| Fine Gold | 1 Tola | NRs. 254100 |
|---|---|---|
| Silver | 1 Tola | Nrs. 3550 |
विराटनगर, ३१ असार । विराटनगर-३ मा स्थापित गरिएको सिद्धेश्वर महादेव मन्दिर तथा सामुदायिक भवनको उद्घाटन गरिएको छ । बालसन्त मोहनशरण देवाचार्यले शुक्रबार सो मन्दिर तथा सामुदायिक भवनको उद्घाटन गर्नुभएको हो । भारतको नर्मदा नदीबाट ल्याइएको प्राकृतिक शिबलिङलाई स्थापित गरिएको छ । तीन दिन सम्म ७ जना पण्डितहरुले होम होमादी गरी प्राणप्रतिष्ठा गरिएको मन्दिर तथा सामुदायीक […]
काडमान्डौं, ३१ असार । प्रधानमन्त्रीमा नियुक्त केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज शीतल निवासमा आयाेजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिएका हुन् । प्रधानमन्त्री ओलीबाट आजै मन्त्रिपरिषद्को विस्तार भएपछि नव नियुक्त मन्त्रीहरुको पनि पद तथा गोपनीयताको शपथ हुने कार्यक्रम रहेको छ । राष्ट्रपति पौडेलले […]
काठमाडाैं, असार ३०। विराटनगर-८ स्थित बाल संस्कार तथा युवा जाग्रिती केन्द्र (अष्ट चिरञ्जीवी मन्दिर) को १५ औं वार्षिकोत्सव मनाइएको छ। यस अवसरमा नवनिर्मित सामुदायिक भवनको उद्घाटन र दाता सम्मान कार्यक्रम समेत सम्पन्न भएको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेश सभा सदस्य भीम पराजुलीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विराटनगरका विभिन्न सामाजिक अभियन्ताहरुको उपस्थिति रहेको […]
विराटनगर, असार २८ । कोशी अस्पतालले आफ्नो सेवामा उल्लेखनीय प्रगति हासिल गरेको छ। हालै, अस्पतालमा पहिलो पटक फेको प्रविधि प्रयोग गरी मोतियाबिन्दुको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ। यो उपलब्धि अस्पतालका नवनियुक्त मेडिकल सुपरिटेन्डेन्ट डा. रविनराज सिंहको नेतृत्वमा भएको विभिन्न सुधारहरूको परिणाम हो। मोरङको ग्रामथान गाउँपालिका-६ निवासी ६७ वर्षीय भूमिप्रसाद रेग्मी यस अत्याधुनिक प्रविधिबाट लाभान्वित हुने […]
विराटनगर, असार २६। विराटनगर-२ स्थित बुढानीलकण्ठ माविले एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याएकी विद्यार्थी शिरिन भट्टराईलाई सम्मान गरेको छ। ४ जीपीए हासिल गरेकी भट्टराईलाई स्कुलले मंगलबार आयोजित एक भव्य कार्यक्रममा नगद रु. २५,०००, कदरपत्र र दोसल्लाले सम्मान गर्यो। सम्मान कार्यक्रममा बोल्दै भट्टराईले आफ्नो सफलताको श्रेय कडा मेहनत, शिक्षकहरूको मार्गदर्शन र निरन्तर अध्ययनलाई दिइन्। उनले विज्ञान संकायमा […]
मोरङ,२६ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको प्राचिन हरिद्वार महाकुम्भ क्षेत्र चतराधामको वृहत विकास गरिने बताउनु भएको छ । वाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला मूल आयोजक समारोह समिति चतराधाम सुनसरीले २०८० चैत २७ देखि २०८१ वैशाख २८ गतेसम्म निःशुल्क चार समय भोजन गराउने मारवाडी सेवा समाजका सदस्यहरुलाई आज विराटनगरमा सम्मान एवं प्रमाणपत्र वितरण गर्दै […]
विराटनगर, असार २४ । विराटनगरको शिक्षादीप कलेजले कपडा पसलको भिजिटिङ कार्ड कलेजबाटै विद्यार्थीलाई वितरण गरेपछि, अहिले कलेजमाथि नैतिक प्रश्न उठेको छ । पछिल्लो समय मोटो कमिसन लिएर विद्यार्थीहरुलाई ड्रेस बनाउन निश्चित कुनै कपडा पसल कलेजहरुले पठाउने गरेको बजारमा हल्लीखल्ली चलिरहेको बेला शिक्षादीपले भिजिटिङ कार्डनै दिएर विद्यार्थीलाई कपडा पसल पठाएपछि सो कलेज शंकाको घेरामा तानिएको हो […]
विराटनगर,२४ असार । विराटनगर स्थित सरोचियामा रहेको साइ मन्दिरबाट आज जगन्नाथ रथ यात्रा निकालिएको छ । जगन्नाथ रथ यात्राको स्मरण गर्दै हरेक असार महिनाको शुक्लपक्षमा विराटनगरमा पनि रथ निकालिन्छ । यसपटकको रथयात्राको शुभारम्भ नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेश सभा सदस्य भीम पराजुलीले गरेका छन् । विगत ५ वर्ष यता रथयात्रा निरन्तररुपमा निकालिन थालिएको […]
विराटनगर,२३ असार । विराटनगरमा ‘निदान’ चलचित्रको प्रदर्शन गरिएको छ । सुजल कोइरालाले यो चलचित्र निर्माण गरेका हुन् । कोइरालाले १७ वर्षको उमेरमा यो चलचित्र बनाएका हुन् । चलचित्रमा विद्यमान राजनीति र जनताको भावना अनुरुपका विकास नभएको भन्दै व्याङ्ग्यात्मक टिप्पणी गरिएको छ । शनिबार विराटनगरमा एक कार्यक्रममा बीच नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले चलचित्र प्रदर्शनको सुभारम्भ […]
विराटनगर, असार २२ । महिला मात्रै सदस्य रहने नेपालकाे एक मात्र क्लब रोटरी डाउनटाउन विराटनगरकाे नेतृत्व मञ्जु अग्रवालले बुधवारदेखि सम्हालेकी छिन्। बुधबार विराटनगरमा आयाेजित क्लबको पदस्थापन कार्यक्रममा रोटरीका विभिन्न पदाधिकारीहरूको उपस्थिति थियो। डिस्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचनले नवनियुक्त अध्यक्षलाई सपथ ग्रहण गराएका थिए। कार्यक्रममा पूर्व गभर्नरहरू बासुदेव गोल्यान, सन्तोष रिजाल, संजय गिरी र पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति […]