०७ आषाढ २०७८, सोमबार
Close
बिज्ञापन
नमस्कार हजुर……

Janacharcha.com शनिबार, आश्विन ११, २०७६ मा प्रकाशित

सुजन दाहाल

करिव सत्तरी बर्षका एक पढालेखा वृद्ध व्यक्तिले आफूलाई भेट्दा नमस्कार नगरेको भनेर छिमेकीकोमा गएर उसका बुबा आमालाई असन्तुष्टि पोखे । तपाँइको छोरोले मलाई नमस्कार गरेन । नमस्कार गर्न सिकाएको छैन ? म यत्रो विद्धान सवैले गाँउभरी भेट्ने वित्तिकै नमस्कार गर्छन ।

यो तरिका ठिक भएन अलि संस्कार सिकाउन पर्छ नि भन्दै बाउ आमालाई समेत गाली गरे । त्यस्तै कतिपय कार्यालयहरुमा हाकिमलाई नमस्कार नगर्दा कारवाही गर्ने, सरुवा गर्ने र जागिर समेत च्याट पारिदिएका कयौ उदाहरणहरु छन् । यसबाट के बुझिन्छ भने मानिस नमस्कारको भोको हुन्छ, नमस्कारको अतृप्त प्यासमा हुन्छ ।

ADVERTISEMENT

मनोबैज्ञानिक रुपमा नमस्कार मार्फत आत्मसम्मानको भिग माग्छ । वरपर कतिपय त्यस्ता मान्छेहरु हुन्छन कि मलाई नमस्कार गर्छ कि गदैन भनेर यसो धारे परेर हेर्दै नमस्कार फर्काउन हात उचाल्न तम्मतयार भएर बसेका हुन्छन् । नमस्कार गरो भने त्यो जत्तिको भला्दमी र असल त गाँउमा अरु कोही छैन भनेर महिमा गाउँछन् । नमस्कार गरेन भने त्यो काम नलाग्ने, राम्रो छैन आदी आदी भन्छन् । नमस्कारले मान्छेको सम्पूर्ण कुरा र व्यवहारको मूल्याड्ढन गर्छन् ।

मानिसका नमस्कार गर्ने विभिन्न स्टाइल हुन्छन । दुई हात जोडी औला आकाशतिर फर्काएर छातीनेर हात राखेर, एक हात यसो छातीमा लगे जस्तो गरेर, दुवै हात जोडे पनि घाटीको दाँया वा बाँया लगेर खुकुरी स्टाइलमा, दुवै हात यसो माथि उठाउछन् र छातीमा लगेर औलाले ठोक्काउछन् अर्थात् एक्साभेटर स्टाइलमा, निधारमा दुवै बुढी औलाले छुहाएर दुवै हात जोडी, भूइ सोरेर, हावा सोरेर, एक हातले निधारमा हातका औला लगेर ठोकेर, दाहिने हातलाई देव्रे हातले समातेर आँखी भौ मा दाहिने हातको मात्र स्पर्स गराएर, दुवै हात जोडेर मुखमा लगि नाकलाई छुवाएर नमस्कार गर्छन भने कतिपयले हातको गतिविधि वेगर हात नजोडी मुखले मात्र नमस्कार भन्छन । नमस्कार फर्काउने पनि सवैको आ–आफ्नै स्टाइल हुन्छ । कोही हात यसो उचाले जस्तो गरेर नमस्ते भन्छन् । कोही ए….नमस्ते नमस्ते भन्छन् । कोही लामो लेध्रो तानेर नमस्कार भन्छन । नमस्कार खुवाउने र खाने स्टाइल व्यक्ति पिच्छे फरक फरक हुन्छ भने कतिपय जातजाती अनुसार पनि फरक फरक हुने गर्दछ ।

नमस्कार सामान्यतया दुई तरिकाले व्यक्त गरिन्छ । एक भित्री मनबाट नै दोस्रो बाहिरी रुपबाट मात्र । आफ्नु मनले खाएको अति नै सम्मान योग्य मान्छेलाई भित्रैबाट ह्दयदेखि नै नमस्कार गरिन्छ भने अर्को रिस उठेकै मान्छे किन नहोस जम्का भेट भई हालेमा नमस्कार गर्दिउ न त भनेर झारो टार्न बाहिरी रुपबाट गरिन्छ । नमस्कार आदरका साथ सानाले ठूलालाई गर्ने चिज हो । नमस्कार हरेक दिन पहिलो भेटमा गर्ने गरिन्छ । अर्थात् दिनमा एक पटक मात्र गरिन्छ । बारम्वार एकै व्यक्तिलाई गरिदैन । नमस्कार प्रेमपूर्वक आफु भन्दा ठूलालाई आदर अभिव्यक्त गर्ने माध्यम पनि हो । तर कसैले पनि सामान्यतया समाजले बनाइ दिएको गरिव, असहाय, अशक्त र निमुखालाई नमस्कार गरिहाल्दैनन । नमस्कार गर्दा नमस्कारकर्ता पनि बायस भएको पाइन्छ । अर्थात् नमस्कार पनि विभेदकारी हुने गर्दछ ।

नमस्कार एक अत्यन्त शक्तिशाली तत्व हो । कोही पनि मानिसलाई भेट्ना साथ नमस्कार भन्यो भने उ नमस्कारकर्ता प्रति नरम भाव राख्दछ । कृतज्ञ बन्दछ । आभारी हुन्छ । कुनै कार्यालय वा सार्वजनिक स्थलमा जाँदा नमस्कार हजुर भन्यो भने गतिलो र भलाद्मीको उपमा पाइन्छ अन्यथा सन्काहा र काम नलाग्नेको पगरी गुताउदछन् । नमस्कारले नहुने काम पनि चाँडो गराँउदछ । नमस्कार गुलियो तत्व रहेछ जसले मानिसलाई ललिपपको काम गर्दछ । नमस्कार गर्ने वित्तिकै मानिस उ प्रति नजिक भए जस्तो भाव व्यक्त गर्छ । चिने पनि नचिने पनि खुसीले भित्र भित्रै गदगद् हसन्छ र भन्छ आराम हुनुहुन्छ ?

विद्धान मास्लोका अनुसार आधारभूत आवश्यकता प्राप्त गरे पश्चात मानिस आत्मसम्मानका लागि कार्य गर्दछ । नमस्कारमा पनि आत्मसम्मान, स्वाभिमान र अस्तित्व जोडिएको छ । सवैलाई नमस्कार खाई रहन मन लाग्छ । तर सवैले नमस्कार त पाउदैनन् । जति धेरै मानिसले नमस्कार गरे उसलाई उति नै धेरै ठूलो मान्छे भएको महसुुस हुने गर्दछ । हाम्रो समाजले नमस्कारलाई इज्जत प्रतिष्ठासंग जोडेर हेरेको छ । दुई व्यक्ति वीचको प्रेममय मिलन नमस्कारले गराँउछ । नमस्कारले समाजका मानिसहरुका वीचमा एकता र मित्रताको भावना अभिव्यक्त गर्दछ । नमस्कारले मानिस मानिसका वीचमा भावनात्मक एकताका लागि पुलको काम गर्दछ ।

सीधा तरिकाले नमस्कार कर्सिव मात्र हो चाकरी होइन भनेर बुझ्दा राम्रो हुन्छ । नमस्कारका सकारात्मक पक्षहरु नै धेरै छन् । तर अहिले आएर नमस्कार चाप्लुसी र चाकडीको कडी भएको छ । नमस्कारको सदुपयोग आवश्यक छ तर चाकरीमा दुरुपयोग भै रहेको छ । कुनै राजनैतिक दलको नेतालाई उसका भजनमण्डलीहरुले झुकेर दुवै हात जोडी नमस्कार गर्छन । नमस्तक भएर नमस्कार गर्छन् । लम्पसार परेर नमस्कार गर्छन । सामान्य कर्सिव मेन्टेन गर्नु राम्रै हो तर ज्यान फालेर नमस्कारमा अमुल्य समय खेर फाल्नु राम्रो हाईन । नमस्कार गर्ने नगर्ने मानिसको व्यक्तिगत स्वन्त्रता हो । नमस्कार खान रहर गर्ने पात्रले आफ्नो आचरण, व्यवहार र चरित्र राम्रो बनाउनु पर्छ र लोककल्याणकारी कार्य गर्दै जानु पर्दछ ।

नमस्कार सामाजिक जिवनमा समाजले सिकाएको विशेष किसिमको व्यवहार हो । नमस्कारको आफ्नै मूल्य मान्यता र महत्व रहेको छ । यो आदिम काल देखि नै चलनमा आएको पाइन्छ । यसका विभिन्न प्रकारका अभ्यासहरु हुदै आएको देखिन्छ । यो मानिसको मानसिक, भावनात्मक, संवेगात्मक र मनोवैज्ञानिक विकास र समृद्धिसंग जोडिएको छ । सवैका घरमा केटाकेटी देखि नै नमस्कार गर्न  सिकाइएको हुन्छ । नमस्कार संस्कृति पुस्तान्त्तरण हुदै आजका मिति सम्म आइ पुगेको हो । नमस्कार स्वतः स्फूर्त हुनु पर्छ । कसैको करकापमा परी इच्छा विपरित नमस्कार गर्नु गराउनु हुदैन । नमस्कारले दुई व्यक्तिको प्रेममय मिलन गराउने काम गर्छ । नमस्कार संम्वाद सुरु गर्नु पूर्व गरिने क्रिया भएको हुदाँ सकारात्मक भावनाको विकास गराउदछ । नमस्कार शक्तिको प्रमुख स्रोत भएको हुदाँ नमस्कारबाट शक्ति समेत आर्जन गर्न सकिन्छ ।

यहाँ नमस्कार कार्यको विरोध गरेको होइन । भन्न के मात्र खोजिएको हो भने । नमस्कार आदर सम्मान व्यक्त गर्ने माध्यम बन्नु पर्छ चाकरी र चाप्लुसीका लागि हतियार बन्नु हुदैन । नमस्कार स्वार्थ पूर्तिको भाडो बन्न हुदैन । नमस्कारको मूल मर्म र भावना भन्दा बाहिर बहकिएर नमस्कारलाई विक्री गर्नु हुदैन । नमस्कारमा राजनीति गर्नु हुदैन । म ठूलो मान्छे हँु मलाई सवैले नमस्कार गर्नु पर्छ भन्ने घमण्ड गर्नु हुदैन । नमस्कार खोजेर र मागेर लिने वस्तु पनि होइन । कसैलाई हप्काएर र कुटेर नमस्कार पाइदैन । यो त अर्को व्यक्तिबाट प्राप्त गर्ने आदर हो । त्यसका लागि राम्रो र असल काम गर्नु पर्छ । अरुको मन जितेर मात्र नमस्कार पाइन्छ । समाजलाई हित हुने काम गर्नु पर्छ । सवैको कल्याण हुने कार्य गरियो भने सवैबाट नमस्कार स्वतः प्राप्त गर्न सकिन्छ । नमस्कार खाने र खुवाउने कुरा स्वार्थ र परिणामसंग जोडिएकाले त्यस भन्दा माथि उठेर नमस्कार संस्कृतिको विकास र संम्वर्दन गर्नु सवैको दायित्व हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

ताजा अपडेट
अक्सिजन सिलिन्डरको सफल परीक्षण
विराटनगर ८ मा नि :शुल्क शववाहन सेवा सुचारु
कोरोनाबाट बाँचौ र बचाऔ
थप समाचार
About Contact

COOPERATED BY:

KHEM POUDEL (JHAPA)

DINESH KHADKA (MORANG)
BHIM LAMICHHANE (BIRATNAGAR)
BATUKRAJ GIRI (KATHMANDU)

PRABIN K. GHIMIRE ( NEW DELHI, INDIA)
PITAM KHATIWADA (BIRATNAGAR)

CONTACT

Biratnagar -06, Morang Province 1

021-590566, 9812349000 (Hot-line)
Email: [email protected]

News-Director : Bijay Kumar Pathak

Editor : Manu Budathoki / Sushil Pokhrel

info deprt reg no. 1654/076-77

press council permit no: 362-076/077

सामाजिक संजाल