१३ आषाढ २०८२, शुक्रबार
27-06-2025 , Fri
Gold Silver Price (12 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192800
Silver 1 Tola Nrs. 2190

जिन्दा शिशुलाई मृत घाेषणा गर्ने डाक्टरलाई काम गर्न राेक

Logo
प्रकाशित बिहिबार, माघ ०५, २०७९

दिनेश खड्का

विराटनगर, माघ ५

जिवित शिशुलाई मृत घोषणा गर्ने मेडिकल अफिसर डाक्टर आकाश यादवसहित तीन जना स्वास्थ्यकर्मीलाई विराटनगरस्थित कोशी अस्पतालमा काम गर्न रोक लगाईएको छ ।

घटनाकाे अनुसन्धान नसकिँदासम्म डा. यादवसहित  घटनामा संलग्न अहेब लक्ष्मण माझी र टिका अधिकारीलाई अस्पतालले काममा रोक लगाएको हो । उनीहरूलाई घटनाकाे सम्बन्धमा स्पष्टीकरण समेत साेधिएकाे अस्पतालका सूचना अधिकारी रामप्रसाद नेपालले जानकारी दिए ।

घटनाकाे अनुसन्धानका लागी अस्पतालका बाल रोग विशेषज्ञ डा. प्रवीण झाको नेतृत्वमा तीन सदस्य छानविन समिति समेत बिहिबार निर्माण गरिएकाे छ । छानबिन समितिलाई सात दिनभित्र घटनाको छानबिन गरी प्रतिवेदन बुझाउन अस्पतालले समय दिएकाे छ ।

घटना के थियाे 

बुधवार बिहान काेशी अञ्चल अस्पतालकाे इमरजन्सीमा  डा. यादव ,अहेब दोय माझी र अधिकारीको डियुटिमा खटीएका थिए । साेहि दिन बिहान साढे ८ बजे मोरङको जहदा गाउँपालिका ३ का १८ दिने नवजात शिशुलाई श्वासप्रश्वासमा समस्या भएपछि पिता दिलीप मुखिया र आमा उमा मुखियाले कोशी अस्पताल ल्याएका थिए । उपचारमा स‌ंलग्न डा यादवले शिशुकाे मृत्यु भइसकेकाे बताएपछि अभिभावक दाहस‌ंस्कारमा जुटे । दहासंस्कार गर्ने क्रममा शशिर चलबलाएपछि, बच्चा जिवितै रहेकाे अभिभावकले चाल पाए । त्यसपश्चयत आक्राेशित शिशुका परिवारजनले अस्पतालमा डाक्टरकाे कुटाई गरेपछि, काेशी अञ्चल अस्पताल तानबग्रस बन्न पुगेकाे थियाे ।

राम्रोसँग शिशुको अवस्था नहेरी मृत घोषणा गरेपछि बुधवार दिनभरि अस्पताल तनावग्रस्त बनेको थियो । चिकित्सकले मृत घोषणा गरेको शिशुको अहिले विराटनगरस्थित गोल्डेन अस्पतालको एन आइसियुमा राखेर उपचार भइरहेको छ ।

याे पनि पढ्नुहाेस् : डाक्टरले मृत घाेषणा गरेकाे बच्चा दाहसंस्कार गर्ने क्रममा ब्युतेपछि

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर, जेठ २० । मोरङको कटहरी गाउँपालिका–२ हल्दीबारीमा २ अर्ब लागतमा निर्मित २०० बेड क्षमताको जीवन विकास सामुदायिक अस्पताल तयार भएको छ। जीवन विकास समाजको नेतृत्वमा निर्माण भएको यो अस्पतालको औपचारिक उद्घाटन आगामी जेठ २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्। सामाजिक व्यवसायको मोडलमा सञ्चालन हुने यो अस्पतालले मुनाफा वितरण नगर्ने नीति अपनाएको छ। एकैपटक […]

काठमाडौं,११ चैत। नेपालमा ६८ हजार नयाँ क्षयरोगी छन् । यो तथ्यांक विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रतिवेदनमा छ । राष्ट्रिय क्षयरोग निवारण केन्द्रले पनि सो तथ्यांकलाई आधार मानेर देखाउँछ । तथ्यांक अनुसार ४० हजार ७७६ जना क्षयरोग लागेका ब्यक्ति मात्र उपचारका लागि अस्पतालसम्म आएका छन् । सो तथ्यांक हेर्दा २७ हजार २२४ जना (४० प्रतिशत) ब्यक्ति अझै […]

बिराटनगर, फागुन १२ ।  पूर्वी नेपालको प्रमुख स्वास्थ्य संस्था गोल्डेन अस्पतालले आइतबार आफ्नाे १४ औं वार्षिकोत्सव मनाएकाे छ । अस्पताल हाताभित्र आयाेजित वार्षिकोत्सव कार्यक्रममा अस्पतालले आफ्नाे १४ वर्षे यात्राको उपलब्धि समेत सार्वजनिक गरेको छ ।  स्थापनाकालमा बिराटनगर-७ को भाडाको भवनबाट सुरु भएको अस्पताल आज बिराटनगर-११ जनपथमा १०० शैय्याको आफ्नै अत्याधुनिक भवनमा सञ्चालित रहेकाे छ। वार्षिकोत्सव […]