२६ बैशाख २०८२, शुक्रबार
09-05-2025 , Fri
Gold Silver Price (26 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 191300
Silver 1 Tola Nrs. 1975

शिक्षा

पोखरियामा निर्धारित सीट भन्दा दोब्बर विद्यार्थीहरूले दिए प्रवेश परिक्षा

विराटनगर,२२ असार । विराटनगरमा रहेको पोखरियामा रही  कक्षा १ देखि कक्षा १२ सम्म अध्यापन गर्दै आएको पोखरिया  माध्यमिक विद्यालय कोशी प्रदेश र राष्ट्रकै नमुना विद्यालयको रुपमा परिचित छ। हालै प्रकाशित कक्षा १० को २०८० सालको माध्यमिक शिक्षा परीक्षा उत्कृष्ट नतिजा यस विद्यालयले निकाल्न सफल भएको प्रधानाध्यापक खेमराज भट्टराई जानकारी दिए। कक्षा ११ मा विज्ञान संकाय […]

विराटनगर,असार २० ।  विराटनगरकाे कान्तिपुर कलेजमा कक्षा ११ काे नयाँ भर्नाकाे लागी प्रवेश परीक्षा दिन बुधवार विद्यार्थीहरुकाे मानव सागर उर्लिएकाे छ । कक्षा ११ मा ८ सय ५० जनाको कोटाको लागि लिएको प्रवेश परीक्षामा १ हजार ३३७ जनाले परीक्षा दिएको कलेजका प्रिन्सिपल भुवन नेपालले जानकारी दिए । विद्यार्थीसँगै आएका अभिभावक र आफन्तकाे संख्या अझ बढी […]

२० जेष्ठ, विराटनगर । अधिबक्ता गुणराज (सुजन) दाहालले उच्च अदालत विराटनगरमा सार्वजनिक सरोकारको मुद्धा दायर गरेका छन् । विराटनगर महानगरपालिका भित्र संचालित सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयहरुले अनिवार्य रुपमा शुक्रबार ‘बुक फ्रि डे’, शनिबार ‘होमवर्क फ्रि डे’ र सरकारले सार्वजनिक विदा दिएको दिन ‘अनिवार्य र पूर्ण रुपमा स्कूल बन्द गर्नु पर्ने’ माग राखी विराटनगर महानगरपालिकालाई […]

विराटनगर, जेठ १२ ।  विराटनगर – २ मा अवस्थित बूढानिलकण्ठ सकेण्डरी ईङ्गलिस स्कुलले २५६८ औं बुद्ध जयन्ती विभिन्न कार्यक्रम आयोजना गरी मनाएकाे छ । बुद्घ जयन्तीकाे अवसरमा बिहिबार विद्यालयकाे प्राङ्गणमा आयाेजना गरिएकाे विषेश कार्यक्रममा कक्षा नर्सरी देखी कक्षा तीन सम्मका स–साना बालबालिकाहरुले बुद्ध तथा भिक्षु बनेर मञ्चको रौनक बढाएका थिए ।कार्यक्रममा कक्षा ६ का छात्र […]

कानेपोखरी, १ जेष्ठ । मोरङको कानेपोखरी २ मा रहेको बलदेब आधारभुत स्कुलका विधार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । नेपाली कांग्रेसका मोरङ सदस्य युवा समाजसेवि गणेश थापाले विद्यालयमा अध्यापन गर्ने विधार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका हुन् । विधार्थीहरुलाई न्युनतम आवश्यकता पूरा गर्ने उदेश्यले विद्यालयमा , क्यामरम बोर्ड २ थान , क्रीकेट ब्याट २ थान र […]

विराटनगर,१९ बैशाख / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शैक्षिक संस्थाहरु बेरोजगार उत्पादन गर्ने कारखाना बन्न नहुनेमा जोड दिनुभयो । विराटनगर जुनियर जेसीजले आयोजना गरेको अन्तरविद्यालय टेस्टीटेस्टी हाजिरीजवाफ प्रतियोगिताको फाइनल तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले व्यवहारिक, सीपमूलक र प्राविधिक शिक्षा दिएर उत्पादित जनशक्तिलाई सहजै रोजगारीका अवसर प्राप्त गर्ने वातावरण सिर्जना गर्नु आवश्यक रहेको औंल्याउनुभयो […]

विराटनगर, वैशाख ५ । विराटनगरस्थित अर्किड कलेजका प्राचार्यमा सीएम श्रेष्ठ नियुक्त भएका छन् । लामो समयदेखि शिक्षा क्षेत्रमा लागि परेका श्रेष्ठलाई कलेजका संचालक समितिको बैठकले प्राचार्यमा नियुक्त गरेको हो । यसअघि सो कलेजका प्राचार्य दिपेश बास्तोला रहेका थिए । कार्य ब्यस्तताको कारण बास्तोलाले राजीनामा दिएका हुन । गुणस्तरीय शिक्षा प्रदान गरि अब्बल कलेजको रुपमा अर्किडलाई […]

विराटनगर, २६ चैत विराटनगरको पोखरीया विद्यालयमा थेगिनसक्नुको भीड उर्लिएको छ । सोमवार यहाँस्थित पोखरीया मा वि , को इन्ट्रान्स एक्जाममा यस्तो मानवसागर उर्लिएको हो । जम्मा ६ सय विद्यार्थीहरुको लागि आवेदन परेकोमा २५ सयको हाराहारीमा विद्यार्थीको आवेदन परेको थियो । सो कुराको जानकारी पोखरीया मा वि , का प्रधानाध्यापक खेमराज भट्टराईले जानकारी गराए । प्रतिष्पर्धाका […]

काठमाडाैं, चैत १८ । अधिवक्ता तहको ३१ औं परीक्षामा विराटनगरका पुर्ण बोहोरा कोशी प्रथम भएका छन् । नेपाल बार परिषद्ले गत पुषमा लिएको परिक्षामा बोहराले कोशीमा प्रथम र नेपालभरिमा छैठौं स्थान हासिल गर्न सफल भएका हुन् । प्रकाशित नितिजाका अनुसार उत्कृष्ट दशमा बोहोरा बाहेक अन्य सबै परीक्षार्थी बागमती प्रदेशबाट छन् । अधिवक्ताको परीक्षामा विराटनगरबाट उत्कृष्ट […]

विराटनगर,१६ चैत । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विद्यार्थीलाई विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्‍याउने शिक्षा अध्यापन गराउनुपर्ने बताएकी छन्। महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरको स्वतन्त्र विद्यार्थी युनियनद्वारा क्याम्पसमा आज आयोजित पुरस्कार वितरण, सम्मान तथा स्वास्थ्य शिविरको उद्घाटन गर्दै उनले वर्तमान अवस्थामा स्वदेश तथा विदेशलाई आवश्यक पर्ने प्रतिस्पर्धी दक्ष जनशक्ति उत्पादनमा ध्यान पुर्‍याउन सुझाव दिइन्। पूर्वराष्ट्रपति भण्डारीले […]