१५ फाल्गुण २०८२, शुक्रबार
27-02-2026 , Fri
Gold Silver Price (14 falgun 2082, Thrus)
Fine Gold 1 Tola NRs. 315900
Silver 1 Tola Nrs. 5740

धर्म

हिन्दुराष्ट्रको अभियान अब कसैलै रोक्न नसक्ने दावी

विराटनगर,२४ असोज ।धार्मिक अभियन्ता तथा विश्लेषक अभिषेक जोशीले हिन्दुराष्ट्रको अभियान निकै बलियो भएको र यसलाई कसैलै रोक्न नसक्ने बताएका छन् । कहि समयअघि विराटनगरमा एक कार्यक्रमकाबिच धार्मिक अगुवा तथा अभियन्ताहरुसंगको छलफलमा जोशीले यस्तो बताएका हुन् । उनले नेपालमा पछिल्लो समय सनातनीहरु निकै होसियार भएको र अभियानहरुले काम गरेको बताए । यस्तो अवस्थामा सनातनीहरु सजग बन्नु […]

काठमाडौं, असोज १६ – नेपालीहरूको प्रमुख चाड बडादशैंको विजयादशमी आज मनाइँदैछ। मान्यजनहरूको हातबाट टीका र जमरा लगाएर यो पर्व मनाउने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेट रहेको जानकारी दिएको छ। टीका लगाउने विधि टीका ग्रहण गर्ने व्यक्ति पूर्वतर्फ र लगाइदिने व्यक्ति पश्चिमतर्फ फर्किनुपर्ने समितिले उल्लेख […]

विराटनगर,९ असोज । आश्विन शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिन दशैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी […]

विराटनगर,५ असोज । धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक विषय संरक्षण गर्ने उद्देश्यका साथ स्थापित वैदिक कर्मकाण्ड परिषद् नेपालको आठौं वार्षिक साधारणसभा एवं अधिवेशन विराटनगरमा सुरु भएको छ । परिषद्का अध्यक्ष कुमार निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा देशका विभिन्न स्थानमा रहेका धार्मिक गुरु,पिठाधिस तथा साधुसन्तहरुको सहभागिता रहेको छ । शुभकामना प्रदान कार्यक्रममा बोल्दै  जगतगुरु बालसन्त महाराजले विद्वानहरुले समाजलाई गतिदिने […]

५ साउन, काठमाडौं । आज साउन महिनाको प्रारम्भिक सोमबार, देशभरका शिवमन्दिरहरूमा श्रद्धालुहरूको ठूलो भीड देखिएको छ। हिन्दू धर्मावलम्बीहरू साउनका सोमबारहरूलाई भगवान शंकरको विशेष दिन मानेर उपवास बसी पूजाअर्चना गर्ने परम्परा छ। यो वर्ष साउनमा जम्मा चार सोमबार परेका छन्। व्रतालुहरूले बिहान स्नान गरी शिवलिंगमा जल, दूध अर्पण गर्छन् र बेलपत्र, धतुरा, फूलफल चढाएर पूजा गर्छन्। […]

विराटनगर,८ चैत्र ।  बिहिबारबाट शुक्र अस्त  भएको छ । चैत ६ गते बुधबार राति ७ः२५ बजेदेखि पश्चिममा अस्त भएकाे शुक्र यही चैत १० गते आइतबार दिउँसो १:१७ बजे पूर्वमा उदय हुने छ । यस अवधिमा विशेष कार्य जस्तै विवाह, सप्ताह, नवाह, लाख बत्ती प्रज्वलन, उत्सवलगायतका कार्य गर्न नहुने जनाइएको छ । तर, नित्यकर्म, पूजापाठ, जप, […]

विराटनगर, फगुन २९ । विराटनगर स्थित पिपलचोकमा रहेको लक्ष्मीनारायण मन्दिरमा पञ्चकुण्डात्मक पाञ्चाह्रिक बह्मायज्ञ हुने भएको छ । भारतको हैदरावाद बाट श्री श्री श्री त्रिदण्डी श्रीमन्नारायण रामानुज चिन्न जीयर स्वामीजीको विशेष आतिथ्यतामा यो यज्ञ हुन लागेको हो । बिहिबार मन्दिरमा आयोजित पत्रकार सम्मेलनमा यही चैत्र १ देखि ५ गतेसम्म यज्ञ हुन लागेको जानकारी दिइयो । मन्दिर […]

काठमाडौँ– १३ फाल्गुन । काठमाडौँ– शिवरात्री पर्व मनाउनका लागि नागा बाबाहरू काठमाडौँस्थित पशुपतिनाथ मन्दिर आइपुगेका छन्। हरेक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन मनाइने शिवरात्रीमा छिमेकी मुलुक भारतबाट नागा बाबाहरू आउने गर्छन्। सोमबार पशुपति मन्दिर प्रवेश गरेका छन् । जोगीका चार सम्प्रदाय सन्न्यासी, वैष्णव, नानक र उदासी मध्ये नागा सन्न्यासीअन्तर्गत पर्छन्।

विराटनगर,१ माघ ।   प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व सोमबार देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ ।  माघे सङ्क्रान्तिका दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्छ । ती ठाउँमा विशेष मेलासमेत लाग्ने गर्छ । सूर्य धनु राशिबाट […]

विराटनगर,१ माघ । भारत उत्तर प्रदेशको प्रयागराज (इलाहावाद) स्थित त्रिवेणी संगममा सोमबारदेखि महाकुम्भ मेला सुरु भएको छ। प्रत्येक १२ वर्षपछि लाग्ने कुम्भ मेला प्रयागराजमा सुरू भएको हो। त्रिवेणी संगममा स्नानका लागि लाखौँको संख्यामा श्रद्धालु पुगिरहेका छन्। कुम्भ मेलालाई आस्थाको संगमका साथै उत्तर प्रदेश सरकारको प्रशासनिक क्षमताको परीक्षाका रूपमा लिइएको छ। कुम्भ मेला महाशिवरात्रीका दिन समापन […]