१८ बैशाख २०८१, मंगलबार
30-04-2024 , Tue

आर्थिक

भिसिटिएस बिनै माल जाँचपास गराउने कार्यमा एजेन्ट साह सक्रिय

विराटनगर, असोज २५ विराटनगर भन्सारका एजेन्ट गुलाब साह अवैध ढंगले मालसमान पास गराउने खेलमा संक्रिय भएको पाईएको छ । बेला बेला भन्सार तथा राजस्वको विवादमा तानिरहने एजेन्ट साह अहिले भिसिटिएस बिनै मालसमान पास गराउने खेलमा सक्रिय भएको पाईएका छन् । एजेन्ट गुलाब साहले छोरा मन्टु साहलाई अहिले भन्सार सेटिङ मिलाउने जिम्मा लगाएर बिना भिसिटिएस समान […]

काठमाडौं, असोज २० बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको साधारण शेयर (आईपीओ) शुक्रबार बाँडफाँट हुदैछ । कम्पनीले सर्वसाधारणको लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो । उक्त आईपीओ शुक्रबार विहान १० बजे बाँडफाँट हुदैछ । कम्पनीको आईपीओका लागि २१ लाख ११ हजार ८१९ जना आवेदकले आवेदन दिएका छन् । उक्त आईपीओ […]

विराटनगर, साउन १२ मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ सम्बृद्धि बचत खाता’ सञ्चालनमा ल्याएको छ । सो बचत खाताबाट निक्षेपकर्ताहरुले सर्वाधिक ब्याज प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यस बचत खातामा बैंकले ग्राहकलाई वार्षिक सर्वाधिक ब्याजदर ५ दशमलव २५ प्रतिशतको दरले मासिक ब्याज भुक्तानी प्रदान गर्ने बताईएको छ । कोभिड १९को प्रभावले सम्पूर्ण वितिय संस्थाहरुको निक्षेप–ब्याजदर […]

काठमाडौं, वैशाख २८ स्मार्ट सेलले ग्राहकका लागि रिचार्जमा आकर्षक बोनस दिने भएको छ । फोरजी ग्राहकलाई लक्षित गरी ल्याइएको यो योजनामा चार गुणासम्म बोनस दिने कम्पनीले जनाएको छ । यो योजनाअन्तर्गत ५० रुपैयाँको रिचार्जमा १५० रुपैयाँ बोनस पाउन सकिन्छ । त्यस्तै १ सयकाे रिचार्जमा ३ सय रुपैयाँ, २ सयको रिचार्जमा ६ सय रूपैयाँ, ५ सयको […]

विराटनगर, वैशाख १६ विराटनगरका होलसेल व्यापारीहरुले भोला गुट्खा लुकाएर व्यापक कालोबजारी गरिरहेको खुलासा भएको छ । आगामी दिनमा हुनसक्ने लकडाउनलाई मध्यनजर गर्दै होलसेलरले गुट्खा लुकाएर बजारमा कृतिम मुल्यवृद्धि गरीरहेको खुल्न आएको छ । उद्योगबाट २१२ रुपैयाँ प्रति प्याकेटमा वितरण भईरहेको भोला गुट्खा बुधवार विराटनगर बजारमा ३ सय ५० रुपैयाँमा बिक्रि भईरहेको भेटिएको छ । २ […]

काठमाडौं, वैशाख १२ नेपालमा बनेका दुई विद्युतीय (इलेक्ट्रीक) बाईक सार्वजनिक भएको छ । बाईक निर्माता कम्पनी यात्री मोटरसाईकलले दुई भेरियन्टका इलेक्ट्रीक बाईकहरु नेपाली बजारमा सार्वजनिक गरेको हो । सो कम्पनीले यात्री पी जिरो ( प्राजेक्ट जिरो ) र पी वान् (प्रोजेक्ट वान्) भेरियन्टका बाईकहरु शुक्रबार सार्वजनिक गरेको छ । पी जिरो माटरसाइकलले केवल २.५ सेकेन्डमा […]

काठमाडौं, वैशाख ९ पेट्रोलमा नेपाल सरकारले ५५ रुपैयाँ ८६ पैसा कर लगाएको छ । भारतबाट ६० रुपैयाँ ५५ पैसामा प्रति लिटर पेट्रोल सरकारले खरिद गर्दैछ । त्यस्तै ५७ रुपैयाँ २५ पैसामा किनेको डिजलमा ३८ रुपैयाँ ५३ पैसा नेपाल सरकारले कर लगाएछ । मट्टितेलमा सरकारले १९ रुपैया ९८ पैसा कर लगाएको छ । भारतबाट मट्टितेल सरकारले […]

काठमाडौं, वैशाख ४ ओम सर्जिकल कन्सर्न प्रा.लि.ले एक करोड भन्दा बढी राजस्व छलि गरेको पाईएको छ । काठमाडौ महानगरपालिका –११, त्रिपुरेश्वर स्थित उक्त सर्जिकलले एक करोड छ लाख ७२ हजार नौ सय नौ रुपैयाँ एकासी पैसा राजस्व छलि गरेको राजस्व अनुसन्धान विभागले जनाएको छ । विभागले उक्त कर छलीमा संचालक दल बहादुर भण्डारी तथा भन्सार […]

काडमाडौं, वैशाख ५ नेपाल आयल निगमले पेट्रलियम पदार्थमा पुन मूल्य वृद्धि गरेको छ । निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा प्रतिलिटर १ रुपैयाँले मुल्य बढाएको हो । अब पेट्रोल प्रतिलिटर १२१ र डिजल,मट्टीतेल प्रतिलिटर १०४ रूपैयाँ कायम भएको छ ।  

विराटनगर, चैत २९ विराटनगरका उद्योगी–व्यवसायीहरु नेपाल उद्योग परिसंघमा संगठित भएका छन् । विराटनगरका पुराना उद्योगी व्यवसायी, उद्योग संगठन मोरङका पूर्व पदाधिकारी र केही ठुला उद्योगी व्यवसायी परिसंघमा संगठित भएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघको ५५ औं साधारणसभा हुन लागीरहेको बेलामा विराटनगरका उद्योगी व्यवसायी परिसंघमा संगठित भएका छन् । सो परिसंघको गठनले निकट भविष्यमा हुन […]