०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

समाचार

विराटनगरमा खेल मैदानको अभाव

विराटनगर, पुष ०३ विराटनगरमा तिव्र बस्ती विकास हुदाँ खेलमैदानको रुपमा प्रयोग हुदै आएको यहाँका खाली मैदानहरु मासिदै गएको छ । खाली जग्गाहरुमा घर तथा व्यवसायीक भवनहरु बनाउने क्रम बढेपछि अहिले यहाँका बालबालिका तथा युवाहरुलाई आउटडोर गेम खेल्नको लागी समेत खाली मैदानको अभाव हुन थालको छ । बिगतमा जो कोहीपनि निशुल्क प्रवेश गरी खेल्न पाउने सहिद […]

पुष २, विराटनगर मोरङ व्यपार संघ एक्स्पो २०८० को २५० वटै स्टलहरु  बुकिङ्ग भएको छ । मोरङ व्यपार संघले यही पुष ६ गते देखि १६ गतेसम्म बिराटनगर २ स्थित शंखरापुरमा आयोजना गर्न लागेको सो एक्स्पोको सतप्रतिशत स्टलहरु बुकिङ्ग भईसकेको आयोजकले जानकारी दिएको छ । एक्स्पोमा स्टल खरीद गर्नेहरुमा नेपाल भारत बंगलादेश र पाकिस्तानका व्यवसायीहरु रहेका […]

बिराटनगर, पौष ०१ गते सुनसरीको ईनरूवा नगरपालिका –९ स्थितमा रहेका अल्पसंख्यक समुदायका परिवारहरूलाई न्यानो कपडा वितरण गरीएको छ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला ज्यूको प्रमुख आतिथ्यता तथा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष श्रीमती अजिता देवकोटा बास्तोला ज्यूको बिशेष आतिथ्यतामा आइतबार दिउँसो उक्त कार्यक्रम सम्पन्न भएको हो । जिल्ला […]

बिराटनगर, २०८० मंसिर ३० गते शनिवार कोशी प्रदेशको सुनसरी र झापाबाट ९ जना बन्दकर्ताहरु पक्राउ परेका छन् । यातायात बन्द गर्दै हिड्ने पहिचानबादी समुहका ९ जना बन्दकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको हो । धरानमा बन्द गराउँदै हिड्ने राष्ट्रीय जनमुक्ती पार्टी( सुनसरी सचिब) संघर्ष समिति सचिवालय सदस्य सिवहाङ राई, ज.स.पा. धरान १५ (अध्यक्ष) हरि राई, ज.स.पा.युवासंघ सुनसरी […]

बिराटनगर, मंसिर २९ गते झापा र उदयपुरको छुट्टाछुट्टै स्थानबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर र गाँजा सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो झापाको दमकनगरपालिका–७ पशुहाट स्थितमा को १ ह ९७४५ नम्बरको अटोलाई शंकालागि चेकजाँच गर्दा अटो चालक जिल्ला झापा दमक नगरपालिका–१ बस्ने ३५ बर्षीय प्रकाश श्रेष्ठ, अटोमा सवार २३ वर्षीय अर्जुन लिम्बु र […]

विराटनगर, मंसिर २७ विराटनगरको सेन्ट्रल मलमा स्वदेशी रेडिमेड कपडा ब्राण्ड ‘जेन्सपार्क’ को आधिकारिक आउटलेट बिहिबारबाट खुलेकाे छ ।  मलको भुईतल्लामा सेन्ट्रल बजार सञ्चालन गरिरहेको राकेश जैनको समूहले जेन्सपार्क रेडिमेड कपडाको आउटलेट स‌ंचालनमा ल्याएका हुन् । बिहीबार मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले आउटलेटकाे उद्घाटन गरेका थिए ।  साे आउटलेटमा २५ लाख भन्दा बढि रकम लगानी लागेकाे संचालकले […]

भद्रपुर, २७ मंसिर । रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठान भद्रपुर झापाले आज विद्यार्थी र ज्येष्ठ नागरिकलाई न्यानो कपडा र विद्यालयलाई खेल सामग्री प्रदान गरेको छ । प्रतिष्ठानले झापा गाउँपालिका–२ सडकबारीस्थित जुडो प्राविका ३० जना छात्रछात्रालाई न्यानो कपडा (स्वीटर) र विद्यालयलाई खेल सामग्री वितरण गरेको हो । त्यस्तै, स्थानीय १५ जना ज्येष्ठ नागरिकलाई बर्को वितरण गरिएको संस्थाका […]

मंसिर २७, विराटनगर उद्योग संगठन मोरङको आयोजना र इन्स्योर परियोजनाको प्राविधिक सहयोगमा यस क्ष्ँेत्रका उद्योग प्रतिष्ठानमा कार्यरत प्राविधिकहरुका लागि वाह्र दिने उर्जा दक्षता अभिवृद्धि तालिम प्रारम्भ भएको छ । तालिमको प्रारम्भ गर्दै संगठनका अध्यक्ष्ँ राकेश सुरानाले उद्योग प्रतिष्ठानको उत्पादकत्व र वस्तुको गुणस्तरप्रँविधिकहरुमा निर्भर रहने भएकाले उर्जा दक्ष्ँता तालिमको आयोजना गरिएको वताए । उनले उद्योगहरुले प्राप्त […]

पुस ६ देखि १६ गते सम्म हुने अन्तर्राष्ट्रिय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी आयोजक संस्था मोरङ व्यापार संघ रहेको छ । संस्थाले एक्स्पो सन्चालनका लागि संघका उपाध्यक्ष अनिल साहलाई संयोजकको जिम्मेबारी दिएको छ । उनी संगै सह संयोजकको जिम्मेवारी अमित सारडा र सन्जय श्रेष्ठले पाएका छन् । सुस्ताएको आर्थिक गतिविधिलाई चलाएमान बनाउने उद्देश्यले प्रदर्शनी आयोजना […]

बिराटनगर, मंसिर २६  नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले मंगलबार मोरङको बिराटनगर महानगरपालिका-१२दरैया स्थितसम्पन्नबस्तीमा अवस्थित ६० घरधुरीमाबसोबास गर्दै आएका बिपन्न वर्गहरुलाई लत्ता कपडा तथा स्टेनशरी सामान बितरण गरेको छ । प्रत्येक घरका एक सदस्यलाई जाडो मौसममा लगाउने न्यानो कपडा लगायत बालबालिकाहरुलाई कपडा सेट, स्टेशनसरी सामान बितरण गरीएको हो। उक्त कार्यक्रम नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष […]