०७ माघ २०८२, मंगलबार
20-01-2026 , Tue
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

समाचार

रोटरी क्लब विराटनगर फ्युजनको अध्यक्षमा विवेक अग्रवाल निर्वाचित

विराटनगर, असार २२ । रोटरी क्लब विराटनगर फ्युजनको नयाँ अध्यक्षमा विवेक अग्रवाल निर्वाचित भएका छन्। विराटनगरका युवा उद्यमी अग्रवाल यस क्लबको ८ औं अध्यक्ष हुन्। बुधवार विराटनगरमा आयोजित एक विशेष समारोहमा उनको पदस्थापन गरिएको छ। रोटरी क्लब विराटनगर फ्युजन विश्वको एकमात्र यस्तो क्लब हो जहाँ केवल विवाहित जोडीहरू मात्र सदस्य हुन सक्छन्। सन् २०१६ मा […]

विराटनगर, साउन २२ – देशकै प्रख्यात शैक्षिक संस्था अरनिको माविमा कक्षा ११ को भर्नाका लागि विद्यार्थीहरूको अत्यधिक चाप देखिएको छ। विशेषगरी विज्ञान संकायतर्फ भर्ना हुन चाहने विद्यार्थीहरूको संख्या उल्लेखनीय रहेको छ। बुधबार सम्पन्न भएको प्रवेश परीक्षामा विज्ञान विषयका ८०० सिटका लागि १,९०३ जना विद्यार्थीहरूले परीक्षा दिएका छन्। यसले अरनिको माविप्रति विद्यार्थीहरूको बढ्दो आकर्षण देखाउँछ। कलेजका […]

विराटनगर,२२ असार । विराटनगरमा रहेको पोखरियामा रही  कक्षा १ देखि कक्षा १२ सम्म अध्यापन गर्दै आएको पोखरिया  माध्यमिक विद्यालय कोशी प्रदेश र राष्ट्रकै नमुना विद्यालयको रुपमा परिचित छ। हालै प्रकाशित कक्षा १० को २०८० सालको माध्यमिक शिक्षा परीक्षा उत्कृष्ट नतिजा यस विद्यालयले निकाल्न सफल भएको प्रधानाध्यापक खेमराज भट्टराई जानकारी दिए। कक्षा ११ मा विज्ञान संकाय […]

विराटनगर,२० असार । केन्द्रीय राजनीतिक समीकरणमा आउन लागेको फेरवदलको असर प्रदेश तहमा पनि सुरु हुन थालेको छ। केन्द्रमा नेकपा एमाले र नेपाली कांग्रेसको सरकार बन्ने सहमति जुटेपछि प्रदेश तहमा पनि हलचल सुरु हुन थालेको हो। कुनै भवितब्य नपरे कोशी प्रदेशमा कांग्रेस प्रवेश गर्दैछ । सहमतिका आधारमा तत्काल मुख्यमन्त्री हिकमत कार्कीले नै सरकारको नेतृत्व लिने छ […]

विराटनगर,असार २० ।  विराटनगरकाे कान्तिपुर कलेजमा कक्षा ११ काे नयाँ भर्नाकाे लागी प्रवेश परीक्षा दिन बुधवार विद्यार्थीहरुकाे मानव सागर उर्लिएकाे छ । कक्षा ११ मा ८ सय ५० जनाको कोटाको लागि लिएको प्रवेश परीक्षामा १ हजार ३३७ जनाले परीक्षा दिएको कलेजका प्रिन्सिपल भुवन नेपालले जानकारी दिए । विद्यार्थीसँगै आएका अभिभावक र आफन्तकाे संख्या अझ बढी […]

विराटनगर, १९असार। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइएको छ । जीपी कोइराला फाउन्डेसन कोशी प्रदेश , मोरङ जिल्ला तथा विराटनगर समितिले सम्युक्तरुपमा विविध कार्यक्रम गरेको हो । फाउण्डेसनले कोशी अस्पतालमा फलफुल वितरण गर्नका साथै कोइरालाको तस्विर सहित नगरका विभिन्न भागको परिक्रमा गरी फुलमाला सहित श्रद्धान्जली […]

विराटनगर,१९ असार । लायन क्लब अफ विराटनगर इनोभेटिभको वर्ष २०२४र०२५ को अध्यक्षका लागि रन्जिता खनाल पराजुली चयन भएकी छन् । उनले हालैको हप्ता जिम्मेबारी पाएकी हुन् । उनी नेतृत्वमा आएसंगै विभिन्न सामाजिक कार्यक्रमको घोषणा गरेकी छन् । उनले सामाजिक क्षेत्रमा सक्रिय रहने उद्घोष समेत गरेकी छन् । उनको पहिलो कार्यक्रम अन्तरगत विराटनगर पुष्पलाल चोकमा रहेको […]

काठमाडौं, १८ असार । संयुक्त राज्य अमेरिकाको आहायोमा सम्पन्न एक साता चक्र विज्ञानमा सहभागीले शान्ति र आनन्दसँगै जीवन परिवर्तनको महसुस गरेको बताएका छन् । ध्यान, याेग र अध्यात्मकाे माध्यमबाट शरिरलाई स्वास्थ्य र स्फुर्त राख्ने विधि चक्र विज्ञान हाे ।  एनआरएनए अमेरिकाका संयोजक मोहन न्यौपानेले सातदिनमा पूरै जीवन नै नयाँ भएको बताउनु भयो । उहाँले योग […]

काठमाडौं,१८ असार। नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक सुरु भएको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक जारी छ । बैठकमा सभापति देउवाले सोमबार राति एमालेसँग भएको सहमतिबारे जानकारी गराउने बताइएको छ । सोमबार कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सत्ता सहकार्य गर्ने विषयमा सहमति भएको छ। दुई दलबीच आलोपालो सरकारको […]

विराटनगर,१६ असार । पेट्रोलियम पदार्थको भाउ बढेको छ । इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा २ रुपैयाँ ४१ पैसा र डिजेलमा ४ रुपैयाँ ९१ पैसा बढेर आएको भन्दै नेपाल आयल निगमले पेट्रोलमा २ तथा डिजेल र मट्टितेलमा ५ रुपैयाँ बढाइएको जनाएको छ । अब काठमाडौं, पोखरा र दिपायलमा लगायत तेस्रो वर्ग अन्तर्गत पर्ने क्षेत्रमा […]