| Fine Gold | 1 Tola | NRs. 254100 |
|---|---|---|
| Silver | 1 Tola | Nrs. 3550 |
विराटनगर, साउन ७। विराटनगरको (काेबास कलेज छेउ) निल सदनमा नेपाली मौलिक खानाको स्वाद चाख्न चाहनेहरूका लागि नयाँ गन्तव्य थपिएको छ। हालै खुलेको चाम्रे चुकौनी खाजा घरले नेपाली परम्परागत खानालाई प्राथमिकता दिँदै स्थानीय र पर्यटकहरूलाई आकर्षित गरेको छ। रेस्टुरेन्टका संचालकका अनुसार, विराटनगरमा बढ्दो संख्यामा खुलिरहेका बिरयानी र अन्य आयातित खानाका होटलहरूको बीचमा नेपालकै मौलिक खाजालाई प्रवर्द्धन […]
विराटनगर, साउन ७ । विराटनगर-९ स्थित ग्रिनल्याण्ड कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम विज्ञान र व्यवस्थापन संकायका नवप्रवेशी विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरिएको थियो। कलेज प्रशासनले दिएको जानकारी अनुसार यस शैक्षिक सत्रकाे विज्ञान र व्यवस्थापन संकायमा उल्लेखनीय विद्यार्थी भर्ना भएका छन्। कार्यक्रममा कलेजका निर्देशकद्वय रविन्द्र […]
विराटनगर, साउन ७ । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा भएको निबन्ध लेखन प्रतियोगितामा बिबिएस प्रथम वर्षमा अध्यानरत छात्र बिजय कुमार चौधरी प्रथम भएका छन् । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल क्याम्पस एकाइ समितिको आयोजनामा भएको निबन्ध लेखन प्रतियोगितामा बिबिएस तेस्रो वर्षमा अध्यानरत छात्रा अञ्जली साह द्वितीय र बिबिएस दोस्रो वर्षमा अध्यानरत छात्रा भुमिका घिमिरे तृतीय भइन् […]
विराटनगर, साउन ५ । विराटनगरका युवाहरूले पाथीभरामाताको भक्ति गीत सार्वजनिक गरेका छन् । युवाहरूमा आफ्नो कला संस्कृति र धर्मप्रतिरुचि कम हुँदै गएको अवस्थामा गीत सार्वजनिक गरिएको उनीहरूले बताएका छन् । गीतमा सारेगको शब्द, सङ्गीत र स्वर रहेको छ । भिडियोमा गोमा लम्साल, लकेस दंगाल, सागर लामिछानेलगायतको अभिनय रहेको छ । विशाल पोख्रेल यसका निर्देशक हुन् […]
काठमाडौँ ,५ साउन । सभामुख देवराज घिमिरेले विवादित उपसभामुख ईन्दिरा रानामगरलाई राजीनामा दिन आग्रह गरेका छन् । सिंहदरबारमा शुक्रबार भएको कुराकानीमा सभामुखले उपसभामुखलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेका हुन् । यही विषयमा निचोड निकाल्न राज्यव्यवस्था समितिको बैठक बसिरहेको छ । उपसभामुख रानामगर अमेरिकी भिसा प्रकरणमा विवादमा परेकी हुन् । काठमाडौँस्थित अमेरिकी दूतावासलाई आफूसहित छ जनाको भिसाको […]
विराटनगर, साउन ४। आठौँ संस्करणको मिस कोशी २०२४ प्रतियोगिताका विजेता तथा रनरअपहरूलाई बिहीबार विराटनगरमा विशेष सम्मान गरिएको छ। जय मिडिया म्यानेजमेन्ट प्रालिले आयोजना गरेको कार्यक्रममा गत शनिबार धरानमा सम्पन्न प्रतियोगिताका उत्कृष्ट प्रतिभाहरूलाई सम्मानित गरिएको हो। सम्मानित हुनेहरूमा मिस कोशी २०२४ की विजेता सुनसरी इटहरीकी १९ वर्षीया शुभलक्ष्मी राई, फस्ट रनरअप धरानकी निशा हाङ्मा लिम्बु, सेकेण्ड […]
विराटनगर, साउन ४ । विराटनगर–१० स्थित अरनिको कलेजले कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूका लागि बिहीबार अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। कलेजले यसपटक विज्ञान र व्यवस्थापन संकायमा गरी १ हजार १ सय भन्दा बढी विद्यार्थी भर्ना लिएको छ। कार्यक्रमका प्रमुख अतिथि नेपालका प्रख्यात उत्प्रेरक रमण भट्टराईले “सकारात्मक सोच र अध्ययन” विषयमा नवआगन्तुक विद्यार्थीहरूलाई प्रशिक्षण प्रदान […]
विराटनगर, श्रावन ३ । सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी विश्व खड्का आफ्नो कार्यक्षेत्रतर्फ फिर्ता भएका छन्। तस्करीको लाइन चलाएको आरोपमा उनलाई हेडक्वार्टर तानिएको थियो। तर छानबिनपछि आरोप पुष्टि नभएपछि उनलाई पुनः मोरङमा नै फिर्ता गरिएको छ। सशस्त्र प्रहरी बल मुख्यालयले गत २० असारमा छानबिन र अनुसन्धानका लागि एसपी खड्कालाई काठमाडौं बोलाएको थियो। १० दिनको […]
विराटनगर, साउन २ । साहित्य तथा समाजसेवाका अग्रणी व्यक्तित्व भैरोदान सुरानाको ९१ वर्षको उमेरमा निधन भएको छ। वि.स. १९९३ मंसिरमा विराटनगरमा जन्मिएका सुराना मध्यम कदका, दाह्री पालेका र मिठो बोली भएका व्यक्तिका रूपमा चिनिन्थे। हिन्दु विश्वविद्यालय बनारसमा अध्ययन गरेका सुरानाका ६ वटा कृतिहरु प्रकाशित छन्। उनका बुबा मैताव चन्द सुराना नामोद जुट व्यवसायी थिए र […]
विराटनगर,श्रावन १ । मौरी जस्तो देखिने रातो-कालो रंगको नाइरोबी फ्लाईको आतङ्क नेपालमा देखिएको छ । नाइरोबी फ्लाईले टोक्ने होइन तर शरीरको कुनै भागमा बसेको अवस्थामा छुँदा, थिचिंदा वा मिचेको अवस्थामा ‘पेडेरिन’ नामक विषाक्त रसायन निकालेर छालामा जलन पैदा गर्ने, फोका उठ्ने, घाउ हुने र दागहरु गराउने गर्छ । यो १२ देखि ३६ घण्टामा देखिने गर्छ […]