन हस्तान्तरण गरेको छ। करिब ५० लाख रुपैयाँ लागतमा चार वटा भवन निर्माण गरिएको छ।   […]

काठमाडौं, १७ असार। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले आफ्नो सहनशीलता र भद्रतालाई कमजोरीका रूपमा लिइएको भन्दै पार्टीकाे नेतृत्व पंक्तीलाई ढडास दिएका छन्। साेमबार कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै उनले पार्टीका आन्तरिक निर्णयमा कहिल्यै फरक मत नराखेकै कारण आफ्नो सहनशील र भद्र व्यवहारलाई कमजोरी ठानिएको जिकिर गरे। साेही बैठकमा डा. कोइरालाले निर्धारित समयमै पार्टीको महाधिवेशन […]

मोरङ,१७ असार । नेपाल रेडक्रस सोसाइटीले मोरङको जहदा गाउँपालिकामा बृक्षारोपण कार्यक्रम सुरु गरेको छ । रेडक्रसले सुरु गरेको रेडि कार्यक्रम अन्तरगत सोमबार जहदा वडा नं १ र २ को सीमा क्षेत्रमा रहेको खोलाको ड्याममा वृक्षारोपण गरिएको हो । खोला किनारमा बनाइएको ड्याममाथी विभिन्न जातका झण्डै १३ सय विरुवा रोपिने भएको छ । वृक्षारोपण कार्यक्रमको नेपाली कांग्रेसका […]

काठमाडौं, १४ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता सार्वजनिक गरेको छ । आज (शुक्रबार) बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्नेबारे निर्णय गरेको थियो । गत चैत ७ गतेबाट सञ्चालन भएको एसईई परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार […]

१२ असार, काठमाडौं । सर्वोच्च अदालतका लागि सिफारिस भएका तीन जना न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा ७ वटा उजुरी दर्ता भएको छ।  संसदीय सुनुवाइ समितिमा दर्ता भएका उजुरीहरूमध्ये ५ वटा व्यक्ति केन्द्रित छन् भने २ वटा सुनुवाइ प्रक्रियासँग सम्बन्धित रहेका छन्। सिफारिस भएका न्यायाधीशहरूको व्यक्तिगत योग्यता, व्यावसायिक आचरण र नैतिक मापदण्डका बारेमा केरकार गर्न सक्ने समितलाइ […]