०७ बैशाख २०८१, शुक्रबार
19-04-2024 , Fri

जाँदा लाको सेतो कपडा पुग्दा कालो भो, लौन के गर्ने ?

Logo
प्रकाशित शनिबार, आश्विन १८, २०७६

टिप्पणी

✍ खेम पौडेल
विराटनगर, असोज १८
“राजधानीमा जिउन लास्टै ग्राहो भो, धुलो–धुवा सास फेर्न नी साह्रो भो, जाँदा लाको सेतो कपडा पुग्दा कालो भो, कलले के भन्ने लौन के गर्ने?” गायक नितिस जंग कुवरले गाएको उक्त गाना अहिले विराटनगरको हकमा सान्दर्भिक बनेको छ । केही समय अघि निर्माणाधिन काठमाडौंको चिरण गर्दै लेखिएको उक्त गाना अहिले विराटनगरको हकमा सान्दर्भिक भन्न पुगेको हो ।
विराटनगर केही वर्षदेखि निर्माणाधिन अवस्थामा छ । निर्माण कार्यबाट सिर्जित धुलोको कारण विराटनगर सुख्खा बेला धुलाम्मे र बर्खाको बेला हिल्लामे हुने गरेको छ । गानामा भनिए झैं बास्तवमै धुलोको कारणले विराटनगरवासीलाई अहिले सास समेत फेर्न ग्राहो भईसकेको छ । धुलो–धुवाको कै कारण केही वर्षदेखि विराटनगरमा स्वास–प्रस्वासको र एलेर्जीको विरामीको संख्या बढेको विराटनगरका विभिन्न अस्पतालको तथ्याङले देखाएको छ ।

विराटनगरको एक चक्कर लगाउने हो भने सच्चीकै नै जाँदा लाको सेतो कपडा गन्त्वयसम्म पुग्दा सम्म कालो भईसक्छ । विराटनगरको एक चक्कर लगाउदा हिरो बनेर घरबाट निस्किएका मान्छे गन्त्वयसम्म पुग्दा धुलो र हिलोले मागन्ते जस्तो भईसक्छ । निमार्णधीन विराटनगरका सडकहरुबाट निस्किएका धुलोले सर्वसाधरणलाई तगं बनाईसकेको छ । आफ्नो ठाँउ विकास होस् भन्ने सबै चाहन्छन् तर विकासकै लागी यति ठुलो भरपाई गर्नुपर्छ भन्ने कुरा विराटनगरवासीले कल्पना समेत गरेका थिएनन् ।
ठेक्केदारको ढिलासुस्तीले गर्दा महिना दिनमै भईसक्नु पर्ने काम वर्षदिन बितिसक्दा पनि नभएको दर्जनौं उदारणहरु छन् विराटनगरमा । आज बन्छ, भोली बन्छ भन्दा भन्दै वर्षदिन बितसक्छ तर पनि काम भने फत्ते भएको हुदैन ।
विराटनगरवासी दुई चिजले अहिले आजित बनेका छन् । पहिलो सडक भत्काईदिने र महिनादिनसम्म ठेक्केदार लापत्ता भईदिने । दोस्रो एउटा काम फत्ते नगरी अर्को तिरपनि सडक खानेर छाडिदिने । सडक भत्काएर छोडेपछि, धुलोले आतंक मच्चाउछ र पानी पर्दा हिलोले हिडि नसक्नु हुन्छ । त्यस्तै, एकै–पटक सबै तिर बाटो खनेर छोडिदिदा विराटनगरवासीले हिड्ने विकल्प समेत पाएको छैनन् । सप्रिएको बाटो खोज्दा खोज्दै ५ मिनेटमा पुगिने ठाँउ पुग्न आधा घण्टा लाग्ने गरेको छ ।
अन्त्यमा, म के भन्न चाहन्छु भने विराटनगरवासी सबै विकास प्रमी नै हुन् । विकास निर्माणको सबै काम बन्द गरेर, आनन्दले बसौं भन्ने पनि हाम्रो चाहना होइन् । हाम्रो भनाई के हो भने जनप्रतिनिधि सिन्सियर हुनुपर्यो । विराटनगरको मेयर,उपमेयर तथा सबै संबन्धित वडाको अध्यक्षहरुले आफ्नो ठाँउमा काम कसरी भईरहको भन्ने निगरानी निगरानी गर्नुपर्यो । ढिलोसुस्ती गर्ने ठेकेदारलाई व्याई आर यू लेट भनी प्रश्न गर्नु पर्यो । एउटा कामी नसकी आर्को तिर सडक खन्न खोज्ने ठेक्केदारको कान निमोठेर पहिला यो काम गरी सक भन्न सक्नु पार्यो नि ।

फोटो: नागरिकको अनलाईन संस्करणबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

निरज बस्नेत भदाै १८ “आजको लागि केही भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी रोकियो भने, सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार।” यहि स्टाटस हालेर बालेन शाह एकाएक पुनस् एकपटक भाइरल भएका छन् । उनको यो स्टाटसमा रातारात लाखौंको संख्यामा लाइक, कमेन्ट अनि शेयर आएको छ । यो पाली मात्र नभएर, यस्ता (यस्ता […]

✍मनु बुढाथोकी काठमाडौं, फागुन २ जनयुद्ध कालको स्मरण गर्दा स्कुले जिवन- कलिलो बाल मस्तिष्क अनि घर बाट पैदल लगभग ३० मिनेटको दुरीमा रहेको हाइ – स्कुलको याद आउछँ । त्यो बेला उदेयपुरमा स्कुल जांदा आउंदा आफ्ना टाउको माथिबाट डुडुडुडु गर्दै उडेका हेलिकप्टरका आवाजले यति त्रसित बनाउथ्यो कि,सोच्दा पनि यस्तो लाग्छ त्यो बाल मष्तिस्क भित्र कति […]

निरज बस्नेत विराटनगर, माघ ११ आफैलाई आगो लगाएर आफैलाई मार्नुसम्मको यो हदसम्मको काम कुनैपनि व्यक्तिले त्यतिकै पटक्कै गर्देन । यसमा धेरै कुराले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । इलाम जिल्ला सूर्योदय नगरपालिकाका प्रेम आचार्यले संसद भवन अगाडी मंगलवार आफ्नै शरीरमा आफैलाई आगो लगाएँ । उसलाई बचाउँन धेरैले प्रयास गरे । कतिले पानी छर्के । कतिले कपडा […]