१५ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
Gold Silver Price (Baishak 14, 2083, Mon)
Fine Gold 1 Tola NRs. 301000
Silver 1 Tola Nrs. 5060

समाचार

वर्तमान सरकार हरेक कुरामा असफल : सांसद शर्मा

विराटनगर,१७ पुस । नेपाली कांग्रेसका युवा नेता तथा संघीय सांसद सुनिल शर्माले वर्तमान सरकार हरेक कुरामा असफल भएको आरोप लगाएका छन्। नेपाली कांग्रेस मोरङद्धारा सोमबार विराटनगरमा आयोजित ४७ औं राष्ट्रिय मेलमिलाप तथा एकता दिवसका अवसरमा बोल्दै शर्माले प्रचण्ड नेतृत्वको सरकारमा पिछलङ्गु भएर कांग्रेस हिड्न नहुने वताए । उनले सरकारको नेतृत्व गरेको माओवादी र उसको गृहमन्त्रीको कमजोरीका कारण […]

विराटनगर,१७ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले वी.पी.कोईरालाको राष्ट्रिय मेलमिलाप तथा एकताको नीति वर्तमान सन्दर्भमा पनि सान्दर्भिक रहेको बताएका छन् । नेपाली कांग्रेस मोरङद्धारा सोमबार विराटनगरमा आयोजित ४७ औं राष्ट्रिय मेलमिलाप तथा एकता दिवसका अवसरमा बोल्दै केन्द्रीय सदस्य पराजुलीले वर्तमान अवस्थामा पनि वी.पीको मेलमिलाप नीति अत्यन्तै सान्दर्भिक रहेको वताए । […]

विराटनगर, पुष १७ कोहिनुर अर्थात हिरा, नामै काफी छ । नाम जस्तै आज कोहिनुर मसाज पनि चर्चित छ । विराटनगरको मुटु रोडशेष चोक नजिकै रहेको कोहिनुर मसाज सेन्टरमा आएर स्पा एण्ड मसाजको सेवा लिनेहरुको आजभोली राम्रै भीडभाड देखिन्छ । वास्तवमा बढ्दै गएको व्यस्तताका कारण मानिसको शरीर दिनप्रतिदिन थकित बन्दै गइरहेको हुन्छ । तर, समय अनुसार […]

विराटनगर, पुष १६ । मोरङ व्यापार संघले आयोजना गरेको ‘मोरंग व्यापार संघ एक्स्पो–२०२३’ मा नयाँ किर्तिमान रचिएको छ । शनिबार एकैदिन ४० हजार बढी उपभोक्ताले एक्स्पोको अवलोकन गरेका छन् । आइतबारपनि सोही संख्या हाराहारीका उपभोक्ताले एक्स्पो घुम्ने विश्वास गरिएको छ । शिथिल रहेको अर्थतन्त्रलाई उकास्न योगदान गरेको एक्स्पो सफल भएकोमा संघका पदाधिकारी र एक्स्पोमा आवद्ध […]

विराटनगर, पुष १५ । नेपाल सुन चाँदी व्यवसायी संघ विराटनगरको अध्यक्षमा पुन: शशिभुषण शाह निर्वाचित भएका छन् । शनिबार विराटनगरमा सम्पन्न १७औं साधारण सभाले सर्वसम्मत रुपमा शाहलाई अध्यक्ष पदको जिम्मेवारी दिएको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष मानिक रत्न शाक्य प्रमुख अथिती र माेरङ्ग प्रहरी प्रमुख उपरिक्षक दिपक पाेखरेल विशिष्ट अतिथिकाे रुपमा उपस्थित भएका […]

काठमान्डौं,१४ पुस ।  नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटनाको विरोध गर्दै कालो झण्डा बोकेर मन्त्री क्वाटर पुल्चोकमा प्रदर्शन गरेकाे छ। आज बिहान मन्त्री क्वाटर पुल्चोकमै पुगेका नेपाल विद्यार्थी संघका नेताहरूले शान्ति सुव्यवस्था कायम गर्न नसकेको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा पनि मागेका थिए। उनीहरूले ‘जनताको छोरामाथि गोली हान्न बन्द […]

बारा, पुष १३ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मधेस लोकतन्त्रको हकदार रहेको बताएका छन् । मधेस प्रदेश यात्रामा रहेका मुख्यमन्त्री कार्कीले सप्तरीदेखि पर्सा जिल्लासम्ममा भेटेका स्थानीयवासी, राजनीतिक नेतृत्व, शुभचिन्तक, समर्थक लगायतका व्यक्तिसँगकाे भेटघाटमा संघीय लोकतान्त्रिक गणतन्त्र मधेसको पूँजी रहेको उल्लेख गरेका हुन् । उनले युवा पुस्ताको विचारलाई स्थापित गराउनु आफूहरू सबैको दायित्व भएकाे बताएका […]

विराटनगर, पुष १२ विराटनगर महानगरपालिकाका पुर्व मेयर तथा कोशी प्रदेश सांसद भीम पराजुली यतिवेला हिमालय रोडको बाटो भत्काउने भएको कारण आक्रोशित भएका छन् । विहीवार विराटनगरमा चिया–खाजा गफ गर्दे पराजुलीले हिमालय रोड भत्काउने तयारीप्रति आपत्ति जनाएका छन् । उनले भनेका छन् , महानगरपालिकाले पूर्वाग्रहपूर्ण ढंगले काम गरेको छ । वर्तमान नेतृत्वले केही मुठ्ठीभरको मान्छेलाई उतारेर […]

भद्रपुर, १२ पुस । रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठान भद्रपुरले वीरेन्द्र मावि चन्द्रगढीका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । प्रतिष्ठानले आज यहाँका कक्षा–१ देखि ८ सम्मका ५० जना विद्यार्थीलाई स्वीटर, मोजा र जुत्ता वितरण गरेको हो । जाडोको मौसममा न्यानो कपडा पाएपछि विद्यार्थीहरु खुसी भएका छन् । कार्यक्रमका प्रमुख अतिथि भद्रपुर नगरपालिकाका नगरप्रमुख […]